~गोबिन्दसिहं रावत~
हातमा फूल लिई न खेलाउ धेरै, चुडेर झर्ने डर हुन्छ
बैंसमा माया न लगाऊ धेरै, सबैको काँ हुन्छ भर
यो मनलाई त्यो मनले परास्त पार, हार स्वीकार छ
तर घाइते बनाई त छोड मलाई, एक्लो जीउनु नै बेकार छ
लेखेर हुन्छ क देखेर हुन्छ, दैवको यो खेल,
तिमी नै भन कसरी हुन्छ हाम्रो यो मेल
हातमा फूल ……………
न भई न हुने पागल बन्ने, किरिया म खादिन
अरु नै भए प्रष्ट भन, म माया लाउदिन
आँखाले पाको मनले खाको तिमी नै परिछौ
कुन बेला कुन्नी आँखाको बाटो मुटुमा सरिछौ
हातमा फूल ……………
भै गयो मनलाई न डुलाउ अब,
धैरै नै थाकेछ
त्यो मनलाई मिल्ने यो मनलाई दैवले,
साँचेर राखेछ
हातमा फूल …….
टोरोन्टो, क्यानाडा अगस्ट २६, २००३