कविता : ताली

~राजव~

तालीले बनाउँछ तानाशाह
बन्द गर
बन्द गर
बन्द गर ताली

तालीहरूले
धेरै तानशाह जन्माएका छन्
बन्द गर ताली
प्रतिरोधका हातहरू तयार राख

जर्मनीको हिटलर सम्झ
कम्बोडियाको पोलपोट सम्झ
नेपालको महेन्द्र सम्झ
इराकको सद्दाम सम्झ
यी सब तालीले भएका हुन्

बन्द गर ताली
तालीले बनाउँछ तानाशाह

तालीका हात प्रतिरोधमा उठेका भए
घरी घरि संसारमा
तानाशाह हुकुममा हुने थिएनन्
ताली नै हुन्
जन्माइरहने तानाशाहहरू

बन्द गर ताली
तालीले बनाउँछ तानाशाह

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.