कविता : डर

~कृष्ण कँडेल~

कहिले तिम्रो तस्वीरलाई साथी बनाएँ
जीन्दगी बाँच्ने क्रममा
बिछोडको पीडाको डरले
डरलाई नै साथी बनाएँ
कहिले एकान्तमा
एक्लै बरबराएँ र प्रश्न गरें
के जीन्दगी यही हो त ?
मेरा अनुत्तरित प्रश्नहरुको जवाफ खोज्दै
पुनः एकपटक सात समुन्द्र तरेर
तिम्रो समिपमा आउने छु र सोध्नेछु
जीवन र जगतका बारेमा
मनभरी यी र यस्तै
तृष्णाहरु जगाएर
म पराई माटोमा
यन्त्र मानव बाँचिरहेछु
यो शहरमा मान्छे भेट्न छाडेको छु
यन्त्रहरुको भीडमा
म आफैं पनि यन्त्र बन्ने डरले पिल्सिएको छु ।।

बाल्टिमोर, अगस्ट १०, २००३

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.