पुस्तक समीक्षा : ज्ञानेन्द्रका गीति कविता

~होमनाथ सुवेदी~

अहिले अमेरिकामा नेपाली भाषा कक्षा संचालन र कविता कथा लेख्ने तथा पुस्तक प्रकाशनको एउटा दुधर्ष संघर्ष चलिरहेको छ । सात समुद्रपार नेपाली जातीय गौरवको लागि मजबूत जग बसाल्न रातदिन निश्वार्थ भावले यो दुधर्ष संघर्षमा जुटिरहेका व्यक्तिहरुमध्ये एक अग्रिणी व्यक्तित्व हुन् कवि तथा गीतकार ज्ञानेन्द्र गदाल । उनी ऐले अन्तर्राष्टिूय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष र “अन्तर्दृष्टि” पत्रिकाका संपादक छन् । डेन्भर र बुल्डरमा उद्घाटन भएका “नेपाली भाषा तथा संस्कृति विद्यालय” को संचालनमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् । उनै ज्ञानेन्द्र गदाल यो विवेच्य “मलाई छुने मन” गेय कविता संग्रहका प्रणेता हुन् । यो “मलाई छुने मन” गीति कविता संग्रह अन्तर्राष्टिूय नेपाली साहित्य समाज, वासिङटन डि.सी.बाट प्रकाशित भयो र जुलाई ४, २००३ मा एएन्ए. र अन्तर्राष्टिूय साहित्य समाजको संयुक्त तत्वावधानमा कालोराडोमा भएको कविता महोत्सवमा आशुकवि रमेश खकुरेलको हातबाट विमोचन भएको हो ।

“लोक गीतको बिसौनीमा बस्दा परेको एक छिनको प्रभावले यसको कवितात्मक प्राप्तिप्रति पूर्ण विश्वास पार्छ (पराजुली, ठाकुर) ।” लोक गीत पनि कविता हो र कविताको मूल पनि लोक गीत नै हो । लोक गीतमा भएको गति, यति र लयले यो गीति कवितालाई बढी यससित जोडेको छ । यस बाहेक मोतीका गजलदेखि भिमनिधि तिवारी (पराजुली, कृष्ण प्रसाद ) हुदै ज्ञानुवाकरको नेतृत्वमा आएका गजल पनि गीति कविता नै हुन् भने चादनी शाहले (जोशी, कुमार बहादुर) नेतृत्व गरेका गीति कविता पनि कविता नै हुन् । खास फरक त यत्ति हो कि पहिले यी श्रृगार प्रधान हुन्थे त अहिले बढी चिन्तन प्रधान । श्रृंगारले लैलामजनुसित नातो जोडिन्थो भने चिन्तनले आजको कवितासित । त्यसैले ज्ञानेन्द्र गदालको यो विवेच्य “मलाई छुने मन” गेय कविता संग्रह आजको संकटपूर्ण जीवनको वृत्तचित्र भएकोले यसलाई म आजको कविता नै भन्न पन पराउछु, अझ नाद शौन्दर्य र श्रुति माधुर्यले गर्दा यो अझ विशिष्ट कविता संग्रह बनेको छ । कसैले यसलाई केवल गीति त रहेछ नि भनेर हिड्छ भने मलाई कुनै आपत्ति छैन । त्यसका गुण त यसमा छंदैछन् । तर यसको विशिष्ट पक्ष भनेको अपेक्षाकृत मान्छेको आजको संकट हो । त्यही नै कविको वा यसको आत्मा हो ।

गीतकार गदालका गीत अनुभूतिका आत्यन्तिक सुखद् क्षणका सार हुन् । “मेरो यात्रा” गीतमा कविले देखेभोगेका कुरा मनभित्रै लेखेको भन्छन् । यही त वेद हो, अलिखित वेद । अनुभूतिको पराकास्टामा पुगेर स्पर्श गरिएको ज्ञान र कुँदिएका कलात्मक शव्दहरुको अनुवन्धन नै पाठ्य तथा गेय कविता हो । गदालका यी कविता गीत हून्, उनका भोगाइ नै हुन्, यात्रा हुन्, प्रेमका क्षण हुन्ः

काँडा बीच टेकेको छु हुरी बतास छेकेको छु,
जे जे देखें जति भोगेँ मनभित्रै लेखेको छु,
जति सुख दुख सहेको छु,
म ठान्छु जीवनको सार हो,
उकाली ओराली यात्रामा
मैले पाएको प्यार हो ।
मेरो यात्रा : ज्ञानेन्द्र गदाल

कुनै पनि काव्य वा कथा गीतले कुनै न कुनै यौटा परंपरागत दर्शनलाई बोकेको हुनुपर्छ वा कनै उपदेशनै हनुपर्छ भन्ने कुनै अकाट्य नियम छैन । कविता सामान्य व्यवहारको कनै अभिव्यक्ति पनि हुन सक्छ । तर त्यो महान् यस कारण हुन सक्छ कि त्यसले पाठक ह्दयलाई उद्वेलित गर्दछ । कम्तिमा त्यो एक कवि वा गीतकारको कला हो जुन गीतकार गदालको यो गीत संग्रहमा समेटिएको छ ।

गीतकार ज्ञानेन्द्र गदालका कवितामा राष्ट्र्रियताको रातो रगत बगेको छ तर त्यो रगतमा हैन प्रेमी र प्रेमिकाका प्रेम(पीडामा अवतरित छ । प्रियतम मान्छेको दायित्व देशको आर्थिक कमजोर अवस्थाको कारण विदेशिएको छ । तर ऊ विदेशमा पनि सुखी छैन । उसलाई मातृभूमिका हरएक पाखापखेरा बोलाइरहन्छन् । ऊ तानिन्छ, फर्कनखोज्छ । तर उसका हातखुट्टा त्यता पनि चल्दैनन् । यो एउटा विवशतालाई स्वीकारेर अकर्मण्य भएर रहन पनि कविको नायक चाहन्न । ऊ जतिसुकै अवरोध आएपनि प्रेम गर्न अभिशप्त छ । प्रेम वृहद अर्थमा कर्मशीलता नै हो, यसको विना जीवन जिउन असमर्थ छ ऊ । त्यसैले गीतकार गदालको गीति कविता एब्जर्डतिर उन्मख भएपनि कर्मशीलताको मात्रा यसमा बढी छ । त्यसकै परिणम हो कि यस कविता संग्रहमा प्रेम(दर्शनको प्रयोग छ । समर्पणले दुर्जेय शत्रुलाई पनि पासोमा पार्न सकिन्छ । त्यो पासो प्रतिशोधको लागि हत्या र आतड्ढकोलागि न भएर शान्तिपूर्ण मानव जीवन अनुकूलनको लागि हुन्छ ।

प्रेम(प्रसंगलाई गदालले जीवन प्रसंको रुपमा विकास गरेका छन् । यहाँ प्रेम(प्रसंगमा वैंस, माया, गुराँस, प्रेम(संर्झौता, प्रेम(क्षण, प्रेम(समपर्ण, कहिले प्रेम(पीडा वहेको छ । जहाँ बिरह, चोट, हार, प्यार र समपर्ण छ । कही हौसलाको सास स्वयम फेर्छभने अधिकतर वियोग जन्यपीडाको दर्शन हुन्छ । पीडाको दर्शनले मान्छेलाई पवित्र वनाउछ भन्छन तर आज मान्छेमा विकास भएको संकटकालीन मनस्थितिले ती मूल्यलाई चालायमान बनाएको भनी कवि गदालका कविता पीडा पक्षबाट प्रेमको हार खोल्छन् ।

यो संग्रहको “मलाई छुने मन” नाम सरल भाषा, सरल भाव, सरल विम्व र प्रतीकहरु पनि ठेट नेपाली शब्द र धारणमा स्थापित छ । भाषा शैली यति सुगम छ कि कतै नेपालको भित्रीप्रदेशमा पसेर त्यहाँका मीठा मीठा लोकगीत सुने जस्तो लाग्छ भने कतै शहरमा गजल गाए जस्तो लाग्छ । धेरै जसो तीन स्ट््यान्जाका छने धने कुनै त्योधन्दा बढीका पिनि छन् अमेरिकामा बसेर पनि यति कसिलो रचना सिर्जना गर्न सक्नु कवि गदालको अमोघ प्रतिभाको परिचय हो । उनका पछि आउने रचनाहरु अझ परिमार्जित र हलचल मचाउने खालका हुनेछन् भन्ने कुराको यो अचुक प्रमाण पनि हो ।

भर्जिनिया अगस्त १९, २००३

(स्रोत : नेपालीपोष्ट डट कम)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.