कविता : महाबुद्ध यसोधरा

~सिन्धु रिजाल~

लाउँला र खाँउला
बैसालु उमेरकी
मलाई चटक्क छोडेर
ज्ञानको खोजीमा भौतारिने
घोर अज्ञानी युवक,
तिमीलाई धेरै पछि
ज्ञान प्राप्त भई
बुध्द भयौ
तर पहिल्यै
बिशाल धैर्यताको बाँध बाधी
नावालक बेसाहारा राहुल र
पुस्तारन्तरले छिप्पिएका
सासू ससुरा स्याहार गरी
तिम्रो दरबार सिंगारी बस्ने
म अकिञ्चन के भएँ ?
नत्र
कसरी त्यति भयानक
मनोवैज्ञानिक युध्दहरू
जितेर तिमीलाई
पूर्णत त्याग्न सक्थेँ ?
अनि
कसरी तिमी बुद्ध हुन्थ्यौ ?

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.