~पुण्य गौतम ‘विश्वास’~
एकजोर र्टाईसुट
पजेरोको हेडलाइटजस्तो आंखा बाल्दै टक्क रोकियो
वर्षौ देखि अंध्यारोको समुद्रमा डुबेको
क्षति ग्रस्त जहाजजस्तो हाम्रो बस्तीमा
र मुलायम प्रश्नका हातहरूले सुम्सुम्याउंदै
एउटा बूढो दौरा-सुरुवालसंग सोध्यो
ठेला उठेको हत्केलाजस्तो स्वतन्त्रता
र फाटेको पाइतालाजस्तो लोकतन्त्रको हालखबर ।
नचाएर आङ्भरि घृणाका लहरहरू
बिथोलिएथ्यो जब नजिकैको तलाउ
गरिबीको धमिराले खाइसकेको प्राचीन ग्रन्थजस्तो
बूढो दौरा-सुरुवालको ओठले गायो हठात् व्रि्रोहको सरगम
हाम्रो रगत-कुलोको सिचाइले
झुलिरहेछन् लहलह तिमीहरूको सफलताको बाली
बनाउनेछौं अब हामी पनि सङ्घीय भकारीहरू
जहा“ भित्र्याउनेछौ“ लोकतान्त्रिक जोसले गणतान्त्रिक अन्नपातहरू
प्रतिक्रियास्वरूप आर्श्चर्यजस्तो लयमा ओठ लेब्रयायो र्टाईसुटले ।
बूढो दौरा-सुरुवालको आंखामा उठेको शङ्काको जुलुसले
तत्कालै घेरा हाल्यो र्टाईसुटको नियतलाई
र, जारी राख्यो केरकार
जनआन्दोलनसंग अर्जुन सम्भोग गरेर
अभिशप्त अभिमन्युजस्तो जन्मायो किन लोकतन्त्र –
द्रौपदी भएर नाङ्गिदा स्वतन्त्रता
रच्दै थियौ झूर गीतजस्तो कुन षड्यन्त्र –
गाडिंदा कोमल अभिमन्यु छातीमा निरङ्कुश नङ्ग्रा
थर्थरी कांपिरह्यो किन निष्पृह –
घाम हुनुको महत्त्वाकाङ्क्षामा
गरायौ किन कलिला जूनहरूको हत्या –
बस्तीको दरिद्र अनुहारमा
आलिशान महलजस्तो सुन्दर भविष्य तौलिन आइपुगेको र्टाईसुट
नसकी जुधाउन तिरस्कार वाणहरू वषिर्रहेका
दौरा-सुरुवाल आंखास“ग आफ्नो आंखा
कुलेलम ठोक्यो भ्रष्टाचारजस्तो दुर्गन्ध फैल्याएर ।
परन्तु यो युगको अभिमन्यु लोकतन्त्रलाई
तानशाही कौरव चक्रव्यूहमा फस्न नदिने/बलवान बनाउने
सङ्कल्पको झन्डोत्तोलन गरे लाखौ“ जोर दौरा-सुरुवालहरूले
र, अगुवाइजस्तो जोसको जुलुस दौडिए
आंखाभित्र परिवर्तन सजाउने
थप लाखौं जोर युवा र्सट-पाइन्टहरू ।