कविता : हिंसा

~सुनील पुरी~

उसले प्रेम गर्यो ।
एकछिन पछि
उसको मन बदलियो
र बन्यो हत्यारा ।
हत्याराले न कसैलाई माया गर्यो
न कसैलाई दया गर्यो
न गर्यो आफैलाई
हिँसा बाहेक उसले केही सोचेन
जताततै गर्यो हिंसा ।
हिंसा गर्दा
हत्याराको आत्म रोएन
हत्याराको भावना बदलिएन
कर्म गरिरहन्थ्यो— हिंसाको ।
खै के–के सोचेको थिएँ
जीवनमा एक पल्ट
सोचाइ भन्दा भयो फरक विचार
यतिखेर
कविले आफ्ना कवितामा लेखिरहेछन् हिंसा
हिंसा विरुद्ध किन कवि मौन भए कवितामा ?
ऊ कसैको भएन
अन्तिम समयसम्म
यतिखेर
उसको मन
भुण्डिरह्यो हिंसा
ऊ नितान्त एक्लो भयो !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.