~रामकुमार पाँडे~
आनन्द होला
पहाड चढेपछि
समुद्र झर्दा
मङ्गल ग्रह
नजिक आयो कि क्या
पृथ्बी हल्लियो
बिहेको निम्तो
थालीमा दुबो माला
केरा सगुन
थुम्के पहाड
दोलालघाट तल
नदी बग्दैछ
टौदहभित्र
दरबार रहेछ
नाग राजाको
(स्रोत : अर्न्तराष्ट्रिय नेपाली साहित्य समाज, जापानको मुखपत्र “साकुरा फुल्दा १”बाट सभार)