~नरदेन रुम्बा~
हरर बरर ढ्वाङ् तानूँ सरर
जानू छ हामीलाई दार्जिलिङ सहर
ए है मन फरर
हरर बरर ढ्वाङ् तानूँ सरर
यो बाटो हामीसँगै हिंड्छ मोटर
ए है बेनी बगर
तेलैमा खोज्नु दहमा दह एक सेर ए लै लै तोरीमा
बीसैमा वर्ष पुगेको हामी को खोज्छ जोरीमा
वारीमा डाँडा पारीमा डाँडा माझमा ए लै लै चट्टान
जोरीमा खोज्नु मन छैन आज हारेको नठान
सिल्गडीबाट डाक गाडी आयो एक झोला ए लै लै चिठी छ
किन पो होला यो मनभरि एक डोको प्रीती छ
ठहरा गास्नु चिटिक्कै पारी यही भर ए लै लै पातको
मायाको के को भरमा पो पर्नु यही मर्द जातको
शब्द : नरदेन रुम्बा
सङ्गीत : शान्ती ठटाल
स्वर : बिमला सेन्चुरी, कुन्ती सुन्दास, पेमा लामा, ध्रुव लामा
नेपाली चलचित्र : बाँच्न चाहनेहरु