एक समयमा एउटा नदीको किनारमा रुख थियो । त्यो रुख चराचुरुङ्गीहरुको लागि मानो घर जस्तै थियो । ति सबै आनन्दले बस्दै आएका थिए ।
एकदिन आकाशमा काली बादल छायो र दह्रो बर्षा भयो । केहि बाँदरहरु ट्ट्यही अर्को रुखमा खेलिरहेका थिए तिनिहरुलाई आपतपर्यो जाडोले थुरथुर काँप्न थाले ।
चराहरुले बाँदरलाई भन्यो “ए बाँदरहरु तिमिहरुको यस्तो बस्ते ठाउं छैन, तिमीहरुले पनि यस्तै बनाएकोभए हुन्थ्यो नि । जब हामी आफ्नो यो स्यानो चुच्चोले गुँड बनाउन सक्छौभने तिमीहरुले किन सक्तैनौ ? जबकि भगवानले तिमीहरुलाई दुई हात पनि दिएकाछन ।”
यो कुरा सुनेर बाँदरहरुलाई रीस लाग्यो र भने कि यि चराहरुलाई अब पाठ सिकाउनुपर्यो पर्ख बर्षा त रोकिनदेउ बडो हामीलाई अर्ति दिने भएकाछौ । अनि हामीले खाईदिन्छौ कसरी घर बनाउने भनेर । बर्षा पनि रोकीयो ।
बाँदरहरु रुखमा चढेर गुँडहरु भत्काईदिए अण्डाहरु भुईमा फालिदिए विचरा चराहरु डरले यताउती उडन थाले र सोंचे बेक्कारमा तिनिहरुलाई सल्लाह दिएछौ निदनुपर्ने आफैलाई आपत पर्यो ।
सल्लाह त्यस्तालाई दिनु जो बुद्धीमान छ, जस्ले सोध्छ ।
यो रोचक कथा “हितोपदेश” बाट संग्रहित ।