गजल : खोजीमा छु

~छविलाल खड्का~

परिश्रमीले बाँच्ने दिनको खोजीमा छु
बिचौलिया मास्ने जनको खोजीमा छु ।

चौतर्फी दलालको बिगिबगी भा बेला
यो संजाल च्यात्ने मनको खोजीमा छु ।

रक्षक नै भक्षक भै पालेको अग्राख
चारकोशे उही वनको खोजीमा छु ।

संरक्षणवादी अखडामा धावा बोल्दै
थुपारेको कालो धनको खोजीमा छु ।

राज्य शक्तिको चरम दुर्पयोग रोक्ने
सरकारी नयाँ पनको खोजीमा छु ।

२०७६/०९/२२
छविलाल खड्का

कोहलपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.