विचार मन्थन : युद्ध

~भरत खत्री~

मनुष्यको उत्पतिसंगै मनुष्यको शरीरमा राजगरि बसेको तर अजै सम्म कोहि विद्वानले अथवा भनौ वैज्ञानिकले पता लगाउन नसेको रहस्यमय बिषय हो “मन”अर्थात यो कहाँ छ? हाम्रो पुर्खाहरुले मनको बिषयमा धेरै खोजिहरु गरे,धेरै वैज्ञानिकहरुले वैज्ञानिक तबरबाट मन कहाँ हुन्छ भनि अनुसन्धानहरु गरे। र त्यसैको अनुसन्धानलाइ अहिलेका नयाँ पुस्ताले पनि दियोमा तेल थपे झैँ निरन्तरता दिने काम गरिहेका छन । कतिपयलाइ मन र मस्तिष्क भनेको एकै हो भन्ने बिस्वास पनि छ, खैर जे सुकै होस् यो त आउदो समयले नै यसको गतिलो ठोस परिभाषा पेस गरेर जाला।

मन र मस्तिष्क बीच हुने अन्तर द्वन्दले धेरैलाई ठिक र बेठिक के हो भन्ने छुटाउन गाह्रो बनाएको हुन्छ। गाह्रो के मानेमा बनाएको हुन्छ भने मनबाट लिएका निर्णय भावना बगेर अथवा मेरो भित्री आत्माले मलाई यहि गर भन्छ ,म यहि गर्छु भन्ने बिस्वास पैदा गराउछ तर मस्तिष्कले यसको ठिक बिपरित सोचेर ,बुझेर वा यो गर्दा तलाई फाइदा हुन्छ या घाटा,यो गर्दा तेरो भाबि जिबन कहाँ हुन्छ भन्ने कुरा सबै सोच्न बाध्य तुल्याउछ। मन भन्ने पनि बडो अचम्मको रहेछ कहिले काहिँ बाटोमा छट्पटाउदै हिड्दा ,कहिले काहिँ भोकै हुदा ,कसैको सम्झनामा निथरुक्क पसिनाले भिज्दा ,आकाशमा चरा जस्तै पंखा फिजाई उड्न खोज्दा ,जिउदाको जन्ती र मर्दाको मलामी जादा सबै ठाउमा आफूसंगै जाने छाया भन्दा पनि गतिलो साथि जसले उज्यालोमा मात्रै होइन अध्यारोमा पनि साथ निभाउने सामर्थ्य राख्छ। अवास्तविक कुरालाई बिना कुनै लगानी सर्बशुलभ बनाउन सक्छ।

जसले रङ्गीन चित्रले भरिएको यो संसार भन्दा बाहिर सादा जीवनलाई जीवन्त तुल्याउनको लागी फूलमा सुगन्ध र फूलबुट्टा भर्नको लागि कल्पनाको शक्ति प्रदान गर्छ त्यही नै मन हो। मन अर्को अर्थमा भन्ने हो भने कल्पना शक्ति हो …भित्रि आत्माको खुल्ला पुस्तक हो। जो पनि त्यहा पुग्न सक्छ जे पनि गर्न सक्छ खालि आफ्नो मनको अनुमति लिएर। आफ्नो छुटै सनौलो संसारको निर्माण छेड भरमै गर्न सक्छ र त्यसलाई भत्काउन पनि छेड भरमै सक्छ। सहज तरिकाले भन्ने हो भने मन तपाई हो। जसको मिठो साथमा तपाइँ रुन जान्नु भएको छ हास्न जान्नु भएको छ र यो सबै पढि राख्नु भएको छ। मन भन्दा विशाल अरु कुनै बस्तु यो संसारमा हुन् सक्दैन किनकी मनले सबैलाई जित्छ नपत्याए तपाइँ आँखा चिम्लिनुहोस् अनि सोच्नुहोस्।”अहिले तपाइको हातमा ५ जना सवारी भएको भट्भटे छ तपाइ त्यसको पाइलट हो तपाई काठमान्डौ जादै हुनुहुन्छ तम्घास बाट” हो यहि मन हो । जसले हामीलाई बिनाकुनै लगानी बिना कुनै शिक्षा भट्भटेलाइ आकाशमा उडाउन सहयोग गर्यो। साचो अर्थमा मन खालि कल्पना शक्ति मात्र होइन यसको प्रभाब र प्रभाबकारिता दैनिक जीबनमा देखिराखेका हुन्छन। दुखिहरुको हुलमा सुख बाड्ने अभिलाषा बोकेर सुखका कुण्ठा बाड्दै उकाली ओराली गर्ने ,असाहयहुको भिडमा कुनै न कुनै माध्यमहरु बाट उनीहरुको सारथी बन्ने ,समय पुगेर केश फुलेका भित्र बाहिर गर्ने नसक्ने आफै खाना बनाएर खाना नसक्ने बुवा आमालाई बृद्व आश्रम जान बाट बन्जित बनाउने यो सबै मनको काम हो। मन पनि बिचित्रको छ यसले कसैलाई बनाउछ त कसैलाई गलाउछ।

भरत खत्री
गुल्मी धुर्कोट ३ हाडहाडे
हाल- दक्षिण कोरिया

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in विचार मन्थन|चिन्तन and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.