समीक्षा : गरुडपुराणले अर्थ्याएको जीवनचक्र

~सदानन्द अभागी~

हाम्रा धर्म ग्रन्थहरूले भनेका छन् कि संसारमा उद्भिद (वृक्ष, लता, गुल्म आदि)को रूपमा पैदाहुने, स्वेदज–पसिनाबाट पैदाहुने (जुम्रा,उडुस आदि) अण्डज–अण्डाबाट पैदा हुने (पंक्षी आदि) र जरायुज –गर्भासयमा रहेर जन्मलिने जीवहरूको सृष्टि ब्रह्माजीले गर्नु भएको हो । यो क्रममा स्त्री पुरुषको सम्बन्धबाट ऊ गर्भमा जन्छ, गर्भ यातना हुँदै, जन्म लिदै, जीवनदेखि मृत्युतक , कष्ट भोग्दै पुन मृत्युवरण गर्छ ,यो चक्र हो निरन्तर चलिरन्छ । त्यसो हुँदा जीवको जन्म–मरण हुन्छ । मानवको अमूल्य जीवन सहज रूपमा प्राप्त हुँदैन । चौरासीलाख जुनी पापीहरुले भोग गरे पछि र पाप पूण्य बराबर भए पछिमात्र नारकीय जीवन छाडी मानिसले अमूल्य नरचोला पाउँछ ।

नरचोला प्राप्त गर्दा स्त्री र पुरुषको बीच समागम हुनु पर्छ । समागम गर्दा पुरुषको शुक्रकण महिलाको रजमा गई स्थिर रूप लिन्छ । गर्भ सधै रहने हैन । यसको पनि निश्चित समय हुन्छ । यस सम्बन्धमा स्त्रीमा सर्वप्रथम ऋतुकाल आउँछ । यै ऋतुकलपछि श्रीमान र श्रीमती बीच समभोग हुनु पर्छ । पुराणमा भनिएको छ कि ऋतुकालको तीन दिन स्त्री त्यज्य हुन्छन् । यस समय नारी गमन गर्न हुँँदैन । यसो गर्न नहुनको कारण पनि बताइएको छ कि पौराणिक कालमा त्वष्टा नामका आदित्य देवता थिए ।उनले असुरकुलकी कन्यालाई विवाह गरेका थिए । यिनैबाट विश्वरूप नाम भएको छोराको जन्म भयो । उसका तीन शिर र तीन मुख, थिए । उनले एउटा मुखबाट सोमलताबाट तयार पारिएको सोमरस, एक मुखबाट सुरा र तेस्रो मुखबाट भने अन्न ग्रहण गर्दथे । यिनले देवताहरूको पूजा गर्ने र आहुती दिने काम गर्दथे । यसरी आहुती दिंदा यिनले देवतालाई दिंदा गोप्यरूपमा केही भाग असुरहरूलाई पनि दिने गर्दथे । देवराज इन्द्रलाई यो गोप्य थाहा लाग्यो दानवशक्ति बढ्ने आशंका इन्द्रमा जाग्यो । इन्द्र रिसाय विश्वरुपको तीनै शिर इन्द्रले काटिदिए । विश्वरूपको यसरी ज्यान गयो र इन्द्रलाई पनि त्यहाँ ब्रह्महत्या लाग्यो । यो ब्रह्महत्या इन्द्रले चार भागमा बाँडे अनि यो ब्रह्महत्यालाई वरदान सहित पृथ्वी, स्त्री, वृक्ष, जलार्ई िदए । स्त्रीले एकभाग लिए र ऋतुकालमामात्र पतिसँग गरिने सहवास सधैं गर्न सकिने वरर्दान पाए । त्यस दिनबाट ऋतुकालको सहवास सधैंलाई नै भयो । रजस्वला त््यही पापको रूप मानिन्छ । यो ऋतुकाल महिना महिनामा घुमी घुमी आउँछ । तीन दिन नारीको मुख सम्म नहेर्नु भन्ने कुरा गरुडपुराणमा भनिएको छ ।

पुराण अनुसार स्त्रीलाई रजस्वला पहिलो दिन चाण्डाली सरह, दोस्रा दिन सोही नारी बह्मघातिनी सरह, तेस्रो दिन धोविनीसरह्को रूपमा लिइन्छ । यस्ता नारी चौथो दिनमा सुद्ध हुन्छन् तर देवपितृ पूजा गनर्को लागि भने सात दिन कुर्नु पर्ने भनिएको छ । पुराणले भन्छ नरकबाट आएकाको जन्म यिनै तीन प्रकारका माताबाट हुन्छ । यस ऋतुकालको मध्यमा दिइएको गर्भादानमा पापात्माहरूको जन्म हुन्छ र चौथो दिनदे्िख समागम गर्दा रजको र वीजको मिलनमा जाँदा,मातापिताको कल्पना जस्तो हुन्छ उस्तै प्रकारको संन्तान जन्मन्छ। यस सम्बन्धमा पुराणले केही सावधानी अपनाउने धारणा पनि राखेको छ । यस अवस्थामा स्त्रीको कोख औषधी पात्रको रूपमा लिइन्छ र पुरुषको बीज अमृततुल्य मानिन्छ । त्यसो हुँदा ऋतुकालको पाँचौं दिन स्त्रीले तीतो टर्रो, ्पिरो क्षार,तीक्ष्ण र धेरै तातो खाना खान हुँदैन ता कि कोखमा असर नपरोस् । साधारण भोजनको ग्रहण हुनु पर्छ । स्त्रीले मात्र हैन पुरुषले पनि ताम्बूल र पूmलको माला लगावस्, चन्दनबाट सुगन्धित होस् साथै सुन्दर कपडा लगावस् । शुद्धमन स्वच्छ भावना सुन्दर कल्पना गरेर स्त्रीको शैयामा जावस् किनकी वीर्य पतनको समयमा लोग्ने मानिसको चित्तमा जस्तो कल्पना हुन्छ त्यस्तै स्वभावको सन्तान जन्मन्छ । जब रज र बीजको मिलन हुन्छ र अस्तित्वमा आउँछ । गर्भमा त्यो यसरी बढ्छ कि जसरी चन्द्रमाको अभिवृद्धि हुन्छ । शुक्रकण चैतन्य बीजको रूपमा स्थित रहन्छ । जब काम चित्त तथा शुक्र ऐक्यभाव प्राप्त गर्द छन् तव बीजले निश्चित रूप धारणा गर्दछ । सहवासमा रजाधिक भयो भने कन्याको जन्म हुन्छ र सहवासमा शुक्राधिक भयो भने पुत्र हुन्छ जन्म अनि रज शुक्र समभए नपु्ङसक हुन्छ ।

गरुण पुराणमा भनिएको छ कि गर्भदानको पनि समय हुन्छ । युग्म तिथिमा सहवास गरे छोरो हु्न्छ र अयुग्ममा सहवास गर्दा छोरीको जन्म हुन्छ । त्यसोहुँदा छोरो यदि चाहिएमा युग्म तिथि रोजौं र छोरीको चा्हनालाई अयुग्म तिथि नै रोेजौं । स्त्रीको ऋतुकाल सोह्र दिनको हुने भएकोले प्रथम साता सहवासमा जान भन्दा दोस्रो ्सप्ताहमा सहवासमा जानु उचित हुन्छ । यसमा पनि चौधौं रात्रीको सहवासमा यदि गर्भ रहन्छ भने त्यो सन्तान गुणवान, धनवान, धर्मनिष्ठ जन्मन्छ । यो गर्भको सम्भावना साधारणको लागि त्यति सहज छैन । प्राय गर्भ आठौं रात्रीको मध्यमा रहन्छन् । जब रज र बीजको समायोजन हुन्छ समायोजनको रातमा –क्लकल रूपमा परिणत हुन्छ , पाँचौ रात्रीमा–बुद्बुद् रूप, दशौ दिनमा वयरको स्वरूप चौधौे दिनमा मांसरूप,त्यसपछि मासपेसीले पूर्ण अण्डा आकारमा पुग्दछ ।

मासेन तु शिरो द्वाभ्यां बाह्वङ्गाद्यङ्गविग्रहः । नखलोमास्थिचर्माणि लिङ्गच्छ्द्रिोदभवस्त्रिभिः ।।७।।
चतुर्भिर्धातवः सप्त पञ्चभिः क्षुत्तृडुद्भवः । षड्भिर्जरायुणा वीतः कुभ्राम्यति दक्षिणे ।।८।
।मातुर्जग्धान्न्पानाद्यैरेधद्धतुरसम्मते । शेते विण्मूयोर्गर्ते स जन्तुर्जन्तुसम्भवे ।।९।।
गरुणपुराण–‘सारोद्धार सानुवाद (पृष्ठ७४)

एक महिनामा शिर, दुई महिनामा बाहु आदि शरीरका सवै अङगहरू।तेस्रो मासमा मज्जा तथा अस्थि नङ, लोम, चर्म लिङ्गबोधछिद्र उत्पन्न हुन्छन् चतुर्थ महिनामा रस, रक्त,मासु मेदा, अस्थि मज्जा अनि शुक्र यी सात धातु उत्पन्न हुन्छन् पाँचौ महिनामा भोक र प्यास पैदा हुन्छ,छैटौं मासमा जरायुजले लपेटेको अवस्थामा हुन्छ र आमाको दाहिने कोखमा घुम्दछ र आमाले खाएको खाना खाएर विष्ठा मूत्रको दुर्गन्ध युक्त गर्भाशयमा सुति रहन्छ ।

गरुणपुराण–सारोद्धारमा लेखिएको र संक्षिप्त गरुणपुराणमा लेखिएका विवरणमा केही भिन्नता देखिएको छ ।

संक्षिप्त गरुणपुराणमा लेखिएको विवरणमा– समायोजनको रातमा –क्लकल रूपमा परिणत हुन्छ , पाँचौ रात्रीमा–बुद्बुद् रूप,चौधौे दिनमा मांसरूप,त्यसपछि त्यो घनीभूत मासु गर्भमा रहेर वीसौं दिनतक पिण्डरूपमा बढ्छ । पचीस दिनमा शक्ति र पुष्टताको संचार हुन्छ । एक महिना हुँदाको साथमा पञ्चतत्वयुक्त हुन्छ, । दोस्रो महिनामा त्वचा र मेदा बन्न जान्छ तेस्रो महिनामा मेजा र अस्थि चौथो महिनामा केश र औंला, पाँचौं महिनमा कान नाक तथा वक्षस्थलको निर्माण हुन्छ, छैटौं महिनामा लागेपछि कण्ठ, रुन्ध्र, र उदर,सातौ मासमा गुह्यादि भागको निर्माण आठौं महिनामा सबै अङ्गले पूर्णता पाउँछन् । यस अवस्थामा बच्चा आमाको कोखमा बारंबार चल्न थाल्छ । नवौं महिनामा त्यो गर्भस्थ शिशुको ओजगुण परिपक्क हुन्छ । अब हामी गरुडपुृराण –सारोद्धारतिर लागौं ।

गर्भमा रहँदा विष्ठा मूत्रको दुर्गन्ध युक्त गर्भाशयमा,सुति रहँदा,कृमिद्वारा उसको कमलो शरिरलाई टोक्न थाल्छन् असहजताले गर्दा शिशु मुर्छा समेत पर्छ । आमाले तीतो टर्रो पीरो गरम नुन खाना खान्छिन्, कतिपय खानाले बच्चालाई असहजता हुन्छ कतिपय खानाले बच्चालार्ई पौष्ष्टिकता् दिन्छ । यस अवस्थाममा गर्भमा बच्चाको पीठ अनि गर्दन कुण्डलकार रूपमा अवस्थित हुन्छन् । शरिर सालले घेरको हुन्छ । उसले आफ्नो शरिरको संरक्षण गर्न सक्दैन । सैयौं बर्ष पहिलेका कर्महरू स्मरण हुन जान्छन् । शुभ अनि अशुभमा गरिएका कर्म धर्मआदिको स्मरण गर्दा गर्दै लामो सास फेर्छ र कष्टदाई अवस्थामा गर्भबाटै ऊ विष्णुको नाम (विकलवाणीमा ) लिन्छ । यस अवस्थामा प्र्सुतिवायुले चलाई राख्ने काम विष्णुमा भक्ति चढाउँछ । नम्र वाणी सजाएर भगवानमा भक्ति गर्छ उस्ले भन्न थाल्छ–लक्ष्मीपति जगतका तिमी नै हौ आधार अशुभलाई नाश गर्छौ र शुभ कर्म गर्नेलाई शरणमा लिन्छौ सारा दुःख कष्ट भोग्न भने आज एक्लै परेको छु । मैले गरेका कर्मको फल भोगीहरू आज अलग नै भए तर आज मैले पूर्वको कर्मफल एक्लै भोग्न परेको छ । भगवानसँग मेरो विन्ति छ कि म योे गर्भबाट बाहिरिन पाऊँ । बाहिरिएपछि मैले सारा कर्म मुक्ति प्राप्तिको लागी गर्ने छु । त्यसोहुँदा मलाई वाह्य गमन ठाऊँ प्रदान होस् । ह्ुनत संसारिक चक्रबाट मुक्ति चाहेको छु त्यसोहुँदो मेरो मुक्ति गर्भमा नै आओस् । किनकी गर्भबाट बाहिरिएपछि पाप कर्म सुरु हुन्छ । यस्तो विन्तिभाव गर्ने उक्त ऋषिकल्प दश महिनामा जन्म लिनु र्पछ अरू विकल्प छैन । प्रसूतीवायु सकृय भै प्रसूती व्यथा लाग्छ । शिर तल गराएर शिशु बहिरिने प्रयास गर्दछ । अति कष्ट सहँदै शिशु बाहिर आउँछ । त्यतिवेला प्राण वायु लिन कठीन पर्छ । बालकको चेतन पनि नष्ट हुन जान्छ त्यसो हुँदा बालक त अत्याधिक रुन्छ । गर्भमा रुग्णावस्थामा, श्मशान भूमिमा पुराण–परायण ÷ श्रवणमा, स्थिर बुद्धिमा मानव जसरी स्थिर हुन्छ त्यंंसरी स्थिर हुन सकेमा मानिस सांसारिक बन्धनबाट मुक्त हुन जान्थ्यो तथा सबै जीवले मुक्ति पाउँथे तर कर्म भोगबाट अन्तर जीव गर्भबाट बाहिर आउँछ तर यो संसारलाई ढाकेको वैष्णवी मायाले उस्लाई पनि ढाक्छ र ऊ मोहित हुन जान्छ । मायाको स्पर्शले ऊ विवश हुन्छ र ऊ बोल्न सक्दैन त्यसो हुँदा प्रयुक्त शैशवादि हुने सबै खाले दुखहरू पराधिन सरह भएर भोग गर्दछ ।

किनकि उसलाई लालन पालन गर्ने वालाले उसको इच्छ्यालाई बुझ्न सक्दैनन् । उसको आवश्यक्तालाई बुझ्न नसकि विपरित वातावरण बन्न जान्छ । पसिनाबाट उत्पन्न हुने जुम्रा उडुस आदिको टोकाइ तथा दिशा पिसावमा गाडिएर सुतिरहनु पर्दछ । ऊ उठ्न खोज्छ सक्दैन । जीउ चिलाउँ छ कनाउन सक्दैन । अरु चीज गर्नमा ऊ असमर्थ रहन्छ । ज्ञान शून्य अवस्थामा, शिशुका कोमल मासुमा,विविध खाले कीराहरूको टोकाइ सहँदै शैशव अवस्था पार हुन्छ ।

शैशव अवस्था पारगरे पछि ऊ पौगण्डावस्थामा प्रवेश गर्छ (५बर्षदेखि १० बर्षे अवस्था)। यो अवस्थामा पनि उसले दुःख नै भोग्छ । ऊ स्वतन्त्र हुँदैन,उसले चाहेको प्राप्त गर्न सक्दैन ।यसरी नै पौगण्डावस्था पार गरी ऊ युवावस्थामा प्रवेश गर्छ । यो अवस्थामा पनि उसले अभैm बढ्ता दुख भोग गर्दछ किनकी यो समय काम क्रोध ईष्र्याले भरिएको हुन्छ । त्यसोहुँदा यो उमेर अति कष्टदाई हुन्छ । युवा अवस्थामा उसले आसुरी (दानवी) सम्पत्ति प्राप्त गर्छ । आसुरी –(दानवी) सम्पत्ति भनेको गीतामा यसरी प्रष्ट पारिएको छ

दम्भोदर्पोऽभिमानश्च क्रोधः पारुष्यमेवच
अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरिम्
(गीता १६÷४)
(हे पार्थ ! दम्भ ,घमण्ड, अनि अभिमान तथा क्रोध कठोरता र अज्ञान पनि –यी सबै आसुरी –सम्पदालाई लिएर उत्पन्न भएको पुरुषका लक्षण हुन्)।

आसुरी सम्पत्ति प्राप्त गरे पछि ऊ दुव्र्यसनमा आशक्त हुन्छ । नीच व्यक्तिसँग सम्बन्ध राख्छ । ऊ कामलम्पट बन्दछ । शास्त्र र सत्पुरुषसँग द्वेष गर्छ । सबैलाई घृणा गर्दछ । भगवानकी मायारूपी स्त्री देखेर आफ्ना ईन्द्रियलाई बसमा पार्न सक्दैन स्त्रीमा आशक्त भएर, स्त्रीको भावभङ्गीमा प्रलोभित भएर,महामोहरूप अन्धतमले गर्दा बत्तीमा जसरी पुतली पर्छन् ऊ त्यसरी नै पर्दछ । यो संसारमा हिरण शब्दमा, हात्ती स्पर्शमा, पतङ्ग रूपमा, भमरा गन्धमा र माछा रसमा आसक्त भएर मारिन्छन् भने एउटा प्रमादी व्यक्तिले पाँच इन्द्रिबाट पाँचै विषयमा भोग गर्दछ भने ऊ किन नमारिनु, ऊ मारिन्छ नै । अभीप्सित (अति चाहना गरेको) बस्तुको प्राप्ति भएन भनेर अज्ञानका कारण मानिसमा क्रोध उठ्छ र क्रोधका कारण त्यो कामुक मान्छे स्वयम् आफ्नै नाश गर्न दोस्रो कामुक मानिससँग लड्न जान्छ । यो अवस्थामा त्यो कामुक मानिसलाई अर्काे कामुक मानिसले त्यसरी मार्छ जसरी एक बलवान हात्ीले निर्बल हातीलाई मार्छ ।

बास्तवमा सयौं योनिलाई पार गर्दै अमूल्य मानव योनि पाइन्छ। मानव शरीर पाएर पनि द्विजत्व प्राप्त गर्नु दुर्लभ छ । अतिदुर्लभ द्विजत्व प्राप्त गरेर पनि जस्ले द्विजत्वलाई धर्मकर्म द्वारा बचाउँदैन केवल ईन्द्रियलाई तृप्त पार्नमा नै प्रयासरत रहन्छ, त्यसले आफ्ना हातमा आएको अमृतस्वरूप अवस्थालाई आफ्नै प्रमादबाट नष्ट गर्दछ ।

मानिसमा बृद्धावस्था आउँछ । मानिसको बृद्धा अवस्थामा महान् रोगव्याधिले सताउँछ । ऊ व्याकुल हुन्छ र मृत्युलाई स्वीकार्दछ पुनः ऊ पूर्ववत महान कष्टकर नरकमा जान्छ, ऊ जन्म–मरणको चक्रमा फस्छ र उसले वैराग्यता कहिल्यै प्राप्त गर्न सक्दैन ।
(यो लेख गरुडपुराणको छैटौं अध्याएको सारभाव हो)

सन्दर्भ सामाग्री–

१. संक्षिप्त गरुडपुराण (सचित्र, मोटा टाइप, केवल हिन्दी) गीताप्रेस, गोरखपुर,सं.२०६७ चौधहवाँ पुनर्म‘ुर्द्रण
२. गरुडपुराण–सारोद्धार सानुवाद गीताप्रेस, गोरखपुर,सं.२०६५ बारहवाँ पुनर्म‘ुर्द्रण

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.