~खडानन्द शर्मा~
सुन सुन पाच सुन सत्यजुग गयो
कलिजुग लागेको सवाई कहन्छु
बुझिनसक्नु कलिको रङ्ग
चौथो प्रहरमा पा¥यो भताभुङ्ग
डगमग पृथिवी भयो कम्पमान
भतगाउन लाग्यो देउताको थान
भदगाउ तलेज्यु सतिकि माई
भैचालो आयो भदगाउ जाई
झिङटिको छाना भताभुंग पा¥यो
तिन् सये आदमि घरैभित्र मा¥यो
कोही म¥यो कोठा कोहि म¥यो चोटा
न्यावारका छोराछोरि पा¥यो येकै रोटा
भदगाउ सहरकि पकि हवेली
बुग्मतिमाहा प¥यो भगेबलि
थोत्रा घरको राषेन आस
दुनियालाई पा¥यो पषेरामा वास
बाईस्वटा नेवार बाहाल्भित्र पारिहाल्यो नास
छिन् येकमाहा यो विधि भयो
नरनाथ विचारिको जिउ पनि गयो
तस दिन भैचालो गयो छिन येकमाहा
सात जिउ म¥यो हरिसिधिमाहा
षोकना सहरको राषेन छाना
भताभुंग पा¥यो देउताको थान
छिन येकमाहा भैचालो छुड्यो
जगंनाथ्को देवलको गजुरै चुड्यो
कुरिमन्डल् धुवा उडिगयो छारो
टुडिषेल्को ढोका फुटिगयो गारो
मुलुकमाहा भैचालो तसै दिन नाच्यो
टुडिषेल्को ढोका धर्मले बाच्यो
यस सवाईमा सत्ययुग बितेपछि वि.सं. १८६५ ज्येष्ठशुक्लदशमी शनिवारको दिन गएको भैँचालोको बयान यसरी गरिएको छ