कविता : निष्कर्ष

~अजय पन्त~

ओहो ! यो कस्तो ओझेलमा परेको म
कसका जाउँ कसलाई छोडुँ कस्तो बाध्यतामा परेको म
चाहिने दुवै मलाई जीवनको हरेक मोडमा
जिउने कुनै आधार छैन दुवैको विछोडमा
दुवैसँग बिताएको छु मैले जीवनका सारा पल
के दुवैसँग बस्न पाउने छैन कुनै हल

कस्तो दोधारमा परेको म आज
एकतर्फ मेरो साथी त अर्कोतर्फ मेरो माया
यी दुईविना म कसरी कटाउनु जिन्दगीको गर्मी
र पाउनु शीतल छाँया

(स्रोत : युवामञ्च २०६६ साउन)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.