गजल : के छ खबर, हजुरको अचेल

~मिजास तेम्बे~

के छ खबर, हजुरको अचेल
संबन्ध किन, दुरदुरको अचेल

न राग मिल्छ, न ताल मिल्छ
जीवनको धुन, बेशुरको अचेल

तिर्खालु छैनन, श्रद्दलु छैनन
शिरको उच्च, गजुरको अचेल

रित्तो छ मन, रहर छैन
समय कस्तो, झूरझूरको अचेल

शब्द – मिजास तेम्बे
स्वर- जगदीश समाल
सङ्गीत – चोक गुरुङ
एल्बम : प्रकट (गीति एल्बम)

– ढुंगेसाँघु –७, तेम्बे ताप्लेजुङ्ग, नेपाल
हाल – बेलायत

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.