~सदानन्द अभागी~
म सानो माछा
मेरो सानो पोखरीको बास
प्रकृतिक सौन्दर्यताको भण्डार
विश्व उच्चताको ठूलो पर्वत
पूण्य सलिलाको पवित्र जलले सिँचित
विश्व बन्धुत्वको भावनाले भरिएका
मेरो पोखरीमा बसेका माछा
विविधतामा एकता
इतिहासले चिनाएको वीरता
अगम्य साहसको धैर्यता
सूक्ष्मतामा विशालता
यति हुँदा हुँदै पनि
मेरो पोखरी भित्रका
केही माछाहरूले क्रान्ति गरे
इतिहास नै पल्टाई दिए
इतिहास पल्टेपछिका
नयाँ कार्यपद्धती
पोखरी हाँकने मार्गचित्र
भावी कार्ययोजना
न त पहिला निर्माण नै रहेछ
न त पछि निर्माण नै गर्न सके
केवल इतिहास पल्टाउने उद्देश्य मात्र
आज न त पोखरी संरक्षण र सम्वर्धन छ
न त पोखरीका साना माछाहरूलाई राहात
जे छ कुर्सी तानातान छ
महगी,भ्रष्टचार,अत्याचार, बलत्कार
बाह्य हस्तक्षेप आदि आदि
अनि मेरो पोखरीको अवस्थिति
ठूला दुई पोखरीले घेरिएको
दक्षिणको ठूलो पोखरीले तीनतिर
उत्तरको ठूलो पोखरीले एकतिर
तीनतिर घेर्नेको ह्वेल र गोहीको स्वरूपता
विशालताको अहम्ताले गर्दा
सानो भए पनि सहअस्तित्वको ख्यालै नगरी
तीनतिरबाट कोतरेको कोतरेकै छ
अब हेरौं माथिको ठूलो पोखरी
उदयमान, अर्थतन्त्रमा प्रवलता
शक्तिको रूपमा सवलता
आफैमा निर्भरता र सक्षमता
झट्ट हेर्दा डलफीनको स्वरूपता
तर पनि मेरो सानो पोखरी
कहाँ सुंरक्षित छ र ?
आज तलतिरको ठूलो पोखरीले
सीमा अतिक्रमण गर्दागर्दै
एउटा ठूलो चौटोलाई अतिक्रमण गर्दै
आफ्नै नक्सामा दर्शायो
यो दृश्यले
मेरा साना पोखरीका माछा
रुँदै छन् कराउँदै छन्
विश्वव्यापी आवाज उठाउँदै छन्
आफ्नो पोखरीको सीमा संरक्षणमा
एकरूपतामा जुटेका छन्
न्यायको खोजीमा छन्
मस्यकानुन दैव जानुन्
पोखरी बचाउन
पोखरीका सबै माछाले
वलिदान दिनै पर्ने हो त ?
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )