गजल : कथा हुँ म

~शून्य प्रकाश~

जिन्दगीमा कही कतै नचुकेको कथा हुँ म ।
मर्न तयार हुन्छु तर नझुकेको कथा हुँ म ।

अरु जस्तै साउनमा भेल बन्न नसके नि
खडेरीमा कैले पनि नसुकेको कथा हुँ म ।

मान्छे नै हुँ देवता झैं पुजिन्छु म कहाँ भने
दुनियाँले मुख्भरी नथुकेको कथा हुँ म ।

धेरै देखें जिन्दगीमा कोखातिर दाँत हुने
तर तिन्का उदेश्यमा नदुखेको कथा हुँ म ।

जिन्दगीमा कही कतै नचुकेको कथा हुँ म ।
मर्न तयार हुन्छु तर नझुकेको कथा हुँ म ।

– शून्य प्रकाश
biskatha@gmail.com

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.