~डा. विदुर चालिसे~
जनैपूर्णिमाका दिन
लैला मजनूहरू नाचिरहेथे
पाेष्टमार्डन एपिकहरूसँग
विविध बान्कीका मधुर गीतले
भ्रमपूर्ण मस्तिष्कका चेतनामा
मेरा नायकत्व सिथिल हुन्थे
प्रत्येक चरित्रका अायामहरूमा !
जनैका ब्राम्हणहरू थे नजिकका पात्र
उपवासमा बसेका ब्रतालु तालिमेजस्ता
पाेष्टमाेर्डन युगकाे कथामा हाैसिएकाहरू
जीव्यताका धुनमा हराएका एपिकसँग !
लाेकका एपिकहरू सर्टअाउट थिए
नकावी माेर्डन साेसाइटीका नामले,
मन्त्र पाठशालामा गुन्जिदिन्थे खासमा
माेर्डन अाउटहरू पाेष्टमाेर्डन कथासँग
प्रेम गरिरहेथे अाफैलाई बिर्सेर अचेल
स्वप्न गार्डेनका कलिला नानीहरू माझ
उहिलेका चाँचरी, असारे अनि धान नाचहरू
पाेष्टमाेर्डानिज्मकाे धरापमा काटिरहेथे दृश्य,
मेरा सांस्कृतिक कहानीहरूलाई टुहुराे बनाएर
व्याख्यानका अनेक सूत्रहरूसँग दुखिरहेका
प्राज्ञहरूका टाउका अनि फुलिरहेका कपालहरू
सर्सराउँदै गाेदान गरिरहेथे पुत्रहरूकाे याचनामा
म चुपचाप थिएँ व्याख्यानका जङ्चरहरू सँग
उनीहरू चिल्लाइरहेथे माइकका ठूला दम्भले !
एपिकका एपिसाेडहरू खण्डित थे मनमा
अार्ष पुरूषकाे बैभव अनि मताइकाे स्वर,
रूढ बखितमका लेखन्दासहरूकाे मुद्दासँग
अाफूलाई बिर्सिरहेका अनि
अरूलाई सम्झिरहेका अनन्य मित्रहरू
पातालका नागलाेकका सयरमा थे,
जब नागकाे फणाबीच उभिन पुग्थे ती
पानी पानी भएर राेइदिन्थे बालापनमा
हरेक एपिकका घटनाहरू जमिरहेथे
हिमालहरूका हिउँजस्तै पानीमा,
न बग्न सक्थे ती न जम्न सक्थे
पाेष्टमाेर्डनका प्लेकार्डहरू !
उत्तर अाधुनिक समाजकाे मञ्चनेर
महाकाव्यकाे महापात्र दुर्बल थे सडकमा ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)