~अनुपम ‘नवोदित’~
वीरताका गाथा फेरि, पढ्ने बेला आयो
स्वाभिमानी शिखर फेरि, चढ्ने बेला आयो
जंगे पिल्लर सार्दै बैरी, किल्ला खडा गरे
बैरीका किल्लाहरू, डढ्ने बेला आयो
रगतले कोरिएको, सीमा जोगाउन
खूँडा बोकी सीमातिर, बढ्ने बेला आयो
प्राण भन्दा प्यारो हाम्रो, देश बचाउन
प्राणकै बाजी थापी, लड्ने बेला आयो
कालिन्चोक गाउँ पालिका,
लापिलाङ दोलखा
हाल – पराईभूमी ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )