कथा : खाते

~प्रभा पोखरेल ‘स्वेशा’~

उफ्!! यो बादल नि कस्तो अगति पाराले लागेको हो। न झमझम बर्सन्छ, न घामले दर्शन दिन्छ। कस्तो बिचैमा अड्किएजस्तो मौसम! पानी परेपनि आज मज्जाले भिज्नेथिइ। दर्केर पानी परोस्, उ आँखा चिम्लेर भिजिरहोस्। आँखा, नाक, ओठ, सारा अङ्ग-अङ्ग भिजुन्, भिजिरहुन्। खाली-खाली दिमाख होस्, दिमाख, मन भिजुन्, पखालियुन्, बगेर जाउन्। यो उकुशमुकुश सबै उदारियोस्। उसको तातेको शरिर र थाकेको दिमाख सबै ठन्डा हुनेथियो कि! आज उ छटपटाइरहेकीछे, बस् छटपटाइरहेकी छे। के को छटपटी हो यस्तो? के को चिटचिटाहट यतिबिघ्न? यत्ति छटपटाउने अधिकार छ र उसलाइ? उसलाइ यस्तो लागिरहेको छ आज चैं कसैलाइ भुत्ल्याइदिउ, कसैलाइ गालामा चड्याम-चड्याम हान्दिउ र चुपचाप हिडिदिउ! त्यस्तो कहाँ हुन्छ? किमार्थ हुदैन। ‘कस्ले हातमा दहि जमाएर बस्ला र मैले थप्पड हानुन्जेल। मेरो कँहा बल छ र पिटाइ खाँदै हिड्नलाइ। एक थप्पड हान्न नभ्याइ मलाइ नै मारिसक्दा हुन् दुनियाले। नियतिले कत्ति कमजोर बनाइसकेको छ मलाइ।‘ उ आफ्नै सोचाइमा फेरी बर्बराउछे।

च्या….च्या! छोरीको रुवाइले तानिन्छे जुना। दुध चुसाउन थाल्छे, हिजोको पाउरोटि पनि भिजाएर मुखमा हाल्दिन्छे। छोरीका निश्चल र निर्दोष आँखाहरु हेर्छे र छातिमा टास्छे। जुनालाइ हिजो साँझदेखि बाहिर निस्कनै मन छैन। एक्लै भएकी भए त यहि झुप्रोमा आफ्नो घाटि आफैं रेटिदिसक्थीहोली तर यो छोरी?! अँह! त्यति कठोर हुन सक्दिन उ, कदापि सक्दिन। छोरी फेरी निदाउछे। उसको दिमाखमा हिजोकै घटनाहरु घटिरहन्छन्। ति नै घटनाले उसलाइ बिगतमा जबरजस्ती तानिरहन्छन्। उसका जिबनका दिनदिनै परिवर्तन भइरहेका मोड-मोडहरुमा उ ठोक्किरहन्छे, दुख्छे, चिच्याउछे तर चिच्याउदा-चिच्याउदै फेरी आफैं दारहा किट्छे र चुप लाग्छे किनकि उसलाइ कसैले सुन्दैन।

उसकी आमाले यो झुपडि छोडेर गएदेखि उ यहि ओत लाग्दै आइरहेकीछे। आमाले छोडेर गएपछि बचेको थोरै पैसाले यहो चुहिने झुपडि टालेर भित्र लुक्दै आएकी जुना पाँच बर्ष अगाडि आमाको उपचार गर्न शहर पसेकीथिइ। कतिजनासँग हात फैल्याइन र जुनाले त्यतिबेला? प्रत्येकसँग काम देउ, पैसा देउ, मेरी आमालाइ अस्पताल लग्नुछ भन्दै आफ्नो ब्यथा पोख्दै हिडेकीथिइ। उसको त्यो कारुणिक बिन्तिभाउमा न कसैको ध्यान गयो न त कसैले त्यो रित्तो हातमा काम या पैसा नै दियो! भोकी, प्यासी र कतै आड नपाएर ओइल्याउन थालेकी जुनुलाइ सडकमा एकदिन भबुले भेटी र आफ्नो एकमात्र पैसाको बाटो देखाइदिइ। भबुको परिवार र यो सुसस्क्रित भनाउदो समाजले भबुको बिहे कसरी एउटा तिन तले घरभित्रको हत्यारासँग गरिदिए र आफु कसरी उम्केर यो ठाउसम्म आइ�0��ैल��80, यी सबै कहानी सुनेर जुनु पनि चित्त खाइसकेकीथिइ। भबुले देखाएको बाटो हिड्दा-हिड्दै जुनुले ठुलाठालु नेतालाइ भेटी, समाजसेविहरुलाइ भेटि, पुलिशलाइ भेटी, आर्मिलाइ भेटी। उसले यो देशका प्राय: सबैखाले ठुलाहरुलाइ भेटी। हो! उसले सबैलाइ एक-एक गर्दै एकै ठाउमा भेटी। आमाको ज्यान त अहिलेसम्म रहेन तर आमाको औशधिको चाँजो मिलाउन निस्केकी जुनुको यो धन्दा आफुलाइ रोग लागेको थाहा नहुन्जेल चलिनैरह्यो।

जुनु एकचोटि त मरिसकेकीथिइ जुनदिन आफुलाइ syphilis छ भन्ने थाहा पाएर साहुनीले बिदा गरिदिएकीथिइ तर syphilis को समाचारसगैं उसले पेट बोकेको खबरपनि उसका कानमा बज्रझै बजारिएको थियो। त्यहि बज्रले पो उसलाइ जिउदो बनायो, हिडायो, घिस्र्यायो र सास छउञ्जेल पेटको लागि जसरी नि जोहो गर्ने बनायो। कसको नाशो हो उसलाइ प्रस्टै थाहा थियो तर थाहा पाउनु र नपाउनुको औचित्यै कहाँ थियो र?! यस्तो धन्दामा लागेकी बेसाहारा र गरिबलाइ कसले पो पत्याउछ र?! फलानोको बच्चा भनी भने त झन् आजै गोलिले उडाउछन् होला, अन्त्यमा पनि भोगै गरेर! उनिहरुकै त राज छ नि यो देशमा। जुनु मरेनी, मारिएनी कसले पो खोजिगर्छ र!? एक्लो ज्यान पाल्न धौ-धौ, त्यसमाथि आमा मरेको शोक र आफ्नो रोग! तर उसले यो मेरो बच्चा हो, म यसलाइ जन्म दिन्छु र हुर्काउछु भनेर अनौठै प्रण गरी।

यहि छाप्रोमा जन्माइ र २ दिनको दिनमा घस्रिदै छोरीलाइ जाँच गर्न अस्पताल लिएर गइ। आखिर कस्लाइ चिनिनछे र जुनुले? डाक्टरले पनि चिन्यो जुनुलाइ। पटक-पटक साथिको हुलमै उ पनि त्यहाँ पुगेको थियो। पट्ठो डाक्टर आफ्नो बैंशको भोक टार्न सधैं जुनु नै छान्थ्यो र syphilis को कुरा थाहा पाएर आज एकचोटि तर्सियो। जुनुले बोल्दिहाली “अलि पछि नै लाग्या हो”। लौ जुनुको अगाडि यो चश्मावाले डाक्टरले के टाउको निहुर्याउनुपर्छ र! निहुरिएको टाउको देखेर जुनुले मनमनै खित्का छोडिदिइ। तर त्यो नै उसको ठुलो खुसिको दिन थियो किनकि डाक्टरले “आफु जस्तो भएनि छोरी बचिछे, छोरीको भाग्य रैछ” भन्दै मुस्काइदिएको थियो। त्यो दिनभर छोरीलाइ उसले चुमिरही, दुध चुसाउदै बसिरही र भोलिपल्ट देखिनै छोरीलाइ च्याप्दै फ्याक्ट्रि जान थाली।

कहिलेकाहि फ्याक्ट्रिबाट पैसा दिन ढिला गरिदिन्छ। हो हिजो नि त्यहि कैलेकाहि परिदियो र घरमा ठिक्क खानेकुरा पनि सकिएको दिन पर्यो। छोरीको मुख हेरेर कत्ति बिन्ति भाउ गर्दापनि भुडे साहुले पैसा दिएन बरु उल्टै कराउदै भन्यो “कचकच नगर है राँड, आज एकादशि हो र एकादशिको दिन पैसा दिएको मलाइ पटक्कै फाप्दैन बरु म तलाइ काम बाटै निकाल्दिउला”। क्यै नलागेर हारेकी जुनु बाटोमा निस्केर बटुवासँगै पो माग्न थाली। छोरी छेउमै खेलिरहेकीथिइ। अचानक एउटा छाँटकासाथ साइएको फुच्चे आएर ठोक्कियो, ‘बिचरा बच्चालाइ के कालो चश्मा लाइद्या हुन्! बाटै नदेख्नेगरी, इ हुनेखाने भनाउदाको नि काँहा बुद्दि हुन्छ र! आ!’ जुनु सोच्दैथिइ। बाटो न पर्यो, सबैको साझा तर यो बाटोमै पनि सानैले माफ माग्नुपर्छ, झुक्नुपर्छ, चुक्नुपर्छ। “माफ गर्नुहोला”, जुनु बोल्नै लाग्दा अत्तरको टाउकै दुखाउने बास्नावालीले कर्कश श्वर निकाली। “खातेको बच्चा बाटो-बाटोमा बसेर किन ठोक्किन्छस्?” आफ्नी छोरीलाइ कराएको सुनेर जुनुले फनक्क टाउको घुमाएर हेरी तर उसको घुमेको टाउको यसरी घुमिरह्यो, उ त्यहि जमेझैं भइ, मुखबाट शब्दै निस्केन। जुनुमा घोर निश्तब्दता छाइदियो। आँखा ’round बादलले ढक्क ढाकिदियो र पुषको शिरेटोलेझैं मुटु कठाङ्ग्रियो। अत्तर र गहनाले छोपिएको त्यो आइमाइको हात कसैले समाएर भनिरहेको थियो “नकराउ, नकराउ भै गो छोड्देउ, हिड ”। त्यो अरु कोहि नभएर जुनुको छोरीको बाउ थियो र यो देशको एक ठुलो नेता। जुनुले उसलाइ नदेखेको धेरै भइसकेको थियो र देख्नु पनि निरर्थक थियो। कि आफ्नै ज्यान मारिन्थ्यो, कि त्यो अबोध छोरी। जुनुले कसरी उसको पेट बोक्नुपर्यो? यो केबल जुनु र त्यहि नेतालाइ थाहा छ, दुनिया अन्जान र गुमनाम! उसले हेरिरही मात्र हेरिरही। मन च्यात्तियो? धुजा-धुजा त पैलै थियो त। आखिर बाँकि रहेछ कि, मन भन्ने चिज पनि! उसका कानमा ति नै शब्दहरु घरि-घरि ठोक्किइरहे, “खातेको बच्चा”। च्या…च्या..ओहो! कत्ति छिटै उठी फेरी नानी! दुनियाको तामाशासँग हारेकी जुनु छोरीको छेउमा पुग्छे।

-प्रभा
Sydney, Australia

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.