कविता : पर्खाई

~राजेन्द्र समन~

तिम्रो पर्खाईको मैले कदर गर्नै पर्छ
म त बिदेशिए, भासिएं, यहि रमाएं
तर तिमी बीना थकान पर्खिरह्यौ
म आउने बाटो तिमी हेरिरह्यौं

तिम्रो महानताको मैले कदर गर्नै पर्छ
अनेक बहानामा मैले तिमीलाई बिर्सिने प्रयास गरिरहेछु
तर तिमी मलाई बिचलित नभई सम्भिmरह्यौ
म आउने बाटो तिमी पर्खिरह्यौ

तिम्रो सहनताको मैले कदर गर्नै पर्छ
धेरैले गोली चलाए त्रि्रो छातीमा
बारुद र बम पड्काए ति म्रो छातीमा
तर तिमी मलाई निरन्तर पर्खिरह्यौ
म आउने बाटो तिमी हेरिरह्यौ

शान्ति पनि बिदेशियो
विकास पनि बिदेशियौ
तर तिमी बाध्य त्यहि बसिरह्यौ
मलाई दुःख छ मैले केहि गर्न सकिन
तैपनि तिमी मलाई पर्खिरह्यौ
म आउने बाटो तिमी हेरिरह्यौ

सम्मान पनि मारिए
संस्कृती पनि अपहरित भए
तिमी बाध्य छौ टुलुटुलु हेरिरहनु परकेा छ
पानीको सट्टा रगतले नुहाउनु परेको छ
तैपनि तिमी मलाई पर्खिरहेछौ
म आउने बाटो तिमी हेरिरहेछौ ।

samanrajendra@yahoo.com
राजेन्द्र समन
मेरिल्याण्ड, डिसेम्बर २४

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.