~सिर्जना सिंखडा~
धिक्कारेर जिन्दगीलाई टाढा जाउ ठाउँ छैन।
नानाथरी आलोचना बस्न मिल्ने गाउँ छैन।।
भित्रभित्रै दुख्छ घाउ मलम छैन यो बजारमा।
साना तिना उपचारले निको हुने घाउ छैन।।
एक माथि अर्को चोट थुप्रिदा रुन्छ छाति।
दुनियाँको जस्तो कुनै अरु मेरो दाउ छैन।।
भगवान पनि देेब्रे भए मेरो के लाग्छ र खै।
हास्छन अब खिसि गर्दै यहाँ कुनै भाउ छैन।।
आशा थियो भरोसा पनि टुटेर गयो सबै।
कस्को भर परौ अब विश्वासको नाउँ छैन।।
धिक्कारेर जिन्दगीलाई टाढा जाउ ठाउँ छैन।
नानाथरी आलोचना बस्न मिल्ने गाउँ छैन।।
सिर्जना सिंखडा
धावा-२ गोरखा