~सदानन्द अभागी~
के छ मित्र
के छ मित्र शान तिम्रो हेर आज भोली
नजानेको कहाँ हो र ऐतिहासिक झोली
आप्mनो धरातलाई यदि बिर्सि गयो भने
मूल्याङ्कनमा पर्न जान्छ रित्तिएको सोली
कसैले कसैलाई
प्रिया कसैले कसैलाई लुटी दिन्छ भने
के नै वाँकी रहन्छ र सर्वस्व किन्छ भने
वरमालाको औचित्य के नै हुन्छ प्रिया
खोक्रो तन समर्पणमा कोही लिन्छ भने
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )