गजल : एक्लै भएँ म

~बिभोर बराल~

सहरको भीडमा पनि एक्लै भएँ म
छेउमै छ सागर तर प्यासै रहेँ म

अरुको बारेमा सोच्न कसलाई फुर्सत यहाँ
खाटा परेका घाउहरु कोट्याउँदै बसेँ म

यादहरुले जन्ती नै लिएर आएछन्
यिनै त हुन् आफ्ना, यिनकै पछि गएँ म

थाहा छ सहर तैँले धेरैलाई चपाइसकिस् !
तैँले थापेको जालमा आज परेँ म

ओठमा सँधै हाँसो देखे पनि ‘विभोर’ !
पीडाको ज्वालाले भित्र-भित्रै जलेँ म

Bibhor Baral ,
Tangal, Kathmandu, Nepal

(स्रोत: तन्नेरी डट कम – Issue 13 – Paush, 2062)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.