~राजेन्द्र चोथाले~
पिलाई विषको घुँट्को भन्यौ धेरै धेरै बाँच
देखाइ हाँसोका स्वप्ना छर्यौ मुटुभरि काँच
त्यो गोमन के विषालु छ, त्यो तिम्रो मुटुको सामु
तिमीमा दस होला त्यो विष, त्यो सर्पमा भए पाँच
बाहिर स्निग्ध र शालीन, बीभत्सभित्रको सत्य
छ है, बुझ्नै नसक्नु छ, नौटङ्की तिम्रो त्यो नाच
मेरो आँसु भए प्यारो म हाँसेरै रोइदिन्छु
लागे मेरो पीडा मीठो टुक्रै टुक्रा यो मन भाँच
तिमीप्रति उही माया अझै उर्लिंदो छ मनमा
माया जाच्ने कशी भए यो मन घोटी घोटी जाँच
युवामञ्च २०६६ जेठ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)