लघुकथा : ताताे भाेड्का

~डा. विदुर चालिसे~

–“तँ ख्रुस्चेवकाे चेला हाेस् !”

–“आफू नि अाफू ! तैँ हाेइनस् स्टालिनकाे छाउराे ?”

निकै चर्काचर्की गरिरहेकाे कार्यकर्ताहरू बिच विषय सडक निर्माणकाे थियाे । सडक कस्काे अाँगनकाे डिलछेउ लाने भन्ने कुरामा मुख्य चासाे थियाे । दुई जना पहलमानहरू ईन्जिनियरकाे टेवलमा मुड्की बजारी बजारी चर्किरहेथे । सुनिरहेका प्रतिनिधि मण्डल ट्वाल्ल हेरिरहेका थिए । अाराेपीहरू एक अापसमा अाँखा तरेर घुर्दथे । विवाद समन नहुँदै बेटुङ्गाे मै बैठक सकियाे । बसिरहेकाे काँठेमध्ये एउटाले जडकाे कुरा झिक्याे ।

–“अाज छाेयला बजी जिन्दावाद ! हैन त दाइ ?”

–“के मलाई जयप्रकाश मल्ल ठानेकाे ?”

–“हैन, हैन ! कुरा बुझ्नु न ।”

–“के कुरा बुझ्ने ?”

–“विजय अभियान !”

–“कस्काे विजय अभियान ?”

–“सर्बहाराकाे !

उपस्थित भएकामध्ये धेरैजनाले निकै रसिलाे भावले अाशा गरेकाे बुझिन्थ्याे । वरिपरिका बसेका अन्य मान्छेहरू मुखामुख गर्न थालेथे । चर्किरहेका पात्रहरू पनि सरल भएका थिए । यत्तिकैमा ईन्जिनियरले सहमति जुटाउने विचार गरे । उनले सहमतिकाे बिच विन्दुकाे बाटाे अप्नाएर केही प्रस्ताव गर्ने साेचे । त्याे दिन निकै जाडाे थियाे ।

–“हजुरहरू ताताे चिया, कफि केही लिउँ अनि छल फल अगाडि बढाउँला ल ?”

सबैले सहमतिले जनाए । स्टाफले ईच्छाअनुसार चिया कफि दियाे । तर एकजना अलि ठट्टेउला मित्र पनि थिए । उनले कालाे कफि हातमा पर्ना साथ भनिहाले ।

–“अाे ईन्जिनियर साब ! याे त ताताे भाेड्का जस्ताे छ नि ।”

रसियाबाट सिभिल ईन्जिनियरिंग पढेका ईन्जिनियर तिताेभले भन्न भ्याइ हाले ।

–“कुराे ठिकै हाे म पढ्दा धेरै साथीसँग बाझिरहन्थे । जिद्दि पनि मेराे निकै हुन्थ्याे ।

–“त्यसपछि के भयाे सर !”

–“अाफैमा जिद्दि र बाझ्नलाई निउँ खाेजिरहने बानी पर्दै गएपछि डाक्टरलाई जँचाएँ । डाक्टरले मेराे यस्काे उपचारकाे लागि भाेड्का तताएर खाए ठिक हुने सल्लाह दिए ।”

–“अाेहाे सर जादु भएछ । अनि सर ?”

–“पछि मलाई जिद्दिकाे टेन्सन बढ्याे कि एक प्याक ताताे भाेड्का खान्थेँ, ठिक हुन्थ्याे ।”

–“ताताे भाेड्काकाे अचम्म करामत !”

–“हाे, उनले भन्थे खुश्चेब र स्टालिन पनि अापसमा टेन्सन बढ्याे भने ताताे भाेड्का पिएपछि सहमतिमा अाउँथे रे !”

यस्ताे कुरा सुनेपछि सबैकाे सहमतिमा ताताे भाेड्का खाने कुरा भयाे । जब सबैले ताताे भाेड्का खाए तब बाटाे नबन्ने भयाे । बरू बजेट बाँड चुँडकाे सहमति भयाे । बजेट अाफूहरू कै ईच्छामा खर्च गर्न सकिने शीर्षकमा रकमान्तर गर्ने सहमति पनि अन्त्यतिर जुट्याे । त्यसपछि सहमतिअनुसार बैठककाे निर्णय पढेर सुनाइयाे । सबैजना क्या ! खुसी देखिन्थे ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.