~प्रभा पोखरेल ‘स्वेशा’~
लगातार परेको यो दिक्दारलाग्दो झरिले निथ्रुक्कै भिजायो उफ्! लुगा खोलेर झुन्ड्याउँदै म आफैं भुतभुताँउछु, “कति बर्षिन सकेको हो, बेला न कुबेला बर्षेको छ, बर्षेको छ, यसको के नै जान्छ र!!” म ओछ्यानमा चढेर सिरक भित्रै पसिदिन्छु। इमेल चेक गर्छु, फेसबुक हेर्छु, केहिछैन, सबै पुरानै लाग्छन्। झ्याप्प सबै बन्द गर्छु र एकछिन हातहरु पनि सिरकभित्रै घुसारेर चुपचाप बस्छु। बस्दा-बस्दै कोठै शुन्य लाग्छ, आत्मै शुन्य भएझैं लाग्छ अनि फेरि माइक्रोसफ्ट वर्ड खोल्छु, केहि लेख्न खोज्छु, सक्दिन। याद आइदिन्छ हिजो राति कै, अनि मोनिकाकै, कस्ति हो यो, म बुझ्नै सक्दिन। उससँग पहिलो पटक मेरो भेट बिजयको घरमै भएको हो। बिजय मेरो बाबाको साथिको छोरा, उ र म नेपालमा सँगै हुर्केका र मोनिका उसको दुइबर्ष देखिकी गल फ्रेन्ड, उनिहरु सगैँ बस्छन्। एक बर्ष अघि मात्र अमेरिकाबाट बिजयकै लागी भनेर पढाइ, घर, बाबु, आमा सबै छोडेर अस्ट्रेलिया आएकी मोनिका। उसका बाबु, आमा उ सानैछँदा अमेरिका पसेर उतै बसेका, उ उतै हुर्की। दुइ बर्ष अघि आफ्नो मामाले अमेरिका घुम्न बोलाउँदा, बिजयले भाग्यबश तिन महिनाको भिसा नि पाएथ्यो र त्यहि बेला मामाको साथिको छोरी चन्चली, चुलबुली मोनिकाले उसको मन सुटुक्कै चोरेकी थिइ। ति तिन महिना मामा, माइजुको साथमा मात्रै कहाँ बिते र! उसका ती जबानीका आँखा, तन, मन सबै मोनिकासँगै हराउन थालिसकेका थिए। मोनिका पनि “आज म घुमाउन लान्छु नि अंकल चिन्तै लिनु पर्दैन” भन्दै एउटा आँखा झिमिक्क पार्दै बिजयलाई झन् भुतुक्कै पार्थी। बिजय जसले पहिलो पटक यस्तो महशुश गर्दैछ कि प्रेमको सागरमा उ दिनदिनै डुब्दै जाँदैछ, शायद माया भनेको यस्तै रहेछ, उसको माया यहाँ आएर पो बस्नुरैछ, यहाँ आएर पो भेटिनुरैछ। हुन पनि हो, मैले सानैदेखि चिनेकी बिजयको कैल्यै त्यस्तो मिल्ने केटी साथि नै छैन न त गल फ्रेन्ड नै। म सानीहुँदा उ सँगै खेल्थें, ठुली हुँदैजाँदा बिजय मलाइ बैनी भन्न थाल्यो र म उसलाइ दादा। उमेरले पनि म एक बर्ष सानी नै हुँ।
“बिजय तँ ‘गे’ त हैन नि है?”, उ रात्रि क्लबबाट सुटुक्क साथिहरुलाइ नि छाडेर घर आएको भोलिपल्ट साथिहरुले उसको खिल्लि गर्थे। उ चुप लाग मुलाहरु हो म तिमिहरु जस्तो छैन भन्दैमा ‘गे’ हुन्छु र?! साथिहरु अझ हाँसिदिन्थे, उ आफैं चुप लागेर कोठामा पस्थ्यो। दुख सुख गर्दै पढेर उ बल्ल एक महिना अगाडि त यो अस्ट्रेलियाको स्थायी बासिन्दा भएको। अरु जस्तो “IELTS” टेस्टमा आठ ल्याउन नसकेको भए त त्यै पनि कहाँ हुन्थ्यो र!
मोनिका र बिजयले थाहै नपाइ तीन महिना बिताए, एकदिन बिजय मोनिकाका ती चन्चल आँखामा एकोहोरो हेर्दा मोनिका “डु यु लाइक मि” भन्दै झन् नजिकै आइदिइ, बिजयले आफ्नो छिटो छिटो चलिरहेको ढुकढुकिलाइ नै जितेर आफ्ना ओठहरुले यसरि मोनिकाका ओठहरु चुमिदियो, दुबै एकआपसमा हराए। चुलबुली मोनिकाले भनि “बिजय म एकदिन यो ठाँउ छोडेर अस्ट्रेलिया आउनेछु।“ बिजय कता कता डरले आत्तिएथ्यो, यसरी सानैदेखि यहाँ हुर्केकी मोनिका अस्ट्रेलियामा म सँग बस्न त सक्ली? तर उ चुपचाप बस्यो, आफ्नो मायामा बिश्वाश लाग्यो उसलाइ। नभन्दै मोनिका अष्ट्रेलिया आइ र बिजयसँगै बस्न थाली। मोनिकाको मिलनसार ब्यबहारले बिजयको के कुरा, यो एक बर्षमा म पनि हरेक कुरा सुनाउन मोनिका चाहिने भैसकें। हुन पनि यो एक बर्षमा मैले काम र आफ्नो ब्यक्तिगत कुरामा कति उताड चढाब भोग्नुपर्यो। काममा नयाँ कम्पनि आएर म लगायत सबै पुराना कामदारहरुलाइ निकालिदियो, त्यहिबेला घरमा मामु बिरामी भएर म आत्तिएर आँशु मात्र झार्ने भैसकेकी थिए। मोनिकाले धेरै ढाडश र शाहस भरिदिन्थी म मा। उसकै काम गर्ने ठाउँमा मलाइ पनि लगी, साहुलाइ बढाइ चढाइ भनेर मक्ख पारी। अर्को दिन त मलाइ साहुले फोन गरेर बोलायो। म अहिले उ सँगै कफि सपमा काम गर्छु। बोल्न नि कति आँउछ यो केटीलाइ हरेक कुराको उदाहरण र जवाफ तयार छ यो सँग। उसले कुनै कुरा भनेपछि हो त है भन्ने लाग्छ-लाग्छ मलाइ।
हिजो शुक्रबार बिजय कामको सिलसिलामा क्यानबेरा गएको थियो, राति पनि उतै बस्नुपर्ने भयो। मलाइ क्लब जाँउ-जाँउ लागिरहेको थियो। मैले मोनिकालाइ जाँउ हिंड भनें, उ ओके भन्दै तयार भैहाली। क्लब गयौं, वाइन पिउन थाल्यौं, हामि दुबै त्यस्तो धेरै पिउँदैनथ्यौं, बिस्तारै एक-दुइ गीलाश खान्थ्यौं, नाच्थ्यौं र घर जान्थ्यौं। तर हिजो क्लबमा पसेका मात्र के थियौं “हेलो मोनिका, हेलो सेरा” भन्दै हामिसँगै कफिसपमा काम गर्ने खैरे सिओन नजिकै आएर बस्यो र मोनिका र मलाइ “जस्ट दिस मच, कमन ड्रिंक सम मोर” भन्दै उक्साउन थाल्यो। मैले त उसका कुरा वास्ता नगरी बिस्तारै पिउँदैथिए, मोनिकाले घटघट पार्न थाली। “मोनिका तँलाई लाग्यो?” उसले अमेरिकाका आफ्ना साथिहरुको कुरा सुनाउँदा मैले मोनिकालाइ सोधें किनकि सधैं हाँसिरहने उ आँखाबाट आँशु झार्न थालेकी थिई। हुन त कस्को मनमा पिडा हुँदैन र? कोहि हत्तपत्त देखाउँदैनन्, कोहि सजिलै देखाउँछन्। यो मोनिका नि आफ्नो ठाउँ, बाबु, आमा, साथिहरु सबै छोडेर आएकी। मनमनै सोचें अनि फेरि भनें “ओइ तैँले चिन्ता गरेकी? छुट्टिमा जालिस् नि।“ मोनिका जुरुक्क उठी अनि नाच्न थाली। यसै त सारै आकर्षक देखिने, त्यहिमाथि नाच्दा त प्राय सबैले उसैलाइ हेर्छन्, सिओन उसकै छेउमा पुगिसकेछ। म पनि एकछिन नाचेँ अनि आफ्नो ड्रिंक्सतिर टेबलमा आए। हरे! बाउन्सरले दुइटा केटाहरुलाइ निकालिदिएछ, यिनिहरुलाइ पनि के झगडा गर्नु परेको होला यहाँ आएर! म हेर्दै सोच्नथालें।
लौ खै त! डान्स फ्लोरमा मोनिका देखिन। ए! बाथरुम गइहोली। म नाच्न थालें। हैन यो केटी फर्किन्न त! म यसो सानो सिँढी चढेर जानु पर्ने बाथरुमतिर लागें, म एक्कासि झस्किए, जो द्रिश्य देखें, म अवाक् भएँ। म फनक्क फर्कें, सानो सिंढिबाट पनि हुत्तिएर लड्छु जस्तो लाग्यो। रिंगटा चल्यो, पर राखेको कुर्सिमा थचक्क बसें। मोनिका तैले यो के गरिस्? सिओन तँलाइ पनि थाहा थियो त मोनिका अमेरिका छोडेर उसको बिजयको लागि अस्ट्रेलिया आएकी केटी हो।
घर फर्कंदा एक बजिसकेको थियो, म मोनिकाकै घर गएँ, बाटोभरि न मोनिका एक शब्द बोली न म नैं बोले। उसले सधैं जा तँ मेरो कोठामा सुत् भन्थी आज चुपचाप मोनिका पाहुना कोठामा पसी, म मोनिकाको कोठामा। म निदाउनै सकिन, अब मोनिकाले आजको कुरा बिजयलाइ भन्छे? अनि बिजयले के गर्छ? मोनिका उसको पहिलो प्रेमिका हो, आफुलाइ भन्दा बढि माया गर्छ उसले। अनि मोनिका नि!! बिजय मोनिकाको जतिऔ प्रेमि भएनि सबै आफन्त ,साथिसंगी, बाबुको त्यत्रो सुख सम्पत्ति छाडेर, यहाँ आएर बिजयलाइ अंगालेकी, ला! अब के हुन्छ? म मात्र छटपटाइरहें, सोचेको सोचै। बिजय मेरो सानैदेखि चिनेको दाइ जस्तो मान्छे, मोनिका मेरी मिल्ने साथि। हैन “इट्स नट फेयर” म आफैं बरबराउँन लागे, भन्नै पर्छ मोनिकाले बिजयलाइ, भनेर माफि माग्नै पर्छ। नत्र म भन्दिन्छु, जे जे छोडेर आएनि यत्ति माया गर्ने, बिश्वाश गर्ने, इमान्दार बिजयलाइ यस्तो गर्न पाउदिन मोनिकाले, अँह पाउदिन। मेरो सारै घाँटि सुक्यो, भान्सामा गएर पानि पिए। फेरि आएर ओछ्यानमा पल्टें। धमिलो बत्ति हेरेको हेरै भएँ। मधुरो प्रकाशमा लुगा झुन्ड्याँउन बनाएको चोकेमा दुइवटा साङ्ला नारिएको देखें। उठेर नजिकैको सजाउने सामान उज्याएँ, ड्याम्म हान्दिउ? होस्, फेरि रोकिएँ, खाटमा आएर डङ्ग्रङ सुते। हरे मैले यो साङ्ला किन देखेको होला, यो बत्ति नि किन बाल्नुपर्ने! निभाएरै सुतें।
“सेरा” मोनिकाले झक्झक्याइ “कफि पिउन उठ्, बिजय आइपुगिसक्यो क्यानबेराबाट, तँ चैं यहाँ सुतिरकीछस्”, सधैँ झैं मुसुक्क हाँसी, म उठें। बिजय दादा काम कस्तो भयो त? मैले सोध्दै बिजयलाइ हेरें। मेरो मनमा भनें हिजो रातिको कुराले सताउन थाल्यो। बिजय दादा मोनिकाले यस्तो गर्न पाउदिन, मन चिच्यायो। मोनिका बिजयको कखमा गएर लुटपुटिन थालिसकेकी थिई। मोनिकाको अनुहारमा पुलुक्क हेरें, अहँ, छैन केहि चिन्ता छैन, डर छैन, पछुतो नि छैन, कति नस्फिक्रि बसिरहेकी छे, बिजयसँग मस्किँदै। एकछिनमा बिजय बाथरुम गयो। मोनिकाले मेरो छेउमा आएर भनि “एइ सेरा के सोचिरहेकी छस्? नसोच् कि मैले बिजयलाइ हिजोको घटना भन्छु, अनि तँ नि भन्ने कोशिश नगर्” म ट्वाल्ल परें र भनें, तँ बिजयलाइ धोका दिँदैछस्? “सुन् सेरा म बिजयलाइ अमेरिका देखि धोका दिन आएको हैन, म उसलाइ माया गर्छु, “आइ ह्याड क्रस अन सिआन, ड्याट वाज जस्ट वान नाइट, ओके? एण्ड आइ ह्याभ होल लाइफ फर बिजय”।
त्यसपछि म चुपचाप घर हिडें, छाता पनि नबोकी।।
२-३ पटक घन्टि बजाइसकें, ढोकै खोल्दैनन्, हैन यो घरमा कोहि छैनन् कि क्या हो? म मनमनै सोच्दै टुक्रुक्क बाहिरै बस्छु। यो केटि कता चैं हराइ त? न फोन लाग्छ, न फेसबुकमै देखिन्छे। त्यतिबेलै ढोका खुल्छ: “ओ माइ गड!! ओइ सेरा” कैले आइस् अस्ट्रेलियाबाट?” उसले छक्क पर्दै अंगालो हाल्छे। भैसक्यो नि एक हप्ता तेरो त के हो नि अत्तो पत्तो छैन, मान्छे गायब छस् त। तेरो घर यहाँ छ भनेर सुरजले भनेको थियो, अस्ट्रेलियामै हुँदा, त्यहि भएर भेट्न आएकी। हामि भित्र पस्यौं।
यो काठमाण्डौ शहरको मुटुमा पाँचतले घर, त्यो पनि यति राम्रोसँग सजाइएको, बाहिरबाट हेर्दा नि धनाड्यकै घर देखिन्छ, भित्र पस्ने बितिक्कै त झन् आभाश हुन्छ, कुनै अत्ति नै राम्रो इन्टेरियर डिजाइनरको कला हुनुपर्छ, हरेक सजावटका सामान चिटिक्क पारेर राखिएका, अत्तरको मगमग बाशनाले लट्ठै पारेको यो घरलाइ काठमाण्डु जति दुर्गन्धित भएनि कहाँ छुन सक्नु र! मलाइ सजिएर बसेकी प्रियाको नौलो रुप हेरेर अनौठो लागेको थियो। शिरदेखि पाउसम्म मैले ट्वाल्ल परेर हेरेकी थिए। जड्ने ठाँउ कहिं बाकि नै नरहेको बनारशि सारी, टिमिक्क परेको बाहुला भरि जडेको चोलो, सिउदोमा सिन्दुर, सुनको सिक्रि र पोतेको झुप्पा गलामा झुण्डिएको, हातभरि सुनकै चुरा अनि चाँदिको पाउजु। शायद सधैं जिन्स र टि-सर्ट लगाउने प्रिया नै मेरो मन र आँखामा बसेर होला। बाल्यकालमा त झन् “दादाको जस्तै पाइन्ट” भन्दै जामा लाउदै नलाउने प्रियाको हठ देखेर मेरो ममि पनि छक्क पर्नु हुन्थ्यो।
“अनि बबाल रहेछ नि मैंया घर त, तँपनि धेरै परिवर्तन भइछस्” मैले यता उता हेर्दै अलिअलि जिस्काउने सुरले भनें! उ मुसुक्क मुसकुराइ, उहि पुरानो मुस्कुराहट, मलाइ पुराना दिनहरु याद आए। हामि ३ कछ्यादेखि १० कछ्यासम्म सँगै पढेका, सानैदेखि हरेक कार्यक्रममा भाग लिने र कुनैदिन पुरस्कार नलिइ खालिहात घर फर्किनै नपर्ने प्रिया साच्चिकै होनहार थिई। बिध्यालयको बार्शिकोत्शबको दिन मै छोरी सुन्दरीमा छमछम नाचेर होस् या शरश्वती पुजाको दिन गरिएको कार्यक्रमको दिन कबिता बाचन गरेर जहिले पनि सबैको मनमा बस्न सफल उ कछ्यामा सधैं दोस्रो स्थान राख्न सफल थिइ। “मलाइ किन कैल्यै फस्ट हुन दिन्नस ए सेरा, सधैं तलाइ नै फस्ट हुनुपर्ने” कैलेकाहि उ रिसाएको ढोंग गर्थी��%Aबेलࠥ�थें, अँ अनि अब तँ कछ्यामा फस्ट पनि हुनुपर्ने? तँ अरु कुरामा जहिले पनि म भन्दा अगाडि छदैछस् नि, मेरो फस्ट पनि लगीस् भनेँ त मसँग के नै बाकि रहन्छ र, म जोगि”!! हा हा हा हा हा! अनि हामि दुबै बेस्सरि हास्थ्यौं। एस एल सि पा��9F हेर�0��छि मैले बिग्यानलाइ छानें, उसले मानबिय शास्त्र। हाम्रो कलेज फरक फरक भएपनि हाम्रो मित्रता कायम थियो। हाम्रो उमेरसँगै हाम्रा कुराहरु पनि परिबर्तन हुँदै गएका थिए। एक अर्काका कलेजका रमाइला कुराहरु, प्रेमका कुराहरुदेखि लिएर देशको बिग्रदै गएको राजनितिक अबस्था, युबापुस्ताको बिदेश पलायन सबै हाम्रा कुराका बिषय हुन्थें। “हेर्न जनकपुरमा फेरि बोक्सिको आरोपमा एकजना महिलालाइ कुटपिट गरेछन्! किन हाम्रो देशमा अझैं यतिसार्हो अन्धबिश्वाश?! किन यस्तो आमाजस्तो मान्छेलाइ यति दुरब्ययबहार? अन्धबिश्बास गरिबि र अत्याचारले रुमल्लिएको यो देशमा केहि गर्नैपर्छ सेरा! यि निरिहहरुलाइ के टुलुटुलु हेर्दै बस्ने सबैजना?” उसको जबान रगत तातेको म प्रष्टै थाहा पाउथे। उ आन्दोलित हुँदा उसका आँखापनि राता राता देखिन्थे। “हाम्रो समाज कस्तो छ है सेरा पुरुषहरुले शाशन गरेको, धर्मका कुरा पनि कस्ता हुन्? मर्यादित भगवान् पुरुषोत्तम राम रे, जो आफ्नो स्वास्नीलाइ अग्निपरीक्षापश्चात पनि परित्याग गर्छन। बिना अर्थका अग्निपरिक्षाले भरिएको मेरो देशको ईतिहास मलाई जलाउन मन लाग्छ सेरा। नारीका आँशु र बेदनाका बोझहरुले थिचिएको छ यो इतिहाश”। उ मसँग एकदिन यि सबै हटाउने, यो समाजलाइ सचेत बनाउने, नारि जातजाति या कुनैपनि भेदभाबको बिरुद्धमा ओर्लने प्रतिग्या गर्थी। म उसलाइ हेर्दै भन्थें “तँ र म सधैं साथ हुनेछौं प्रिया”।
तर समयको खेलसँग बिबश म एकदिन सबैकुरा छोडेर बिदेशिन पुगें अनि म बिदेसिएपछि अर्को पनि अचम्म भयो, मेरी यो दुनियाकी सबैभन्दा मिल्ने साथिसँग पनि सम्पर्क हुनछाड्यो। फोन गर्दा कैल्यै नलाग्ने, फेसबुकमा कैल्यै अपडेट नहुने, न इमेल न कुनै केहि खबर। एकदिन सुरजले भन्यो, “प्रियाले बिहे गरिछ, उसको मामु यो संसारबाट बिदा हुनुभएछ, कसैसँग राम्रोसँग बोल्दिन रे आजकाल, राजुले नेपाल बन्दको दिन रत्नपार्कमा भेटेको रे, फोन नंबर माग्न पनि अप्ठ्यारो लागयो रे”। राजु र सुरज दुबै हाम्रा साथिहरु। म यत् छक्क परें, अनि आन्टीको मृत्युको खबरले शोकाकुल मेरो सातो गएझैं भयो तर अँह मैले प्रियासँग सम्पर्क गर्न सकिन।
म घर हेर्दै सबैकुरा सम्झदै टोलाएछु। प्रियाले “सेरा चिया” भन्दा पो झस्किँए। केहिछिन शुन्यताको बिचमा चियाको चुस्किको आवाज मात्र सुनियो। चिया पिइरहेको हो कि, बस् दुबैजना बोल्न नसकेर चियालाइ ब्यस्तताको बहाना बनाएको हो? म आफैं बिचारहरुको ज्वारभाटामा छटपटाइइरहेको थिए। मेरो मन अब थामिन छाड्यो मैले राम्रैसँग कुरा गर्न थाले। प्रिया तेरो ममिको कुरा सुनेर दु:ख लाग्यो। मलाइ थाहा छ, अब त तिन सकिएर चार बर्ष लागीसक्यो आन्टि स्वर्गे हुनुभएको। मैले तलाइ सम्पर्क गर्न कोशिश गरें तर सकिन। तँ किन यसरी हराइस् प्रिया? अनि तेरो यति छिटै बिबाह बन्धनमा बाँधिने सोच पनि थियो जस्तो लाग्दैन! हुन त मेरो पनि अस्ट्रेलिया जाने सोच थिएन। तँ म सबैलाइ थाहा भएकै कुरा हो।“ मैले कुरालाइ सकेसम्म सहज बनाउन कोशिश गरें। प्रियाले भन्नथाली। ममि बित्नुभएपछि म सार्है एक्ली भएँ, म थाहै पाउन छाडे, के गरुम्, के नगरुम्? बाबाले सानैमा छोडेर जानुभयो, अनि आएर ममी पनि। उसको गला अबरुद्ध भएर आए, आँखाको आँशुले मलाइ नमिठोगरी मुटुमा छोयो। मैले थामिने कोशिश गर्दै भनें मलाइ थाहा छ तलाइ सार्है बज्रपात पर्यो तर यस्तै हो प्रिया जिबनले नसोचेको मोड लिन्छ, संसारबाट बिदा हुनु त यहाँको रित नै हो, तर एउटा कुरा अब चैं मदेखी टाढा हुने कोशिश नगर। उसले फेरि भनी “ममी बित्नुभएको बेला र त्यसपछिका दिनहरुमा गिरिशले मलाइ हरदम साथ दियो, माया गर्यो। अनि एकदिन गिरिशले मेरो सामु आएर बिबाहको प्रस्ताब राखिदियो “प्रिया म तिमिसँग बिहे गर्न चाहान्छु, तिमिलाइ सधैकोलागी आफ्नो बनाउन चाहान्छु”, त्यस्तो दु:ख परेको बेला साथ दिने, आफुलाइ माया गर्ने बचेको एउटै त थियो। यसरि मैले बिहे गरे सेरा।
केहिबेरका दु:ख सुखका कुराकानी पछि मैले उसको लेखनको कुरा नगरी रहन सकिन। अनि तेरो कबिता कथाहरु कहाँसम्म पुगे? पैला त कान्तिपुरका सम्पादक नै तेरो लेखनको फ्यान भएका थिए त है, उतिबेलै धेरै शुभचिन्तक भैसकेकाथिए नि तेरा। मैले पहिले पहिले उसका कबिता, कथा र लेखहरु छापिएको सम्झदै उत्सुकताका साथ सोधें उसले भनि “सेरा मैले लेख्न छाड्दिसकें। ह्वाट!! किन र? मलाइ फुर्सद कहाँ छ र सेरा, यत्रो घर सम्हाल्नु पर्छ। गिरिश यो घरको एक्लो छोरो, सबै कारोबार हेर्नुपर्छ। धेरैजसो बाहिरै हुन्छ। उसको पनि बाबा बित्नुभएको ६ बर्ष भैसक्यो, ममि डाइबिटिजको रोगी, कत्ति ख्याल गर्नुपर्छ। गिरिश फेरि एकदम चुजि छ, अलिकति नमिठो भयो भनें खान सक्दैन। यो कोठाहरु हेर्न, अस्ति भर्खर निलो रङ लगाएर कति खर्च गरेर क्लासिक इन्टेरियर डिजाइन बनाउन लगाएको, उसलाइ मनै परेन। फेरि चियरफुल डिजाइन बनाएको हेर् त, राम्रो छ है? उसले मेरो जबाफको पनि प्रतिछ्या गर्दिन, बस् भन्दै जान्छे। कति कुरा त मैले सुन्दै सुनिन। मैले खासमा त्यहाँका चार भित्ताहरुमा, रङ-रङमा, सजावटका सामान सबैमा त्यो पुरानी मेरी साथि प्रिया भेट्न छाडिसकेकी थिए। म एकोहोरो भैसकेकी थिए। अघिसम्म राम्रो लागिरहेको कोठा मलाइ फुङ्ग उडेको चारदिवाल मात्र लाग्नथालेको थियो। उ फेरि भन्दै गई, काम गर्ने केटि राखेको, गिरिशलाइ चित्तै बुझेन। त्यहि भएर सरसफाइ गर्न, किनमेल गर्न, यसो उसो गर्न मात्र सघाउँछे उ। हेर न यी मेरो नेल पोलिश पनि बिग्रन लागिसकेछ, ‘निरा ए निरा’ उसले उसकै भाषामा सघाँउने केटिलाइ बोलाउँछे। दश-बारह बर्षकी फुच्ची देखापर्छे। मलाइ नमस्ते गर्छे, म मुस्कुराउने कोशिश गर्दै नमस्ते फर्काउछु। “त्यो नेल पोलिश रिमुभर र निलो कलरको नेल पोलिश ले त, म निलो साडि लगाउछु आज साँझमा, निलो सेन्डल चैं माथि छ ल्याइदिरख है।“
म उसको लिपस्टिक कलरलाइ एकछिन आफैं बिर्सेर ति क्रान्तिकारि ओठ सम्झन्छु।, ति समाज, देश र परिवर्तनका कुराहरु लेख्ने हात सम्झन्छु, उसको लेखाइमा मन मुटु छुने, परिवर्तन ल्याउने छ्यमता थियो। सबैलाइ कर्तब्य बोध गराउने छ्यमता थियो। मान्नुस या नमान्नुस आखिर साहित्यले मानिशको भित्र गुम्सिएको शक्तिलाइ देखाउँछ, चेतना जगाउँछ, अन्तरआत्माको भाब देखाउन मद्दत गर्छ अनि जोश र जागर भर्छ। मैले फेरि लेखनको कुरा झिक्ने कोशिश गर्छु, अठोटका साथ। प्रिया सबै बुझें मैले, तँ ब्यस्त छस् आजकाल तर लेख्न त नछोड न प्रिया, तेरो लेखाइमा एकदमै शक्ति छ, सम्झि त, तँ भन्ने गर्थिस् “लेखाइ छैन त म केहि हैन, मात्र एक हाड र छालाको जन्तु। मैले उसका शब्दहरु दोहोर्याए। “तेरा ति क्रान्तिकारी लेखहरु पढेर मान्छेमा कसरि साहश भरिन्थ्यो, याद छ तँलाइ?” उसले लामो श्वास लिदै भनी “सेरा गिरिशलाइ मैले लेखेको पटक्कै मन पर्दैन, मैले अस्तिनी लेख्न खोजेकी थिएँ तर गिरिशले, नलेख न, यस्तो घोरिएर बसेको मलाइ मन पर्दैन, किन लेख्नु पर्यो?” भनेर भन्यो। मेरा पुराना कबिताहरु, लेखहरु छापिएका पत्रिकाहरु उ त्यहाँ राखेकि थिएँ, फोहोर हुन्छ यहाँ, फालिदेउ इ के काम भन्यो अनि मैले फालिदिए। हेर न ति सबै लिपस्टिकहरु उसले किनेर ल्याइदिएको, मलाइ लिपस्टिक लगाएको अत्ति नै सुहाँउछ रे, उसलाइ फेरि एउटै रङ लगातार लगायो भनें पनि मन पर्दैन। मैले निरालाइ अत्ति नै जिद्धि गरेर स्कुल पठाएकी, यहि कुरालाइ लिएर गिरिशले घरि-घरि मलाइ घोचपेच गरिरहन्छ, म सबै सहन्छु, त्यो अबोध केटीलाइ काम मात्र लगाएर त म कसरी बसुँ ?
मलाइ अब अत्मैति नै उकुसमुकुस हुन थालिसक्यो, अब आफ्नो भाबलाइ लुकाउन सक्दिन। मेरो एकमात्र मिल्ने साथि हो प्रिया। अँह, प्रिया यसरी हराउन सक्दिन, हुन्न उसले हराउनु हुन्न, बिलाउनु हुन्न। मैले फेरि कलेजका दिन सम्झें, जहाँ सुरजले प्रियालाइ सधैं कबिता र लेखहरु मिलाउन साथ दिन्थ्यो। प्रियाले लेख्दैजाँदा सधैं ह्रश्व, दिर्घ भुल्थी, अनि सुरजले तैले नै लेखेकी हो प्रिया यो? तलाइ यत्ति ह्रश्व, दिर्घ ख्याल हुन्न केगरी लेख्छेस् भनेर कराउदै सच्याइदिन्थ्यो। पत्र पत्रिकामा पठाउनु अघि त सबै हेर्ने, मिलाउने अनि प्रियालाइ कराउने सुरजको ठेक्का जस्तै थियो। म बोलें “प्रिया गिरिशलाइ यो मन पर्छ, गिरिशलाइ त्यो मन पर्छ? अनि तलाइ के मन पर्छ प्रिया? तँ सुरुमा प्रिया होस्, त्यसपछि कसैको छोरी, कसैको श्रिमती। हरे तँ के भएकी? तेरो अस्तित्व खै प्रिया? ती कबिताहरु, लेखहरु, कथाहरु, त्यो तँ होस्। तैले आफुलाइ मेटाएर को बन्दैछस? थाहा छ समयसँगै परिवर्तन हुनुपर्छ तर यहाँ त तँ परिवर्तन हैन, पुरै मेटिदैछस्। यस्तो नगर् मेरी साथि, गिरिशसँग पनि कुरा गर्। माया दियो भन्दैमा तँबाट तँ नै खोसेर फाल्नु त पर्दैन उसले। तँ जस्तो कसैको भरमा बाँच्ने परिजिबि हैन म भन्ने मान्छे, यसरी नबिला प्लिज। म तलाइ हरेक कुरामा साथ दिनेछु तर मेरी साथि प्रिया नै मलाइ चाहिन्छ, मलाइ मात्र हैन प्रिया यो देशलाइ चाहिन्छ। बिर्सिस् तैले म केहि गरेरै छोड्छु भन्दै कति जुरमुरिन्थिस् तँ? हाम्रो अस्ट्रेलियाको नेपाली समुदायले नेपालीहरुलाइ समेट्न पत्रिका प्रकाशित गर्ने गरेको छ, म त्यसको सम्पादिका हुँ, हामिले त्यो पत्रिकाबाट हुने आम्दानिबाट यहाँका सडक बालबालिकालाइ मद्धत गर्ने योजना बनाएका छौं। बुझिस्, तँ पनि त्यसमा सामेल हुनुपर्छ, हाम्रो पत्रिकाको लागि पनि तँ लेख्, तेरो सबैलाइ खाँचो छ प्रिया, आजैदेखि लेख्न सुरु गर्नुपर्छ तैले। मेरो कुरा कस्तो लाग्यो ?” उसका आँखामा छचल्किएका आँशु देखेर म चुप लागें।
बुवा एकदिन सार्है निराश भएर घर आइपुग्नुहुन्छ। एक्लै के के बरबाराइरहेको पनि सुन्छु। म एकदमै डराउँछु। मन शंकैशंकाले भरिन्छ। बुवा सधैं हाँस्दै परैदेखि “नमस्ते बा, आरामै? ओ ढुङ्गाना जी, के गर्दै हो बारीमा?” भन्दै हरर-फरर गर्दै आउनुहुन्थ्यो। उहाँ आउदा हर्ष र उल्लाशले घरमा चाडबाड आएजस्तो लाग्थ्यो। हामि सबैजना खाजा ल्याएर सोफामा बसेर खबरखाबर सुन्न, सुनाउन तयार भैहाल्थ्यौ। आज त बुवालाइ देखेर ममीपनि तर्सिनुभयो। ममी र बुवा कोठाभित्र खस्याक खुसुक गरेको सुन्छु। “छोरी यहाँ आउत”, ममीले बोलाउनुहुन्छ, ला! मैले अब के सुन्नुपर्ने हो?! म आँखाभरि त्रास लिएर तर परिस्थितिलाइ बुझ्ने कौतुहलकासाथ भित्र पस्छु। बुवाले बोल्नुहुन्छ: “छोरी तिमी भोलि काठमाण्डु जाउ अनि राम्रो कन्सलटेन्सिबाट अस्ट्रेलियाको लागि अप्लाइ गर है”।
म छक्क पर्छु। आफ्नै साथिहरु जो मलाइ साथ दिन र केहि गर्न हौसिएका छन्, उनिहरुलाइ लिएर भर्खरै गाउमा चेतना जगाउन एउटा समुह गठन गरेकी छु। सिमा त झन् डराएर नाइ म जान्न पो भन्दैथिइ! मैले नै नानाभाति भनेर, अन्धबिश्वास र कुरीतिलाइ निर्मुल पार्न हामि जानुपर्छ, पहल गर्नुपर्छ, मान्छेहरुसँग यसरी डिल गर्नुपर्छ भन्दै सिकाउदै, अहिले त उ नै अगाडि लाग्ने बनाएकी छु। बोक्सिको आरोपमा एक महिलालाइ कुटपिट गरेको देख्दा, कालिकोटमा डाक्टरलाइ छेउमा आउनै नदिइ धामिलाइ ढ्याङ्ग्रो ठोकेको ठोकै गर्दा सबैको सामुन्ने हैजा लागेको सानो बालकको प्राण गएको देख्दा मेरो मन सार्है नि पिडामा बाँचिरहेको थियो। यस्ता जंगली सोच हाम्रो समाजबाट निर्मुल पार्न, निर्दोशहरुमाथि दुर्ब्यबहार हुनबाट बचाँउन हाम्रो टोलिले गाउँ-गाउँमा जाने योजना बनाएको छ। बुवाले नै भन्नुहुन्थ्यो नि सधैं “छोरी हेर नेपाली युबापुस्ताहरु बिदेशीदैछन्। यहाँपनि केहि गर्न सकिन्छ नि आट गरे मन गरे त। हाम्रो देशमा धेरै काम गर्नुछ छोरी, तिमिहरुजस्ता युबाहरुको खाँचो छ। तिमि चैं केहि गर्छौ भन्ने मलाइ बिश्वास छ”। मलाइ थाहा छ बुबाले छोरीले केहि गरोस् भन्ने इच्छा यसैगरि ब्यक्त गर्नुहुन्छ, मेरो छोरीले यो गर्छे मलाइ बिश्वास छ, मलाइ थाहा छ भन्दै। सानोमा ममीले खाना खुवाउन धेरै कोशिश गरिरहेकोबेला बुबाले आएर उ खाइ छोरीले खाइ भनेपछि क्वाप्प खाने छोरि न परें। तर बास्तवमा यो देशमा मेरो र म जस्ता युबा जोशको खाँचो छ र केहि गर्नुपर्छ, यो मेरो आफ्नो मान्यता पनि हो।
तर आज बुबाको कुराले म स्तब्ध भएकी छु, के गर्ने म? किन त्यसो भन्नुभएको होला? के भयो होला? म मेरै कोठामा आएर बस्छु किनकि म सोध्नै सक्दिन के भयो भनेर। बुबाको आँखामा हेरें, आँशु टिलपिल भएको थियो अनि हेर्नै नसकेर हिडें कोठातिर। आफना छोराछोरी कसैले अमेरिका, कसैले अस्ट्रेलिया पठाउने क्रम आजकाल धेरै नै बढेको छ, त्यति मात्रै कारण हुनु नि। हरे प्रभु!! म सोधुम् गएर बुबालाइ? फेरि झर्किनुभयोभनें, कैलेकाहि त मेरो बुबालाइ असाध्यै झर्को लाग्छ। आज त्यस्तै दिन पो हो कि! म बुबासँग त्यति नजिक नभएको त हैन तर डरैले सोध्दिन र नानाथरि कुरा खेलाउदै बस्छु। साच्चि मलाइ अस्ट्रेलिया पठाउनुहुन्छ त? फेरि भोलि नै काठमाण्डु जा पो भन्नुभयो त! अचम्मै छ, के भयो खासमा? म फेरि बुबाको कोठामा फर्किन्छु, “बुबा के भयो”? मेरो श्वर सुन्नै गार्हो हुनेगरी झिनो भैसकेको हुन्छ जब छेउमै बस्नुभएको ममीको आँशु देख्छु।
दुबैजना केहि बोल्नुहुन्न। त्यहिबेला दुबैजना समाचार सुनेको थाहा पाउछु। म पनि सुन्छु- खार्पाको सगरमाथा बोडिङ स्कुलमा बम पड्कदा १२ बिध्यार्थि,२ शिछ्यक र २ शिछ्यिकाको म्रीत्यु भएको छ। १५ बिध्यार्थि घाइते अबस्थामा भर्खरै अस्पताल पुर्याइएको छ। सञ्चालक भनें कपि किताबहरु लिन सदरमुकाम गएकाहुँदा शकुशल रहेको खबर मिलेको छ।
खार्पाका केटाकेटीहरु बोडिङ स्कुल पढ्न कोहि सदरमुकाम दिक्तेलमा बस्थे भनें कोहि ३ घन्टाको बाटो हिडेर भञ्ज्याङको बोडिङमा जान्थे। यसरी धाउनु नपरोस भनेर बुबाले ४ बर्ष अघि खार्पामै सगरमाथा बोडिङ स्कुलको स्थापना गरेर शिछ्यक शिछ्यिका, थोरै भएनि सकेको सुबिधा र चाहिने सामानहरु निर्यात गर्दै सञ्चालन गर्दै आउनुभएको थियो। म थरथर काप्नथाल्छु तर केहि बोल्न नि सक्दिन र बुबा ममिका आशु बगिरहेका आँखा पनि हेर्न सक्दिन। म कोठामा आएर थचक्क बस्छु। फेरि बुबाको शोक पिडा र रिसले भरिएका शब्दहरु सुन्छु ”के दोश ति निर्दोश बालबाच्चाको, पलाउन नपाइ झर्नुपर्ने! के दोश ति पढाउनेको, कसको के दोश यहाँ ज्यानै टुक्रा-टुक्रा पार्नुपर्ने? मेरो? तेरो? हुदैन केहि हुदैन यहाँ अब। जान्छे त्यो जान्छे, तँ नरोक। एक्कासि मेरो भक्कानो फुट्छ। सम्हालिन कोशिश गर्दै रयाक माथिको ठुलो झोला झिक्छु, टकटक्याउछु र आफ्ना सामानहरु हाल्न थाल्छु। यसरी मेरो भोलिपल्टै काठमाण्डु अनि त्यसको ६ महिनापछि अस्ट्रेलियाको बाटो तात्छ।
आज म यो अस्ट्रेलिया आएको १ बर्ष भैसक्यो। इच्छै थिएन यहाँ आउने न त मेरो योजनामा नै थियो। ममीको ति भक्कानिएका छ्यणहरुले मेरो आँखामा बरर आँशु ल्याउछन। काम गर्दागर्दै एकोहोरिन्छु र राति सुत्दा पनि अनेक अनेक डरलाग्दा सपनाहरु देख्छु त्यसर्थ सबैकुराहरु नसम्झन हरपल कोशिश गर्छु। के गरुम के नगरुम राम्रोसँग छुट्याउनै सक्दिन र घर पनि म कमै फोन गर्न खोज्छु। ममी अझै बोल्नै सक्नुहुन्न, त्यहि भएर पनि अहँ पटक्कै फोन गर्न मन लाग्दैन। म अस्ट्रेलिया आउनुभन्दा ५ दिन अगाडि बुबाले मेरो हात हेर्दै छोरी तेरा हात कति साना छन् है भन्नुभयो र एकछिनमा प्यासेजमा गएर थचक्क बस्दै बर बर आँशु झार्नुभयो। अहिले त नेपालमा शन्ति बार्ता पनि भैसक्यो। बिगतमा जे जे गरे नि नेताहरुले अब चाहि केहि राम्रो गर्छन् कि। काटमार लुछाचुडि र त्रासको बाताबरण हटेर मेलमिलाप र शन्तिले जनतालाइ खुसि बनाउछ होला। म बेलाबेलामा नेपालको अनलाइन खबरहरु हेर्छु। काम, कलेज र यो एकनाशको जिबन। साच्चि भन्दा मेरा यहाँ साथिहरुपनि खासै कोहि छैनन्। आएदेखी नेपालका साथिहरु, हाम्रो सस्थाका साथिहरु कसैलाइ मैले सम्पर्क गरेकीछैन। किन किन मलाइ नै थाहा छैन। आज गरौं कि झै लागिरहेको छ। अस्ति रमालाइ अनलाइन भेट्दा पनि बोलिन, किन नबोलेको होला म!! बोलेर पनि म के भन्ने!! शुरुमै “कैले आउने” भनेर सोधिदिन्छे त्यसले झन। खार्पामा आजकाल के भइरहेको छ सोध्न मन लागेको थियो। बुबाले कुरा गर्नै मान्नु हुन्न। घर जग्गा पनि थियो, बेच्न भनिदिनुभएको थियो रे खगेन्द्र काकालाइ आफु हिड्दा। भाइले बुबा ममी कुरा गरेको सुनेको रहेछ, मलाइ सुटुक्क सुनाएको थियो। मेरो भाइले पनि यो बर्ष त पाँच कछ्या पास गरिसक्यो। फस्ट भएँ दिदि भन्थ्यो, केहि पठाइदिनुपर्ला। अहिले काम राम्रै छ, यहिबेला पठाइदिइहाल्छु। यहाँको कामको त केहि भरै हुन्न रहेछ न त मौसमको नै। त्यसैले त अस्ति काममा लेजाले भन्दैथिइ “नेभर बिलिभ इन २ डब्लुज- वान वर्क एण्ड एनदर वेदर”।
“विस यु वेर हियर”, आफ्नै मोबाइलको रिङ टोनले म झ्ल्यास्स हुन्छु। लौ नेपालको नम्बर पो छ त। धेरै दिन भएको थियो फोन नगरेको। हेलो भन्छु बुबाको आवाज सुन्छु “छोरी सञ्चै छस्? अँ यहाँ त के हुनु र छोरी! पहाडिया मासिन्छ, आलो रगत चाटिन्छ भन्दै नारा जुलुश निक्लन थालेका छन् हाम्रो टोलमा। मधेशिको रे यो ठाउ।..अँ खगेन्द्रले मन त लागेको थिएन तर बेचिदिए भन्दैथियो”। ब्यथा मिस्रित श्र्वरमा फेरि दोहोर्याउनुभयो,. “खगेन्द्रले मन त लागेको थिएन तर बेचिदिए भन्दैथियो” । शायद वहाले नि थाहा पाउनु भएन होला कि दुइचोटि भनिरहनुभएको छ।
रिना जब सानी थिइ, आमा धेरै कडा लाग्थ्यो। आमाले भनेका हरेक कुरा कि त मान्नैपर्थ्यो कि त पिटाइ खानुपर्थ्यो। पिट्न नि एकचोटि हैन डाम नबसुन्जेल पिट्थिन। आमाका हात पनि कति सारा हुन्! किन यति धेरै छुच्ची होला मेरी आमा?! एकचोटि त रिना घर छोडेर हिडेकीथिई तर जाने ठाउ कहि नभेटाएपछि दिनभरि बरको फेदमा बसेर साँझमा लुरुलुरु त्यै घर फर्केकि थिइ। उसलाइ बुवाले भनें कैल्यै कराउदैनथिए, बरु आमाले पिट्दा रोक्न खोज्दथे तर आमाले बुवालाइ नै अनेक थरी गालि गर्थिन र कैलेकहिं त सिर्कनाले बुवाको हातमा पनि बजाउथिन्। बुवा र आमाको युध्द चल्दा उसलाइ आफुलाइ पिट्दा भन्दा ज्यादा दुख्थ्यो। आमाले गाँउ नै थर्कनेगरी कराउदा उसको मस्तिष्क नै फुट्ला जस्तो हुन्थ्यो र चिच्याइ चिच्याइ भागौं जस्तो लाग्थ्यो। किन त्यस्तो हुन्थ्यो उ छुट्याउन सक्दिन। बुवाको मायाले या डराएर या छिमेकि केटाकेटीले यसको बाबु आमा झगडे-झगडे भन्दै जिस्क्याउछन् भनेर। बुवा दिउसोभरी काम गरेर आउथे। रिना जब बुवाको नजिक जाँन्थी, उनि ठुस्स गन्हाउथे। यस्तो गन्ध त रिनालाइ मन पर्दैनथ्यो तर पिटिरहने, कराइरहने र बुबासँग झगडा गर्ने आमाभन्दा बुवा नै प्यारो लाग्थ्यो।
उसले एकदिन त्यो गन्ध रक्सिको हो भनेर थाहा पाइ र रक्सि खानु नराम्रो हो भनेर गुरुले भनेको पनि सम्झी। त्यसोभए बुवा किन रक्सि खान्छन् त? उ आफैं सोच्नेगर्थी। के बुवा खराब मान्छे हो त? हैन, हुन सक्दैन। कैल्यै कराउदैनन्, पिट्दैनन्। मेरो स्कुलको फि पनि बुवाले त दिन्छन् नि। उ सोचिरहन्थी तर बुवालाइ सोध्ने आँट भने कैल्यै गर्दिनथिई। एकदिन उसकी बालसखा मिनालाइ सोधेकीथिई “मिना तलाइ थाहा छ रक्सि खाको मान्छे गन्हाउछ नि अनि यो खानु हुदैन रे नि, खानु नहुने कस्ले किन बनाएको होला है? अनि मान्छेले किन रक्सि खान्छ होला है”। मिनाले “तेरो बाबाको कुरा गरेकी हैन तैले? मलाइ थाहा छ” भन्दा रिना झस्की। त्रास भरिएका निला आँखा उठाएर मिनालाइ हेरी। “तैले कसरी थाहा पाइस् मिना? अनि तैले त थाहा पाउनेहरुले जसरि मलाइ गिल्ला गर्दिनस् त”! मिनाले भन्थी “तेरो बाबाले मलाइ पनि कत्ति माया गर्नुहुन्छ, चक्लेट दिनुहुन्छ। म वहाँको छेउमा जाँदा थाहा पाएकी नि। अनि नि रक्सि धेरै पिर परेर खान्छन रे मान्छेले”। साँझ घर फर्किदा रिनाको कलिलो मस्तिष्कले सोचिरह्यो बुवालाइ के पिर पर्छ होला सधैं? आमाले कराउछिन् भनेर? पिट्छिन भनेर? हैन होला त्यति त। मलाइ त पिर पर्दैन, दुख्छ मात्र।
जब उ ठुली हुदै गइ यी कुराहरुमा अभ्यस्त हुदैगइ। आमाले उसलाइ अलि कम कराउथिन् तर स्यानो कुरामा पनि एकोहोरो फत्फताउन छोड्दिनथिइन्। कसैकसैलाइ आमाचक्रि गालि गरेर सराप्थिन्। उसलाइ कराउदा उ सुनिदिएझैं गर्थी, अर्हाएको मानिदिन्थी। आफ्नो कामहरु आफैं गर्थी, साना केटाकेटीलाइ जम्मा गरेर ट्युसन पढाउथी। तिनिहरुका अभिबाबकले पैसा पनि दिन्थे, त्यै भएर उसले आफुलाइ सामानहरु किन्न बुवाआमासँग त्यति भन्नुपर्दैनथ्यो। रिनालाइ केटाकेटीहरुसँग बस्न, उनिहरुलाइ सिकाउन रमाइलो लाग्थ्यो। उनिहरुका आमा बुवाले “रिनाले सार्है मन लगाएर पढाउछे केटाकेटीलाइ” भन्दा उ दङ्ग पर्थी। तर बुवा आमाको झगडा भनें भइरहन्थ्यो। बुवा साँझमा गन्हाउदै आउथे, आमा सधैंजसो झगडा गर्थिन्। बुवा सधैं स्यानो श्वरमा बोल्थे, आमा सधैं ठुलो। उ कैले कोठामा पढेर बस्थी भनें कैले नजिकैको पोखरीमा घन्टौं टोलाउदै बस्थी। एकदिन रिनाले बुवा र आमाको झगडापछि बुवा चिसो भुइमा सुतेको देखेर माया लागेर सुँकसुँक रुदै आफ्नो कोठामा आएर ढोका लगाउदा ड्याम्म भएको थियो। त्यै बेला आमा आएर उसलाइ एक झापड हानेर गइन्। उ चुप लागी, आफुले पिटाइ खाएको भन्दा बुवाकै मायाले सताइरह्यो तर क्यै बोलिन। उसलाइ के हो के बोल्ने हो क्यै थाहै नभएजस्तो लाग्थ्यो, यस्तै त हो नि सधैं। कैलेकहि बुबा र आमा झगडा गर्दैनथे तर मिलेर सँगै हिडेको, हाँसेको, दुइजना सगैं रमाएर बोलेको चैं रिनाले आजसम्म कैल्यै देखेकी छैन।
अब त उसले यस एल सि पास गरिसकी, त्यो पनि फस्ट डिभिजनमा। उसकी आमाले पनि मुसुक्क हाँस्दै खाजा दिइन । बुवाले त मिठाइ ल्याएर बाँडे। अरु बरालिने केटाकेटीजस्तो पनि छैन नी त रिना। उ त राम्रोसँग पढ्छे, ट्युशन पढाउछे। यस एल सि पास भएपछि अब यो गर्छु, त्यो गर्छु भन्दै उ सोच्नेगर्छे। अर्को कुरा आजकल उसको आमा अलि कम झगडा गर्छिन्। हिजो पनि झगडा गरिनन्, आज पनि गरिनन्। उसलाइ सार्है अचम्म लाग्छ। यसो ख्याल गर्छे लौ एक हप्तै भैसक्यो झगडा भएको छैन। यति लामो समय घर शान्त भएको यो पहिलो पटक थियो। उ ट्युसन पढाइसकेर आफ्नो लागि एउटा डायरी किन्न चोकमा जान्छे। कहाँबाट डायरि लेख्ने सोच आएको छ उसलाइ आज!
पसलमा आइमाइहरु खस्याकखुसुक गर्दै उसलाइ हेरेर हाँस्छन। मुखमा केहि लागेको छ कि उसले पुछे झैं गर्छे। आफ्नो लुगा केहि भएको छ कि यताउता हेर्छे। अहँ केहि छ जस्तो लागेन उसलाइ आफुमा त! आ जेसुकै होस्, “आन्टी एउटा डायरि दिनुस् न”, पसले आन्टिले डायरि झिकेर दिन लागेकोबेलामा छेउमै बसेकी रमिला आन्टी बोल्छिन्; “आमा भनें छिमेकिसँग सल्किदै हिड्छे, छोरीलाइ डायरि चाइएछ फेरी”। “नकरान रमिला, ला नानी डायरि” पसले आन्टी बोल्दै डायरि तेर्सयाउछिन्। रमिला केहि बोल्दिन, उसको झट्टै बोलिहाल्ने बानि नै छैन। पैसा तिरेर घरतिर छिटो-छिटो हिड्छे तर सोच्दै। काम छैन मान्छेहरुको, अर्काका नानाथरि कुरा काट्छन्। ति सब पागल हुन्, त्यस्तासँग बोलिरहने अर्को पागल। त्यो रमिला आन्टीकि छोरी यस एल सि मा फेल भइछे, त्यै आरिस लाग्यो होलानि! यस्ता कुरालाइ बेवास्ता गर्ने रिनाको बानि थियो। पैलेपनि छिमेकि दिदि खस्दा रमिला आन्टीले दिदिकै बुढाले हत्या गरेको हो भनेर खस्याकखुसुक गर्दै कुरा काट्थिन। आखिरमा हृदयघात भएको रहेछ।
फतफते र कुटिरहने आमासँग हुर्किएकि रिनाले कुनै कुराको प्रतिकार गर्न जान्दिन तर उसलाइ आज चैं रमिला आन्टीदेखि एकदम रिस उठ्छ, कोठामा आएर एक्लै आफैं भुतभुताउछे। “काम नभएका कुरौटे आइमाइहरु”। रिना फेरि भान्सामा पस्छे, पानि पिउछे। चामल केलाइरहेकी आमाको अनुहार थाहा नपाइ पुलुक्क हेर्छे अनि फेरी आफ्नै कोठामा पस्छे। एफ एम खोल्छे अनि गीत सुनेर बस्छे। साँझमा बुवा आउछन्, घर शान्त नै रहन्छ। उसलाइ भित्रदेखि खुसि लागेर आउछ। उ रमिला आन्टीको कुरौटे अनुहारलाइ मनमनै सराप्दै सुत्छे।
भोलिपल्ट बिहान बुवा काम गर्न जान्छन्। उ मिनालाइ भेट्न जान्छे। मिना काठमान्डु जान लागेकि छे। मिना र उषा बाहेक उसको साथि नै को छ र! सबैभन्दा मिल्ने त मिना नै हो। त्यै पनि जाँदैछे। रिनाको मन भारि हुन्छ। “मिना मलाइ माया गर्ने, बुझ्ने तैं त थिइस्”। “म जहाँ गएनि तँसँग कैल्यै टाढा हुँदिन र सधैं साथ दिनेछु रिना”। निराश भएकी रिनालाइ मिनाले बचन दिन्छे। रिना घर फर्कन्छे, घरको ढोकाबाट भित्र पसेकि मात्र हुन्छे, उसका खुट्टाहरु टक्क रोकिन्छन, भाउन्ने छुटेर आउछ। उसकी आमा र भर्खरै बसाइ आएका छिमेकि केशबलाइ जुन रुपमा देख्छे, घृणाले टाउको घुम्छ र रिङगटा चल्छ। महिनौं नखाएको मानिश झैं धरमरिदै, लगलग खुट्टा कपाउदै बाहिर निस्कन्छे। उसलाइ आफु जमिनमै भासिदै जादैछु जस्तो लाग्छ। पर्तिरको शान्त पोखरिमा पुग्छे। जमिरहेकै छ यो पोखरी चुपचाप्। हाम फाल्दिउ जस्तो लाग्छ उसलाइ तर थुचुक्क भुइमा बस्छे। के गरौ कसो गरौ छटपट हुन्छ। पोखरीमा एउटा ढुङगा फालेर छत्ल्याङग पार्छे। पानी चल्मलाएझैं गर्छ अनि फेरि शान्त हुन्छ तर सधैं यै पोखरि जस्तो चुपचाप बस्ने रिनाको मन शान्त हुनसक्दैन। साँझ घर फर्कंदा केशब हिडिसकेछन्। रिस र अन्यौलले मुरमुरिएकी रिना आमालाई हेर्दै हेर्दिन। बुवा पनि आइसकेछन्। ब्यथित र मायालु आँखाले बुवालाइ पुलुक्क हेरेर कोठामा पस्छे।
भोलिपल्ट मिना त काठमाण्डु हिडिहाल्छे। रिना छटपटिएको मन लिएर उषाकोमा पुग्छे। आज धेरै दिनपछि भक्कानो फुटेर आउछ उसलाइ। उषाले धेरै कर गरेपछि रिनाले थाम्नै सक्दिन। एक कान दुइ कान गर्दै रिनाकी आमाको खबर गाउँभरि फैलिन्छ। अब त रिनाले सबैको मुखबाट त्यै कुरा सुन्छे। बुवा चुप लागेर केहि नभएझैं, नसुनेझैं गरि काम जाने आउने गरेको देखेर रिनालाइ बुवादेखि पनि एकदमै रिस उठ्छ। रिस र निराशामा चुर्लुम्मै डुबेकी रिनाले उहि आमाको आवाज सुन्छे ”रिना यहाँ आइज त”। रिना कोठा बाहिर निस्कनासाथ आमाले लुकाएर ल्याएको घरको बारको भाटोले हान्न थाल्छिन्। “तँ नै हैन दिनैपिच्छे उषाकोमा जादै मेरो ’boutमा बकबक गर्ने”, दुइ भाटो झ्याम झ्याम रिनाले थाहै नपाइ लागिसक्छन। रिनाको अब सारा रिस र नैराश्यता एकैचोटि निस्कन्छ, धैर्यताको बाँध टुट्छ र च्याप्प भाटो समात्न पुग्छे। खाउला जसरी आफुलाइ हेरेको र पहिलो पटकको छोरिको यस्तो हरकत देखेर आमा तिनछक्क पर्छिन्। रिना आक्रोशले भरिएका आँखाले यतिमात्र भन्नसक्छे “तिमिलाइ बुवाको अलिकति पनि ख्याल छैन?” आमालाइ पहिलो पटकको छोरीको प्रतिकार र बाउको कुरा सुनेर अस्हय भएजस्तो लाग्छ। चिच्याउन थाल्छिन् “ए तलाइ त्यसको पो माया लाग्यो, तेरो नामर्द बाउ सधैं रक्सि खाएर आउछन्, तैले देखेकीछस् नि हैन!? थोत्रो समाज, थोत्रा मान्छेहरु। अहिले यो कुनै लोग्ने मान्छेले गरेको भए केहि हुनेथिएन, कोहि बोल्ने थिएन। म आइमाइ भएँ, सबैलाइ पुग्यो। तँ पनि खुब बुझ्ने भएकीछस् नि, मेरा इच्छा हुदैनन्? मेरा चाहना हुदैनन? म चैं के निर्जिब ढुङ्गा हो? तेरो बाउ नपुंशक तेरो बाउ। त्यो तेरो बाउ हैन। तेरो साच्चिकैको बाउ त दुइ बर्ष अगाडि मरिसक्यो”।
रिनाले केहि सुन्दिन, एउटै कुरा कानमा ठोक्किरहन्छ “त्यो तेरो त्यो तेरो बाउ हैन। तेरो साच्चिकैको बाउ त दुइ बर्ष अगाडि मरिसक्यो।“ उसलाइ एकदमै बान्ता आउला जस्तो हुन्छ। कोठामा पसेर ह्वा ह्वा रुँदा थाकेर सयौं पटक थप्पड हानेझैं हुन्छे। सारा सन्सार निरर्थक, उजाड र स्वार्थि लाग्छ। घरका हरेक कुरा, आमा, बुवा? आज उसलाइ पहिलो पटक सबैकुरा, सबैजनादेखि रिस र घृणा जाग्छ। कैयौ पटक पिटाइ खाएको उसको जिउ आज आएर एकैचोटि दुख्छ।
भोलिपल्ट बिहानै रिना घरबाट गायब भइसकेकि हुन्छे। त्यहि रिना आज ४ बर्षपछि यु यसमा डिपार्टमेन्टल स्टोरमा काम गरिरहेकि छे र म उहि उसलाइ स्पोन्सर गरेर यहाँ ल्याउने बाल्यकाल देखिकि साथि मिना।
आज रिना हिड्ने दिन, मलाइ यसै नरमाइलो लागिरहेको छ। एक्लै हुन्छु म अब दुइ महिना। तर ठिकै छ केटि तिन बर्षपछि घर जाँदैछे, रमाइलो हुन्छ त्यसलाइ। बाबा ममि पनि कत्ति निस्ताइसक्नुभयो होला। तिन बर्षपछि छोरी घर आउदैछे, हर्ष र उल्लासले भरिने होला है घर त! म रिनालाइ जिस्क्याउछु; बिहे पनि गरेर आइज है, हि..हि। “नकरा तँ, गर्छु अहिल्यै बिहे! तैं गर् न”। उ सामानहरु मिलाउन थाल्छे। म मुसुक्क हाँस्छु अनि फेरी यो त अब जाँदैछे भन्ने सोच आएर टुलुटुलु हेरिरहन्छु । एकछिनपछि सामानहरु मिलाउन मद्धत गर्छु। २ बजेको फ्लाईट छ । अब एकैछिनमा रिना उड्छे, आफ्नो प्यारो मातृभुमीतिर, मुटुभरी माया लिएर।
रिनालाइ बिमानस्थल पुर्याएर म घर फर्कन्छु। सोफामा बस्छु, भगवानको थान देख्छु। यो घरमा पुजा पाठ गर्ने उ नै थिइ। अब आजदेखि धुप बल्दैन। मैले पुजा गर्दिन। खै किन गर्दिन, थाहा छैन। भगवान् छन् भन्ने एकदम कम बिश्वाश लाग्छ मलाइ। छन् भनेपनि फोटो र मुर्ति ठड्याउदै फुलिरहेको फुल चुडेर छर्नु पर्दैन, न त खाने कुराले बेमतलबकासाथ भर्नुपर्छ भन्ने सोच्छु म। अनि त्यो धुँवा आउने धुप पनि किन सल्काउनु पर्यो? बेकार हुन् यि सब् कुरा जस्तो लाग्छ। तर अरुले पुजाआजा गर्दा बिरोध भनें गर्दिन म। सबैको आ-आफ्नो आस्था , बिश्वास र मान्यता हो नी। ओहो! सफा पारेर गइछे रिनाले भगवानको थान! चढाएका नयाँ पुराना फुलपातीहरु हटाइछे, पानी फ्यालिछे र पुजाका भाँडाहरु छेउमा घोप्ट्याइछे। अबिरहरु पनि पुछपाछ पारीछे। म केहि गर्दिन भन्ने थाहा भएर होला नी। म हेरिरहन्छु , हेर्दा हेर्दै मलाइ पुजाको थान र भगवानहरु सार्है नाङ्गो र उजाड लाग्छ । आखिर म बिहानै उठेर पुजा-पाठ गर्ने घर, मन्दिरै मन्दिरको शहरमा जन्मेर हुर्केकी न परें। भगवानको मुर्ति र फोटो फुलपाति र धुपले सजिएकै हेर्ने बानि भएको रहेछ। घर पछाडि जान्छु, एउटा झ्याङमा पँहेलै हुनेगरी फुलहरु फुलेको देख्छु। प्राय कहिल्यै फुल नटिप्ने म, कुन सुरले आज केहि फुल टिपेर ल्याउँछु अनि भगवानमाथि थपक्क राखिदिन्छु। ल अब बल्ल उजाड देखिएन।
साँझ पर्यो। उफ्! कस्तो खल्लो साँझ! रिनु गएपछि त यो घर कति सुनसान हो! म के खाउ आज? स्याण्डविच बनाएर खानुपर्यो। स्याण्डविच बनाउँछु, हैन कति नमिठो हो? मिठै हुन्थ्यो त हिजो अस्ति त! निल्नै गार्हो हुन्छ। जबरजस्ति आधा निलेपछि आधा फालिदिन्छु। पानी पिउँछु अनि कोठामा पसेर बुद्धिसागरको ‘कर्णालि ब्लुज’ पल्टाएर बस्छु। आधा पढेपछि ढल्किन मन लाग्छ, ओछ्यानमा पल्टिन्छु। न्यानो भएछ भुसुक्कै निदाएछु। अइया! हात कस्तो दुखेछ, अप्ठेरोगरी निदाएछु। दुइ घन्टा निदाएछु नी।
ब्युझेपछि फेरी रिनुको याद आउँछ। यतिबेला त रिनु सिङ्गापुर पुगिसकिहोली। मोबाइलमा फोन लाग्छ कि कोशिश गर्नुपर्यो। लागेन, बिमानमै छे होली। अब त पुगिसक्नुपर्ने हो, एक घन्टापछि म फेरी फोन थिच्न थाल्छु। अझै लाग्दैन बा, स्विचअफ भयो कि! आ.. टिभि पो हेर्छु बरु। बैठक कोठामा पस्छु अनि रिमोट लिएर च्यानलहरु परिवर्तन गर्दै बस्छु। ए समाचार दिदैरहेछ, मन नलागि-नलागि सुन्ने निर्णय गर्छु। “सिङ्गापुरमा आज ४ बजे सिड्निबाट आइरहेको सिङ्गापुर एयरको यात्रुबाहक बिमान दुर्घटना भएको छ। बिमान पुरै ध्वस्त भएकोले कसैको जिबित उद्धार नहुने सम्बन्दित स्रोतले बताएको छ। मौसम……।“ म अरु केहि सुन्दिन। एक्कासि टाउकोमा हानेजस्तो हुन्छ। प्यारालाइसिस भएझैं ज्यानमा कता के हुन्छ पत्तो नै हुँदैन र मुटुको गति रोकिएजस्तो लाग्छ। बेहोस हुँदैछु कि!!? हातको रिमोट कतिबेला भुइमा खसिसक्छ। रिना!!!!!! एकछिनपछि गालाहरु चिसो भएजस्तो अनुभब हुनथाल्छ, आँशु झर्न थालेछ। चेत आएको हो भन्ने भान हुन्छ। अघि भर्खर मैले अङ्गालोभरी भरेर राम्रोसँग जा है भनेको, मुसुक्क मुस्कुराउँदा धपक्क बलेकीथिइ रिना। मलाइ रिनाको बाबा, ममिको अनुहार आँखा अगाडि आउछ। अस्ति कुरा गरेको स्काइपमा। छोरी आउने खबर सुनेर हर्ष र उल्लासले भरिएका ती आँखाहरु, ती आवाजहरु अनि ती पर्खाइहरु। रायोको साग, काक्रो र बोडि छोरीलाइ सार्है मन पर्छ भनेर रोपेर फलाएर राखिरख्नुभएको थियो। कतिदिनदेखि ननिदाइ छोरी आउने दिनको कल्पनामा रमाइरख्नुभएको होला। चौबन्दि चोली, कुर्ता सुरुवाल र लामो गाउन लगाउँछु भनेर नाप दिएर सिलाउन पनि लगाएकीथिइ ममिलाइ! अब के गर्ने?
आजभन्दा तिन बर्ष अगाडि सुरज( रिनाको दाइ)को पनि कामबाट सर्भेको सिलसिलामा सङ्खुवासभा जाँदा गाडि खै कुन्नि कस्ले थापेको एम्बुसमा परि मृत्यु भएको थियो। छोराको शोकमा परेर बाबा ममीले कत्ति दिनसम्म त एउटा बाक्य समेत निकाल्न सक्नुभएन। आँशु मात्र बरबर झार्नुहुन्थ्यो। नेपालदेखि यसै-यसै बिरक्तिनुभएको वाहाँहरुले यहि रिनालाइ हेरेर चित्त बुझाँउदै जा छोरी तँ अष्ट्रेलिया पढ्न, दिनैपिच्छे स्काइपमा कुरा गर्ने है भन्दिनुभयो। उ पनि बाबा ममि र आफ्नो देशलाइ छोड्ने चाहान नहुदा-नहुदै पनि केहि सपनाहरु साँच्दै अष्ट्रेलिया आइ। छोराछोरीलाइ हुर्कायो, बढायो, पढायो अनि लाउलाउ खाउखाउ भन्ने उमेरमा, बाबु आमा र आफ्नो सारा सपना र आशा बोकेको त्यो शरिर नै समाप्त? त्यत्रो उत्साह र उमङ्ग थियो। यो कस्तो बिडम्बना?! कति अन्याय जिबनमाथि? म थाहै नपाइ भगवानको थाननेर पुगेर बर्बराउन थाल्छु- तिमि नै हौ भन्छन् नि जन्म र मृत्यु तोक्ने त? किन त फेरी यस्तो? यति अकालमै किन खोस्छौ हँ जिबनहरु? अब ती बुढा भएका बाबु आमाले कस्को मुख हेरेर के आशा लिएर बाँच्ने? कतिसम्म पिडा दिन सक्छौ नि ती बुढा बाबु आमालाइ? बिमान दुर्घटना होस् कि एम्बुस पढ्कियोस्, तिमि आखिर केहि गर्न नसक्ने रहेछौ नि? त्यसोभए तिमि के हौ भगवान्? कस्तो हौ तिमि? रिनाले साँझ बिहान पुजेकीथिइ तिमिलाइ जस्तोसुकै आपतबाट पनि बचाउन पो सक्नुपर्थ्यो त तिमिले त! तिम्रो के काम? छौ भनें किन चमत्कार देखाउँदैनौ हँ? म ठुलो-ठुलो श्वरमा एक्लै कराइरहन्छु, आँशुका धारा बहाउदै तर भगवान भनाउँदा चुपचाप उहि रुप र उहि स्थानमा। मुर्ति त हौ तिमि, केबल मुर्ति! मानिषको कल्पनाले नै बनाएको हो तिमिलाइ। बेबकुफ मानिषहरु! रिसले म एक- एक तस्बिरहरु र मुर्तिहरु टिपेर प्लाष्टिकको झोलामा हालिदिन्छु। अझै चित्त बुझ्दैन। घर पछाडि जान्छु, खाल्डो खन्छु र पुरिदिन्छु।
-प्रभा
Sydney, Australia
2012-06-16
(स्रोत : रचनाकारको ब्लगबाट सभार)