~सिर्जना सिंखडा~
जिउन भन्दा नि पिउन मस्ति छ अचेल।
गल्लि भरि भुस्याहाको गस्ति छ अचेल ।।
राम्रो के नराम्रो के पत्तो छैन दुनियाँलाई ।
हुन्नहुन्न भन्दा नि जबरजस्ती छ अचेल।।
खै के गर्ने कहाँ जाने खोज्दै शुसासन।
जताततै कुशासनको बस्ति छ अचेल।।
जिउन भन्दा नि पिउन मस्ति छ अचेल।
गल्लि भरि भुस्याहाको गस्ति छ अचेल।।
सिर्जना सिंखडा
धावा-२ गोरखा