कविता : लक्ष्मी संस्मरण

~आनन्द पौड्याल~

जन्मेर हुक्र्यौ जाँगर गर्यौ दिन र रातमा ।
हृदय खोली शब्द र वाक्य कलम हातमा ।।
भाव नि असल आइ नै रह्यो चुरोट साथले ।
मुटु नै छुने सिर्जना दियौ दिमागी हातले ।।

लक्ष्मीले सधैँ मनको भाव लेखेर राखेका ।
रसिलो भाव ज्ञान र गुन हामीले चाखेका ।।
कहिल्यै तिमी कछोडेनौ जान ज्ञानको मठमा ।
तिमीले दियौ साहित्य रस लय चैँ ओठमा ।।

नेपाली भाषा उत्थान
निम्ति असल चितायौ ।
कथादि देखि कविता रची जीवन वितायौ ।।
लेखेका कुरा माया नै गरी राखेथ्यौ खापेर ।
पाठक सामू सिर्जनाहरु पठायौ छापेर ।।

मानिस पनि सिर्जना निम्ति अघि नै वढेका ।
रसिलो मानी तिम्रा ती कृति सवैले पढेका ।।
काब्य र महा काब्यले आज लठ्ठ नै वनाए ।
सम्झँना गरी दरिलो माया सवैले खनाए ।।

कविको भाव बुझेर मात्र समीक्षा भरियो ।
कवि हौ महा कृतिको फल प्रशंशा गरियो ।।
अमर वनी छोडेर गयौ भनेर बुझियोे ।
साहित्य निम्ति गुरु नै भनी हामीले पूजीयो ।।

मिति २०७६ साल कार्तिक ७ गते बिहीबार, नवजागृति टोल, काठमाडौँ ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.