~अज्ञात~
औपन्यासिक तत्त्वको आधारमा लङ्गडाको साथीको विश्लेषण
१. शीर्षक औचित्य :-
लेनसिंह बाङ्देलद्वारा स्वरचित उपन्यास लङ्गडाको साथीमा नायक स्वंय लङ्गडो छन् ! दार्जीलिंगका जनमानसलाई वर्गको रुपमा छुटायौ भने चार वर्गको भेद देखा पर्छ १.सक्षम वर्ग २.मध्यम वर्ग ३.निमन वर्ग ४.उपेक्षित वर्ग ! लङ्गडो उपेक्षित वर्गमा पर्छ जसको केही छैन ,परिवार हिन छ ,घृहहिन छ ,वन्धुहिन छ र अर्थिकहिन छ ! दार्जीलिंग समाजमा रहेर पनि लङ्गडो एकलो छ ! उपन्यासकारको दृष्टिमा वासत्वम् हाम्रो समाज पो लङ्गडो छ ! किनभने हाम्रो समाजमा बिभिन्न प्रकारको कुरीतिहरु छ साथै बिभिन्न प्रकारको विसंगति छ ! विसंगतिको कारणले गर्दा हाम्रो समाज लङ्गडो भएको छ ! एक -अर्कामा मानवतावद छैन ,लुटपिट ,झैझगड़ा ,घृणाको दृष्टि मात्र भएको कारण हाम्रो समाजनै लङ्गडो छ !
२.चरित्र :-
लैनसिंह बाङ्देलको उपन्यासमा मुख्य नायक लङ्गडो हो ! सहायक कुकुर छ गौण पात्रहरु यस प्रकार छन् , काले ,वालकवालिका ,लोग्ने -स्वास्नी ,ठिटो र ठिटीहरु आदि !
३.वातावारण :-
यस कृतिमा दार्जीलिंग शहरको नागर -जीवनको एवं नागर जीवनमा आर्थिक स्तरका आधारमा सम्पन्न ,मध्यम ,निम्न र निम्नस्तर वर्गका मानिसहरुको स्थिति -परिस्थितिको वर्णन चित्रण रहेको छ तथा बिभिन्न पेशा ( किरानी ,पसले ,दूधवाला ,पुलीस ,ड्राइभर ,कुल्ली ,भिखारी ) मा लागेका मानिसहरु र पाश्चात्य सभ्यताको अन्धानुकरण आदिको उल्लेख भएको पाइन्छ ! प्रस्तुत कृतिमा ठूल्ठूला घर ,कोठी,बिल्डिंग ,पसल ,स्कूल ,रेल -स्टेशन,सिनेमा हल ,रेस्तुराँ ,पार्क ,स्कूल,हावाघर,मोटर स्ट्याण्ड ,रिक्शा ,सेनिटोरियम ,डाकघर,मन्दिर,गिर्जा,अड्डा,मोटर ,सड़क,गल्ली,बोटानिकल गार्डन आदिको चरित्र चित्रणको वर्णन गरिएको छ !
४.भाषा-शैली :-
लङ्गडाको साथीको भाषा-शैली याथार्थिक ,गद्यमय ,सरल ,सहज ,स्वाभाविक र गतिपूर्ण छ ! रुपनारायण सिंहको कवितामय गद्यको सट्टा याथार्थिक गद्यतिर झुकेको लैनसिंह बाङ्गदेलको भाषा विशेषगरी गद्य -चरित्ररुपमा चित्रविधानको आस्वाद लिएर अघि बढ़ेको छ र ठाँउ -ठाँउमा मात्र कविताको भुल्का देखिन्छ ! यो कृति मूलत : वर्णनात्मक र चित्रात्मक हुनाले यसमा संवादको न्यूनता रहेको छ र यस कृतिमा अंग्रेजी भाषाका रेलिङ ,पार्क ,पाकेट ,सिमेन्ट ,टीन ,फर्निचर ,टिफिन ,गैस ,टाउन हल ,मोटर ,होटल ,स्टेशन ,रोड ,रेस्तुराँ ,रिक्शा ,बस ,सिनेमा ,जस्ता शब्दहरु प्रयोग गरिएका छन् ! प्रस्तुत कृतिमा असिन -पसिन हुनु ,चित्त दुख्नु ,अोत लाग्नु ,सिक्सिक्को लाग्नु ,कुजे हुनु ,लपलप गर्नु ,दाँत ङिच्याउनु ,जिल्ल पार्नु जस्ता तुक्का तथा झरी ,लाहुरे ,सिरेटो ,बखत ,परमेेसुर,दोरलिंग जस्ता लोक प्रचलित शब्दहरु पनि प्रयोग गरिएका छन् !
सामाजिक यथार्थवादी प्रवृतिको आधारमा लङ्गडाको साथी :-
मानवतावादी दृष्टिकोण :-
लैनसिंह बाङ्गदेलले लङ्गडाको साथीमा मानवताको धमिलो चित्रण गरिएको छ ! यस कृतिमा पैसावाल भलाद्मीले लङ्गडालाई तिरस्कार गरेको छ भने कोइला बोक्ने कुल्ली ठिटो र मातेको बूढ़ो ड्राइभरले उसप्रति दया र उदारता देखाएका छन् र यी प्रसंगहरुद्वारा उपन्यासकारले मानवता समाजका सम्पन्न वर्गले होइन निम्न र खटीखानेवर्गले जोगाइराखेका छन् भन्ने कुरो स्पष्ट पार्न चाहेका बुझिन्छ ! यस कृतिमा एकातिर समाजका सक्षम र सम्पन्न मानिसहरुले अपाङ्ग र अक्षम मानिस ( लङ्गडो ) लाई शारीरिक र मानसिक पीड़ा दिएको र अर्कातिर उही अक्षम र अपाङ्ग मानिस (लङ्गडो ) ले चाहिँ आफ्नो गाँस काटेर पशु (कुकुर ) लाई खुवाएको ,माया गरेको र आफूसँगै सुताएको देखाइएको छ अनि यस प्रकरणद्वारा लङ्गडो र कुकुरलाई एउटै स्तरमा राखी मानवको मानवप्रति अमानवीय व्यवहारमाथि व्यङ्ग गरिएको छ ! यस उपन्यासको नायक लङ्गड़ो पनि विषम समाजमा सम्पन्न र समक्षवर्गका मानिसहरुले गरेका अमानुषिक व्यवहारद्वारा पीड़ित देखिन्छ र उसको संसारमा कोही आत्मीय वा बन्धुबान्धव छैनन् ! नाम ,परिवार र समाज छैन तथा कुनै अधिकार छैन ! उपन्यासकारले यस कृतिको माध्यमवाट समाजमा मानवताको जोगाड़ निम्नस्तरको मानिसहरुले गरिरहेका छन् जसमध्ये लङ्गडो जस्तो पर्छ ! काले कुल्ली ,मात्वली ड्राइभर ,लङ्गडोहरुको कारण नै मानवताको मंहत्व रहेको छ !
सामाजिक पृष्ठभूमि :-
लङ्गडाको साथीमा चित्रित विषम र असङ्गत समाजमा उपेक्षित र निराश्रित लङ्गडो भिखारीलाई समाजका भलाद्मी र सक्षम मानिसहरुले उपहास ,तिरस्कार ,घृणा ,हप्काई -दप्काई र पशुवत व्यवहार गरेको ,उ मानव संाजदेखि टाढ़ा गृहहीन ,समाजहीन र अधिकारहीन रहेको तथा बिना अपराध पुलिसको रोबदेखि त्रस्त भएको वर्णन चित्रण पाइन्छ तापनि यसै समाजमा श्रमजीवी निम्नवर्गका कुल्ली र ड्राइभरहरुको उसप्रति दया देखाएका छन् र सम्पन्न परिवारकी अनेपाली युवतीले उदारता देखाएकी छ ! यसरी प्रस्तुत कृतिमा सँगी ,बन्धुबान्धव र परिवारहिन तथा गृह ,समाज र अधिकारहीन समाजमा सक्षम ,सम्पन्न र बलियाहरुको लाञ्छना तिरस्कार , दूत्कार आदि सहेर अरुकै दया -माया ,आश्रय र भिक्षामा बाँचे दीन -हीन ,असहाय ,अपाङ्ग र नितान्त एक्लो भिखारीलाई एउटा मुक पशु कुकुरले बाँचुञ्जेल र मरेपछि पनि साथ दिएको देखाएर लैनसिंह बाङ्देलले मानव समाजको सामाजिक समायोजना तथा मानव र पशु -प्राणी माझको हार्दिक एवं व्यवहारिक सम्बन्धको उद्घाटन गरेको छन् !
आर्थिक पृष्ठभूमि :-
लङ्गड़को साथी उपन्यासको उद्देश्य नै आर्थिक समान्ता हो ! यस कृतिमा १.एेश -आरामको जीवन बिताएर अग्ला -अग्ला भवन र भव्य अट्टालिकाहरुमा बस्ने तथा सिनेमा ,होटेल ,रेस्तुराँ ,नाच -गान र अन्य भौतिक सुख -सुविधा प्राप्त गर्ने सम्पन्न बर्ग छन् ! २. पसले ,दूधवाला ,अड्डाका किरानी आदि निम्न मध्यमवर्ग छन् ! ३. ड्राइभरहरु र कोइला बोक्ने कुल्ली ठिटो निम्नवर्ग छन् भने ४.लङ्गडो र भिखारीहरु निम्नस्तर (उपेक्षित ) वर्गका मानिसहरु छन् ! प्रस्तुत कृतिमा सम्पन्नवर्गका मानिसहरु भौतिक सुविधा भगिरहेका छन् र उनीहरुले एेश -आरामको जीवन बिताएको देखिन्छ ! यस कृतिमा पसले ,दूधवाला ,किरानी पेशामा लागेका निम्न -मध्यमवर्गका मानिसहरु सम्पन्न वर्गका मानिस झैं सुसम्पन्न छैनन् र यसैवर्गको किरानी मानवताहीन एवं अनुदार ह्रदयको छ भने निम्नवर्गको कोइला बोक्ने कालो कुल्ली ठिटो एवं मातेको बूढ़ो ड्राइभर उदार ह्रदय भएका देखिन्छन् ! निम्नस्तर वा उपेक्षित वर्गका मानिसहरु चाहिँ बाँच्नेका निम्ति अनिवार्य निम्नतम आवश्यकताबाट पनि वञ्चित रही पशुवत् जीवन बिताइरहेका देखिन्छन् र मानव समाजको यस किसिमको वैषम्यलाई कथावाचकको टिप्पणी र पात्रहरुको मन्तव्यले बढ़ी स्पष्ट पारेको छ !
यी वर्गका मानिसले आफ्नो वर्ग जीवन यापन गरेको देखाएको छ ! उद्धारता भन्ने कुरा सम्पन्न वर्गकामा नदेखाएको तर निम्न वर्गको केटा काले कुल्लीमा देखिएको छ ! कथावाचनवाट हामी थहाँ पाउछौ निम्न वर्गका मानिसहरु कसरी आर्थिक विपन्नमा वाचेका छन् ! बाङ्देलले आफ्नो कुरा उपन्यासमा भन्दै आर्थिक विस्मता स्पष्ट देखाएको छ ! मूलत : आर्थिक विस्मताले गर्दा मानिस पीड़ित पर्छ ! अत अर्थ समाजको मेरूदण्ड हो भन्ने बाङ्देलले उपन्यासमा देखाएको छ !
सौन्दर्य चेतना :-
सुन्दरताको आधारमा आफ्नो -आफ्नो चेतना सौन्दर्य चेतना हो ! सुन्दरताले गर्दा मन राम्रो हुन्छ ! आँखाले देख्नसक्ने सुन्दरता वाहिरी सौन्दर्य हो भने बाहिरी आँखाले देख्न नस्कने सुन्दरता आन्तरिक सौन्दर्य हो ! उपन्यासकारले आफ्नो उपन्यासका पात्र -पात्राहरुको नामवाट पनि सौन्दर्य प्रदर्शन गर्दछ जस्तै रुपनारायण सिंहको “भ्रमर ” उपन्यासको इन्द्रशेखर ,मोहन ,वीणा ,मायाहरु नामले सुन्दर सुनिन्छ भने लैनसिंह बाङ्देलले बाहिरी भन्दा आन्तरिक सुन्दरतालाई मंहत्व दिन्छ यसैले उसको उपन्यासको पात्रहरु लङ्गडो ,काले ,म्याउची ,रने इत्यादि हुन्छ ! यसैकारण लङ्गडो बाहिरी रुपले सुन्दर छैन तर आत्मिक गुणले भरिपूर्ण छ जस्तै :-
” घामले डढ़ेर उसका अनुहारमा चाँया पनि परिसकेको थियो उसको हिसी परेको अनुहार
विस्तार -विस्तार उमेर ढल्कँदै जाँदा चाउरी पर्दै गएको देखिन्थ्यो ! उसको निधारमा धेरै
रेखाहरु देखिन्थे ! तिनै रेखाहरुवाट बाँच्नको निम्ती उसले जीवनमा गरेको सङ्घर्षको परिचय पाइन्थ्यो !”
लैनसिंह बाङ्देलले वाह्यचमकलाई भन्दा पनि भित्री चमकलाई मंहत्व दिन्छ ! उपन्यासकारको बिचारमा संघर्ष गर्ने पात्र पनि सौन्दर्यको भागिदार छ ! काले र लङ्गडो समाजमा बसेर नै संघर्ष गरिरहन्छ यसैले उनी सुन्दर छ !
“निम्बु निचोरेका मानिसहरु ! “
उपन्यासकारले भन्छन् जो सम्पन्न परिवारका मानिसहरु छन् ,जो पाश्चात्य भेषभूषा लगाएर बाहिरी रुपले सुन्दर देखाउन चाहन्छन् तर उनीहरुको मनमा लङ्गडो जस्ताको गरीबव्यक्तिहरु प्रति दया ,माया ,प्रेम ,स्नेहको भावना मनमा उब्जेका छैन र नै यिनीहरुलाई उपन्यासकारले निम्बु निचोरेको मानिसहरु भनेका छन् ! उपन्यासकारले लङ्गडोको जीवनलाई सुन्दर मान्छ कारण लङ्गडो असहाय छ ,दुर्बल छ ,परिवारहिन ,बन्धुहिन ,गृहहिन छ र अर्थहिन छ ,समाजले तिरस्कार गरेको छ तरै पनि लङ्गडोले हारमानेको छैन ,लङ्गडोले आत्माहत्या जस्तो कदम नउठाएर जीवनमा संघर्षमात्र गरिरहेको छ भने उता कालेले पनि कोइला बोकी-बोकी जीवनलाई संघर्षशीलताको पथमा हिड़ीरहेको छ ! यसैले लैनसिंह बाङ्देलले जसले संघर्ष गरीरहन्छ वास्तवमा त्यो मानिस सौन्दर्यको भागिदार हो भन्ने तथ्य यस उपन्यासको माध्यमवाट हामी चाल पाउछौ !
संघर्षशीलता :-
लैनसिंह बाङ्देलको स्वरचित उपन्यास लङ्गडाको साथी उपन्यासमा दुईवटा संघर्ष देखाएको छ ! बाहिरी र आन्तरिक संघर्षको अभाव र यातनाले गर्दानै लङ्गडोले बाहिरी संघर्ष गर्नु पर्दैछ ! आंकाक्षा ,इच्छावोध ,नैतिक वस्तुहरु भोग गर्नु मनपरे पनि त्यसको अभाव छ ! त्यसैले आन्तरिक संघर्ष गरिरहेका छन् ! सबै कुराको अभाव भएरपनि लङ्गडो हतास र निरास भएर पनि आत्माहत्या जस्तो कदम नउठाएर उनी संघर्षशिल देखिन्छन् ! लङ्गडो भएकोले उसको मनमा निरासहिनताको आभास भएको छ तर त्यसलाई पनि लङ्गडोले संघर्ष गरिरहेका छन् ! लङ्गडोले गरेको संघर्ष उच्च संघर्ष हो किनभने जीवन जीउनको निम्ति परिवारहीन ,बन्धु -बान्धवहीन ,धनहीन इत्यादि भएपनि उनको संघर्ष जीवन जीउनुको निम्ति उल्लेख योग्य छ ! उनले गरेको संघर्ष सर्वोच संघर्ष हो !
ईश्वरप्रतिको आस्था :-
लेनसिंह बाङ्देलको ” लङ्गडाको साथी ” उपन्यासमा ईश्वरप्रतिको आस्था देख्न पाइन्छ ! बाङ्देलको दृष्टिमा आस्था दुईप्रकारका छन् ! पूर्वग्रहित आस्था र युक्तिसंगत आस्था !
पूर्वग्रहित आस्था :- पूर्वग्रहित आस्था भन्नाले त्यो आस्था बुझिन्छ जो पूर्वदेखीनै अथवा पहिले देखिनै बिश्वास गर्दै आएको !
युक्तिसंगत आस्था :- युस्तिसंगत आस्था भन्नाले त्यो आस्था बुझिन्छ जो तर्कद्वारा गरिन्छ ! लङ्गडोले स्थीतिलाई अवलोकन गर्दछन् सम्पन्न वर्गलाई हेर्दछ र तर्क निकाल्दछ :
” ईश्वरले पनि अवहेलना गरेको रहेछ ! “
यसवाट बुझिन्छ कि लङ्गडोमा ईश्वरप्रति आस्था तर्कसंगत तथा युक्तिसंगत छ ! लङ्गडोले पूर्नजन्ममा बिश्वास राखेको देखाएर ईश्वरप्रतिको आस्था छ भन्ने कुरा बुझिन्छ ! यहाँ लङ्गड़ाको साथीको माध्यमवाट उपन्यासकार स्वंयले आफ्नो ईश्वरप्रतिको आस्था तर्कसंगत वा युक्तिसंगत छ भन्ने कुरा देखाएका छन् !
भौतिकतावादी दृष्टिकोण :-
भौतिकतावादी दृष्टिकोणले यस उपन्यासलाई हेर्दा यहाँ बाङ्देलले भन्न चाहेको छ कि भगवानले मानिसको जीवनकालमा कुनै हस्तक्षेप गर्दैन ! संसारमा दु:खी गरीबहरुको आर्थिक ,सामाजिक स्थिति सुधारनु स्वंय भगवान आउँदैन ! संसारमा बसोबास गर्नेहरुले नै सुधारनु पर्छ भन्ने धारणा लेनसिंह बाङ्देलको रहेको छ ! भौतिक अवस्था र मान्छेको आर्थिक अवस्था सुधारनु हो भने पहिला अर्थ कमाउनुपर्छ र त्यसको लागी उत्पादन हुनुपर्छ ! उत्पादन गर्ने श्रमिकहरु हुन्थे तर पैसा वा नाफा कमाउने सम्पन्न परिवार हुन्थे ! यसैले गर्दा अर्थ हुने व्यक्तिहरुले समाजमा निम्नवर्गहरु माथि थिचो -मिचो ,अन्यअत्यचार ,हेला ,अवहेलना गर्नथाले अथवा यस उपन्यासमा लेनसिंह बाङ्देलले अर्थ भएकोहरुले जे पनि गर्न सक्छ भन्ने तथ्य देखाएको छ ! यस उपन्यासको माध्यमवाट लेनसिंह बाङ्देलले कर्मप्रति प्रोत्साहन दिदै मानिसले जीवनमा कर्म गर्नुपर्छ भन्ने भौतिकतावादी धारणा व्यक्त गरेका छन् !
अतियथार्थवादको प्रयोगात्मक : लङ्गडाको साथीको विश्लेषण :-
अतियथार्थवादको वौधिक्ता सौन्दर्य चेतना नैतिकता व्याकरण जस्ता वन्धनहरुसंग मुक्त भएर मान्छेको अर्धचेतनमा रहेको क्रियाकलाप स्वचलित लेखनद्वारा लिपिबद्ध वाद हो ! जसमा वन्धन नभएर मानिसको कलाको झर्रो र चोखो अभिव्यक्ति पाइन्छ !
अतियथार्थवादले धर्मवलम्बीहरुले वोलेको कुराहरु होइन तर पागलहरुले वोलेको कुराको अध्यान मसिना नानीहरुलाई चक दिँदा जे वनाँउछ इत्यादिको अध्यान गर्छ ! अतियथार्थहरु परम्परा विरोधी हुन्छ ! पायगको सपना सिधान्तलाई यसवादले लिएका छन् ! अतियथार्थवादमा सम्प्रास कुरालाई पनि सजाएर राखेको हुन्छन् ! यिनीहरु एकलो हुन्छ ! वरवरता ,लक्ष्यहीनता ,घुमन्ते प्रवृति रहेको हुन्छ ! बाहिर भित्रका कुराहरुले मनमा आवेग उत्पन्न हुन्छ तर त्यसले जस्ताको त्यस्तै अभिव्यक्ति गर्नु पर्छ !
लङ्गडाको साथी उपन्यासमा पनि अतियथार्थवादको केही प्रवृति देखिएकोले यसलाई अतियथार्थवादको प्रयोगात्मक उपन्यास मान्न सकिन्छ ! जस्तै सपनाको अभिव्यक्ति ,संत्रास र वर्वता ,आकस्मिक रुपान्तर ,एकलपन र घुमन्ते प्रवृति ,विश्रृंखलता ,उन्मुक्ता इत्यादि !
१.स्वप्नको अभिव्यक्ति :- सपना अचेतन मनको कथा हो ! सपना मानिसको मानसिक व्यवहार हो ! सपना प्रतिकात्मक हुन्छ तर वास्तविक होइन !मनमा भएको अथवा मनमा रहेको कुराहरुलाई सपना मार्फत देखापर्छ यो यथार्थ होइन त्यसकारण यो अतियथार्थवादको प्रवृति हो ! लङ्गडाको साथीमा लङ्गडाले दूईपल्ट स्वप्न देखेका छन् ! पहिलो स्वप्नमा कुकुरलाई गिद्धहरुले ठुङेको र आफ्नो शरीरको मासु गिद्धहरुले लुछि -लुछि खाएको र आफ्नो कंकाल शरीरलाई कुकुरले रुँगिरहेको तथा दोस्रो स्वप्नमा लङ्गडोले सुकिलो लुगा लगाएर धीरधाम मन्दिर पुगी फलामको साङलोले बाँधिएको कुकुरलाई बन्धन मुक्त गराएको दुईवटा सपनाहरु देखेको उल्लेख छ !
२. विभ्रान्ति :- विभ्रान्ति अतियथार्थवादको अर्को विशेषता हो ! वस्तुत कुनै वस्तु विनै त्यो हुनुको वोधलाई विभ्रान्ति भनिन्छ ! लङ्गडाको साथी उपन्यासमा आफ्नो प्रिय साथी कुकुर हराएको ग्यान भएपछि लङ्गडामा देखिएको व्यग्रता र खोजाई रुलिस वा पुलिस अफिसरसँगको डर तथा उसप्रति कुकुरको भक्ति र आत्मीयताको सम्झना यसै किसिमको मनस्ताप हो भन्न सकिन्छ ! कुनै वस्तुको उपस्थिति बिना नै बेला -बेलामा त्यो वस्तु देखे झैं लाग्नु वा कसैले नबोलाए तापनि बोलाउँदै गरेको अनुभव हुनुनै निराधार प्रत्यक्षीकरण वा विभ्रान्ति हो ! उदाहरणार्थ :
क } कतै कालो छाया देख्यो भने पनि उसले त्यहाँ आफ्नो कुकुरको आकार जस्तो देख्थ्यो र त्यहाँ घस्रँदै जान्थ्यो तर शून्य छाँया मात्र देख्ता उ निराश हुन्थ्यो !
ख } बिहानसम्म त सपनामा उ कुकुरसितै खेलिरहेको थियो ! कुकुरसितै डुलिरहेको थियो ! अहिले आफू ब्युझिदाँ पनि उसले कुकुरलाई आफ्नै छेउमा सुतिरहेको सम्झिरह्यो ! तन्द्रामा उ टोलिइरहेको थियो ! हठात् झसङ्ग भएर उसले पाखी पल्टाएर मुख उघार्यो …………….कुकुर रहेनछ !
ग } उसलाई कुकुरको सम्झना भयो ! कुकुरको तातो शरीरले उसलाई छोइरहेको जस्तो लाग्यो ……….कुकुरको आँग र थुतुनो गन्हाइरहेको जस्तो लाग्यो !
३.संत्रास र वर्वरता :- अतियथार्थवाद साहित्यमा संत्रासलाई सजाएर प्रस्तुत गरिन्छ ! संत्रास र वर्वरता अतियथार्थवादको दूई अमूल्य अंग मानिन्छ ! लङ्गडाको साथीमा लङ्गडोले सपनामा आफूलाई गिद्धहरुले निधारमा ठुङेको तथा शरीरको सम्पूर्ण मासु लुछी -लुछी खाएर हाडमात्र भएको कङ्काल जस्तो आफ्नो शरीर लड़िरहेको देख्छ ! यहि सपना विपनामा पनि सम्झिन्छ ! यस सपनाद्वारा निरकुरा समाजको लङ्गडो प्रतिको अमानविय र वर्वर मनोभाव स्पष्ट झलकिन्छ !
४. आकस्मिक रुपान्तर :- अतियथार्थवादी रचनामा वस्तु वा प्राणीको आकस्मिक रुपान्तर एक विशेषता मानिएको छ ! लेनसिंह बाङ्देलको “लङ्गडाको साथी ” उपन्यासमा आकस्मिक रुपान्तरको प्रस्तुती देख्न पाइन्छ जस्तै ,
एकहोरो हेरिरहँदा त्यहाँ कुकुरको चित्र देख्यियो फेरि मान्छेको टाउको जस्तो चित्र
पनि देखियो ,कहिले धेरै कुकुरहरु मैदानमा एकसाथ निस्केको जस्तो देखियो ! कहिले
भैंसी जस्तो पनि देखियो …….यसो हुँदा हुँदा त्यहाँ धेरै गिद्धको चित्र देखियो …….. !
५. एकलपन , लक्ष्यहिनता र घुमन्ते प्रवृति :- एकलपन ,लक्ष्यहिनता र घुमन्ते प्रवृति अतियथार्थवादमा पाईने विशेषता हो ! अतियथार्थवाद लेखनमा एकलो मानिसहरु धेरै पाइन्छ ! लङ्गडो मानव समाजमा नै रहेर पनि लाञ्छित , उपेक्षित र एक्लो छ तथा उसमा एक्लोपनको तीव्र अनुभूति भइरहन्छ ! यथार्थमा उ समाजभित्रै वाँच्न र समाजसँगै समानन्ता रुपमा हिड़न चाहन्छ तापनि समाजले उसलाई नितान्त एकलो तुल्याएको छ ! उ एकान्त अवस्थालाई घटाउन गुनगुनाउँछ , वालककालको समझना गर्छ तर पनि उ समाजदेखि भित्र एकलो रहेको उपन्यासमा देखिन्छ ! जस्तै ,
क } झरी परिरहेको बेला आधारातातिर उसलाई कहिलेकाहीं बेसुरो गीत गाउन पनि मन लाग्थ्यो र लाहुरे
गीतको भाका हालेर गुनगुनाइरहन्थ्यो ! त्यसबेला उसलाई अव्यक्त आनन्द लाग्थ्यो ! बाहिरको झरीको आवाज
सुन्दा उसलाई ठूलो जङ्गलको माझमा पानीमा रुझ्दै एक्लै उभिरहेको जस्तो लाग्थ्यो ………….. !
ख } संसारमा उसको अरु कुनै आत्मीय थिएन ! कुनै वन्धुवान्धव थिएनन् !
६. स्वतन्त्रता एवं उन्मुक्तता :- जो उन्मुक्त हुन्छ त्यही विद्रोही हुन्छ अनि यो प्रवृति अतियथार्थवादमा पाइन्छ ! समाजलाई परिशोधन गर्नु नै क्रान्ति हो भनेर अतियथार्थवादीहरु भन्छन् ! मानव जातीहरु सरल अकृत्रिम होस भनेर अतियथार्थवादीहरु चाहन्छन् ! लङ्गडाको ह्रदय सरल निष्कपट छ ! एकातिर उदार ह्रदय भएको चरित्रहरु कोइला वोक्ने ठिटो अर्कोतिर लङ्गडोलाई घृणाको द्रष्टिले हेर्ने छन् ! उच्च वर्गका मानिसहरु यसप्रकार दुई वर्गका मानिसको मानवता देखिसकेपछि लङ्गडो भन्छ :
” यस किसिमको समाजवाट म उन्मुक्त हुन चाहन्छु ! ”
समाज र पृथ्वीको निम्ति म भार भइरहेछु ! यसैले यस संसारवाट लङ्गडो उन्मुक्त हुन चाहेको छ ! लंगड़ा समाजिक र आर्थिक विसम्तावाट मुक्त हुन चाहेको छ ! आफुले किनेर खाएकोमा कति आनन्द रहेछ ! यस कथनवाट वाङ्गदेलले लङ्गडोको उन्मुक्त चाहेको प्रतित हुन्छ ! बाङ्देलको दृष्टिमा समाजनै लङ्गडो भएको प्रतित हुन्छ !
सामाजिक र आर्थिक विस्मता आश्क्ता वर्गमाथिको अन्य -अत्यचारले गर्दा हाम्रो समाजनै खोकोरोण्डो भएको छ ! स्वच्छ र पवित्र समाजको स्थापना बाङ्गदेलले चाँहदा -चाँहदै शान्तीको दुतरुपी परेवालाई प्रतिकको रुपमा लिएको छ ! त्यस्तो उज्यालो दिनहरु बाङ्देलले आँउदै गरेको उपन्यासमा देखाईएका छन् ! लङ्गडोलाई मारेर उपन्यासकारले विसमतापूर्ण शोषणमय युगकै समाप्त भएको देखाएको छ ! उपन्यासको अन्तिम सुर्य उदाएको देखाउनु नै उपन्यासकारले नयाँ युगको स्वागत गरेको हो !
७. विश्रृंखलता :- असङ्गति र असन्तुसन नै अतियथार्थवादका दुइ आधारभूत स्तम्भ मानिन्छ ! लङ्गडाको साथीको छैटों परिच्छेदमा हराएको कुकुरको सम्झना र कल्पना , आफ्नो झुप्रोका जड पदार्थहरुको कैरन , एक्लोपनको बोध ,विभ्रान्ति र वस्तु वा प्राणीको आकस्मिक रुपान्तर , दया र सहनुभूतिका लङ्गडाको मानसिक तरङ्ग र भाव वा बिचारको विश्रृंखल वर्णन पाइन्छ ! जस्तै :
क } उसको दृष्टि देब्रेतिरको भित्तामा टाँसिएको थियो ! एकोहोरो हेरिरहँदा त्यहाँ कुकुरको चित्र देखियो ,फेरि मान्छेको टाउको जस्तो चित्र पनि देखियो ,कहिले धेरै कुकुरहरु मैदानमा एकसाथ निस्केको जस्तो देखियो ,कहिले भैंसी जस्तो पनि देखियो………… यसो हुदा हुदै धेरै गिद्धको चित्र देखियो ……. अनि लङ्गडा झस्कियो !
उपन्यासकार लेनसिंह बाङ्देलको औपन्यासिक प्रवृति :-
लेनसिंह बाङ्देलको जन्म १९८० को दिन दार्जीलिंग तकभर चियाकमानमा भएको थियो ! लेनसिंह बाङ्देलले नेपाली साहित्य उपन्यासमा विसंगति सामाजिक यथार्थवादी धाराको नेतित्व गरेको हो !
लैनसिंह बाङ्देल बहुमुखी प्रतिभा हुन् ! उनले साहित्य र कला दुवै क्षेत्रमा उल्लेख्य योगदान दिएका छन् ! उनी साहित्यको उपन्यास ,नियात्रा ,जीवनी ,निबन्ध ,अनुवाद र समालोचनामा कलम चलाएका छन् ! यी मध्ये सबभन्दा सफल र सशक्त विधाचाहि उपन्यास रहेको छ ! लेनसिंह बाङ्देलको औपन्यासिक प्रवृति हेर्नहो भने उनकै चारवटा उपन्यासलाई नियाल्नु पर्छ ! उनका चारवटा उपन्यास यस प्रकार छन् –
१.मुलुक बाहिर ,उपन्यास (२००४)
२.माइतघर ,उपन्यास (२००५)
३.लङ्गडाको साथी उपन्यास (२००६)
४.रेम्ब्रान्ट उपन्यास (२०२३)
मुलुक बाहिर :- नेपाली साहित्य उपन्यासमा सामाजिक यथार्थवादी धाराको नेतित्व गर्ने पहिलो उपन्यासकार लेनसिंह बाङ्देल हुन् उनको मुलुक बाहिर उपन्यासवाट यथार्थवादी धारा भित्राउन सकेका सफल उपन्यासकार हुन् ! मुलुक बाहिरमा नेपालवाट भारतबर्षमा मुगलान पस्ने निमुखा नेपालीहरुको दयनीय कथालाई प्रस्तुत गरेको छ ! यस उपन्यासमा निम्नवर्गीय सामाजिक जीवनका आर्थिक प्रश्न र समस्याहरुको चित्रण गर्दै प्रवासी नेपाली जीवनको यथार्थ प्रकट छ !
माइतघर :- माइतघर उपन्यासमा समाजले उत्पन्न गरेको मिथ्या प्रथा ,कुरीति ,विसंगतिले गर्दा हरि र सानीको जीवनमा आएको दु:खनीय पहेरो गएको छ या उनीहरुको मनमा द्वन्द्वात्मक प्रस्तुति मार्मिक बनेको छ ! यस उपन्यासमा सामाजिक अन्धविश्वास ,धार्मिक रुढि र सामाजिक संस्कारलाई यथार्थका रुपमा जीवन्त बनाई प्रस्तुत गर्छ !
लङ्गडाको साथी :- लङ्गडाको साथीमा पशुभन्दा तल्लो स्तरको मानवीय जीवन बिताउन विवश लङ्गडाको घृणित र उपेक्षित जीवनको मार्मिक ,व्याङ्गात्मक र विद्रोहात्मक चित्रण गर्छ ! यस उपन्यासमा चित्रित दार्जीलिंग सहरको यथार्थ व्यवस्था रहेको छ ! यस उपन्यासले मानिसकोमा हुनु पर्ने मानवता कम देखाएर सबै पैसारुपयाको धक देखाउनेहरुले मानवताको धन कमाउनु पर्नेछ भन्दै उपन्यासकार लेनसिंह बाङ्देलले यस उपन्यासमा अभिव्यक्त रहेको छ !
रेम्ब्रान्ट :- उपन्यासकार स्वंय चित्रकार भएकोले गर्दा नामी चित्रकारको जीवनी लेखिउपन्यास तयार पारेको छ ! यस उपन्यासमा पनि एउटा चित्रकारको संघर्षमय जीवनका वास्तविक पक्षहरुलाई सहज र स्वाभाविक रुपमा उतार्छ !
१. सामाजिक यथार्थवादी उपन्यासकार :-
नेपाली साहित्य उपन्यासको परम्परागत लेनसिंह बाङ्देलले समाजको अनुभावीय गरी यथार्थवादीलाई अंगाले हुन् ! यसमा मुलुक बाहिर ,माइतघर र लङ्गडाको साथी उपन्यासहरु उपलब्ध छ ! लेनसिंह बाङ्देलले समाजको अवशनिय प्रथा ,कुरीति ,कुसंस्कार ,आडम्बर ,अन्धविश्वास ,विसंगति प्रति व्याङ्गगरेका छन् ! मुलुक बाहिर उपन्यास नै सबभन्दा पहिलो समाजमा पाइने यथार्थ पात्र ,घटना ,समस्या ,परिवेश र भाषालाई प्रस्तुत गरेर वास्तविक जीवनको सङ्घर्षमय ,अभिव्यक्तिलाई स्थान दियो ! मुलुक बाहिर उपन्यासमा नेपालवाट भारतबर्षमा मुगलान पस्नेहरुको आर्थिक र सामाजिक समस्याहरुको चित्रण पाइन्छ ! मुलुक बाहिर उपन्यासमा रने , म्याउची ,महिला भुजेल , मसिनी जस्ता प्रमुख पात्रहरुका माया ,शंका ,ईष्या ,क्रोध ,अपराधबोध ,पश्चात्ताप आदिका मानसिक द्वन्द्वमा पिरोलिएका अवस्थाहरुको चित्रण छ !
लेनसिंह बाङ्देलले प्रवेश गरेको संसार हो दु:खी तथा गरीबहरुको समाज ! तिनीहरुकै जीवनलाई आफ्नो औपन्यासिक अध्ययनको प्रमुख बिषय बनाए र तिनकै सामूहिक ,व्यक्तिगत चित्रण तथा उद्घाटन भएको छ उनका उपन्यासहरुमा ! सामान्य जन -समाजतर्फ आकृष्ट भएर तिनीहरुको जीवनलाई प्राथमिकता दिनुमा दुई कारण छन् ! एउटा हो बाङ्देलको यथार्थवादी प्रवृत्ति ,अर्को हो दु:ख तथा करुणाजन्य अवस्थाप्रति उनको संवेदना ,सहानुभूति ! लङ्गडाको साथीमा आइपुग्दा दुवैले पराकाष्ठा छोएका छन् र केवल कथात्मक दृश्यावलोकनवाट होइन , “दुई शब्द ” मा व्यक्त भएको बाङ्देलको विचारबाट पनि यस प्रवृत्तिले बल पाएको छ !
२. मानवतावादी उपन्यासकार :-
लैनसिंह बाङ्देल मानवतावादी विचार व्यक्त गर्ने उपन्यासकार हुन् ! स्वतन्त्रता ,समानता र भ्रातृत्वको भावना बढ़ाउने मानवतावादी तत्त्वहरु यिनका उपन्यासभित्र पाइन्छन् ! यिनको उपन्यासले मान्छेको जीवनमूल्य स्वीकार गर्ने र मान्छोको कल्याण वा भलाइ गर्ने मानवताको स्वर प्रकट गरेका हुन्छन् ! दु:खी ,गरिब ,अशक्त ,भाग्यहीन र निम्नवर्गीय पात्रहरुप्रति बढी सद्भाव र सहानुभूति दर्साउने प्रवृत्ति लेनसिंह बाङ्देलमा छ ! त्यसैले यिनी “मुलुक बाहिर ” का सबै निम्नवर्गीय पात्रलाई , “माइतघर ” का हरि र सानी जस्ता दु:खी पात्रलाई अनि “लङ्गडाको साथी ” को लङ्गडालाई मानवीय दृष्टिले हेर्दै तिनीहरुप्रति आफ्नो गहिरो सद्भाव र सहानुभूति प्रकट गर्छन् ! सामाजिक भेदभावले ल्याउने मानवीय विखण्डनलाई पन्छाएर मान्छेभित्र मानवता र संवेदनाका मानवीय भाव भर्दै समाजका सबैले ससम्मान सुखपूर्वक बाँच्न पाउनुपर्ने विचार बाङ्देलले व्यक्त गरेका छन् ! यसैले यिनी मानवतावादी उपन्यासकार हुन् !
३. करुणात्मक एवं दु:खाम्त्मक उपन्यासकार :-
लैनसिंह बाङ्देल करुणा ,निराशा र दु:खान्त चित्रणमा ध्यान दिने उपन्यासकार हुन् ! यिनका सबैजसो उपन्यासले करुणा ,भय र निराशालाई देखाएका छन् ! यसैले यिनको उपन्यास त्रासद र दु:खान्त हुन पुगेको छन् ! “मुलुकबाहिर ” उपन्यासमा मुग्लान पस्न विवश रने र म्याउची ,महिला भुजेल र मसिनीको जीवनमा करुणा र भयको आधिक्य छ र दु:खान्तमा पुगेर उपन्यास टुङ्गिएको छ ! “माइतघर ” उपन्यासमा हरि र सानीको जीवनले करुणाको व्याप्त्लाई देखाएको छ र उपन्यासलाई सबभन्दा ज्यादा त्रासद बनाइएको छ ! “लङ्गडाको साथी ” मा लङ्गडाको जीवनले करुणा र भयको स्थिति बेहोर्दै दु:खान्त परिणति भोगेको छ ! यसरी त्रासद र दु:खान्त उपन्यासद्वारा लैनसिंह बाङ्देल जीवनका कारुणिक ,मार्मिक अवस्थालाई मात्र उद्घाटन गर्दैनन् निराशावादलाई पनि देखाउँछन् ! यिनको निराशवाद जीवनसंघर्षको विरोधी छैन केवल सामाजिक दुर्नियतिलाई देखाउनमै केन्द्रित छ ! यसप्रकार व्यथा ,वेदना ,करुणा ,भय ,त्रास ,निराशमा पिल्सिएको मानव जीवनको चित्रण गरी दु:खान्त उपन्यासको सृजना गर्ने प्रवृत्ति बाङ्देलमा देखिन्छ !
४.अतियथार्थवादी उपन्यासकार :-
लैनसिंह बाङ्देल अतियथार्थवादका प्रथम प्रयोक्ता हुन् ! यिनको ” लङ्गडाको साथी ” उपन्यासले अतियथार्थवादको प्रारम्भिक रेखाङ्कन प्रस्तुत गरेको कुरा मानिन्छ ! अतियथार्थवादले मान्छेको मनका आन्तरिक यथार्थलाई अचेतनका इच्छा र स्वप्निल भावतरङ्गको विश्रृंखल प्रस्तुतिद्वारा व्यक्त गर्छ ! “लङ्गडाको साथी ” को प्रमुख पात्र लङ्गडाको अचेतन मनका इच्छाहरुलाई स्वप्नको प्रयोगद्वारा प्रस्तुत गर्दा यसमा अतियथार्थवादी प्रवृत्तिको प्रयोग हुनु पुगेको छ भन्ने दावी कतिपय आलोचकको रहेको छ ! यसबाट बाङ्देल एक प्रयोगवादी उपन्यासकारका रुपमा पनि चिनिन्छन् !
५.प्रकृतिप्रेमी एवं प्रकृिवादी उपन्यासकार :-
लैनसिंह बाङ्देल प्रकृतिका बाह्य र आन्तरिक दुवै स्वरुपको चित्रण गर्न सिपालु छन् ! यिनी प्रकृतिको बाह्य चित्रण पनि गर्छन् र आन्तरिक चित्रणद्वारा मानव मनको चित्र पनि खिच्छन् ! यिनले हुरी ,बतास ,आँधीबेरी ,बादल ,बर्षा ,झरी ,जुनेली रात आदिको वर्णन गरेर प्रकृतिको बाह्य चित्रणमा आफ्नो रुचि देखाएको छ ! मानव -मनको प्रेम ,दया ,करुणा ,हर्ष ,विस्मात ,क्रोध ,ईष्या ,घृणा ,शङ्का ,स्वाभिमान ,घमण्ड ,वैमनस्य ,पश्चात्ताप ,अपराधबोध आदिको गम्भीर वर्णन गरेर प्रकृतिको आन्तरिक चित्रणमा त्यत्तिकै दृष्टि पुर्याएका छन् !प्रकृतिको मानवीकरण गर्नमा यिनी सिपालु छन् ! त्यसैले यिनको वर्णनमा “घामले पनि स्पर्श गर्यो ” जस्तो अभिव्यक्तिले ठाँउ पाउँछन् ! यिनी प्रकृतिको कोमल वा शान्त र भीषण वा रौद्र दुवै रुपको चित्रण गर्नमा सफल छन् ! मानवमाका दु:खको अभिव्यक्तिमा यिनी प्रकृतिको भीषण रुपलाई साथ लिन्छन् भने सुखका अभिव्यक्तिमा कोमल र शान्त रुपलाई माध्यम बनाउँछन् ! बाह्य प्रकृतिको रुपरेखावाट मानल मनको वा आन्तरिक प्रकृतिको उद्घाटन गर्ने सुन्दर कला यिनमा देख्न पाइन्छ ! यिनको मुलुकबाहिर ,माइतघर र लङ्गडाको साथी तीनैवटा उपन्यासमा प्रकृतिको विविध रुपको चित्रात्मक अभिव्यक्ति देख्न पाइन्छ यसर्थ लैनसिंह बाङ्देल एक सफल प्रकृतिवादी उपन्यासकार हुन् !
६.चरित्रप्रधान उपन्यासकार :-
लैनसिंह बाङ्देल चरित्रचित्रणमा विशेष जोड दिने ,नाटकीय ढाँचाका उपन्यास लेख्ने साथै स्थानीय रङ्ग र आञ्चलिकतालाई अँगाल्ने अनि नेपाली भाषाको प्रभावकारी गर्ने उपन्यासकार हुन् ! यिनका उपन्यासमा पात्रलाई जीवन्त र कथानकअनुकुल तुल्याएर चरित्रिक द्वन्द्वद्वारा स्वाभाविक बनाई मार्मिक रुपमा प्रस्तुत गरिएको हुन्छ !
लैनसिंह बाङ्देलले आफ्नो उपन्यासहरुमा निम्नवर्गको चरित्रचित्रण गरी करुणामय बनाएको हुन्छ ! यिनी चरित्रप्रधान उपन्यासकार भएकोले यिनको उपन्यासहरुमा निम्न वर्ग र उपेक्षित वर्गले समाजमा खटीखाने ,संघर्ष ,मेहन्त र पसिना बगाइरहने चरित्रको अभिव्यक्त गरेका छन् ! रुपनारायण सिंहको उपन्यासको चरित्र नामले र स्थरले नै सुनौलो छ जस्तै इन्द्रशेखर ,मोहन ,माया ,वीणा आदि तर लैनसिंह बाङ्देलको उपन्यासको चरित्र रने ,हरी ,सानी ,म्याउची ,लङ्गडो आदिलाइ अंगालेर लेख्ने सक्षम चरित्र प्रधान्ता उपन्यासकार हुन् !
७ सामाजिक निम्न पात्रप्रति सहानुभूति :-
लैनसिंह बाङ्देलको मुलुक बाहिर ,माइतघर र लङ्गडाको साथी तीनैवटा उपन्यासमा करुणारस पाउछौ ! मुलुक बाहिरमा रने र म्याउची जस्तो अन्य निम्न वर्गका मानिसहरुले दु:ख ,बेदना मात्र भोगेका छन् ! नेपालबाट भारतमा मुग्लान पसेका थिए आफ्नो जीवनलाई ज्योतिमय बनाउने बिचारले तर उनीहरुको जीवनमा कहिले ज्योतिको प्रकाशले जीवन झलमल भएन !
” चियाको बोटमा पैसा फल्छ ! “
चियाको बोटमा पैसा फल्छ भनेर नेपालबाट भारतबर्षको अनेकौ ठाँउमा कामगर्न कर्मचारीहरुलाई झिकाउथे ! साधारण नेपाली जन्ता आफ्नो मुलुक छोड़ी प्रदेश अर्थिकसमस्याले गर्दा आउथे ! प्रदेशमा आएपच्यात उनिहरुलाई थहाँ हुनथ्यो कि आफ्नै स्वदेशनै सुनौलो पंक्षीको गुड़ रहेछ भन्ने कुरा यस उपन्यासमा देखाएर मानवको मनमा निम्नवर्गको निम्ति सहानुभूति राखेका छन् ! माइतघर उपन्यासमा हरि र सानीको द्वन्द्व सामाजिक कुरीती ,कुसंस्कार ,मिथ्या प्रथा ,आडम्बर ,अन्धविश्वास जस्ता मानिसहरुको खुमचीएको सोच र बिचारले गर्दा निम्नवर्गीय हरि र सानीको दु:खमय व्यार्था साथै लङ्गडाको साथीमा चित्रित दार्जीलिंगको मानिसहरुले अमानवीय व्यवहार गरेको त्यो निम्नस्तर लङ्गडोलाई जो वन्धुहीन ,गृहहीन ,परिवारहीन र अर्थहीन छ ! बर्षायाममा पनि लङ्गडोले कहिपनि बास या सहारा नपाएर यता -उता हिडिरहन्छन् ! स्कूले टिठोहरु देखि लिएर मस्तिष्क विकास भएका मानिसहरुले पनि लङ्गडालाई अमानवीय व्यवहार गरेको यस उपन्यासमा लैनसिंह बाङ्देलले व्यक्त गरेका छन् ! यस उपन्यासको उद्देश्य नै मानवताको वृजरोपन हो ! यस उपन्यासको माध्यमवाट लैनसिंह बाङ्देलले मानवताको जोगाड समाजको निम्न वर्गले गरेको देखाईका छन् र यसै कारण लैनसिंह बाङ्देल सामाजिक निम्न स्तर प्रति सहानुभूति देखाउने प्रवृतिका उपन्यासकार हुन् !
के तपाईंलाई यस् लेखको लेखकका बारेमा थाहा छ ? कृपया kritisangraha@gmail.com मा सूचित गरिदिनुहुन बिनम्र अनुरोध छ ।
– साहित्य सङ्ग्रहालय
(स्रोत : फेसबुकबाट सभार)