~इश्वर देवकोटा~
बाझै बस्यो खेत पाखो पाती गन्धे फुल्यो अरे
धान राख्ने भकारीमा दिउसै मुसो डुल्यो अरे
हलो जुवा बेकामी भो जोत्ने हली नहुदामा
घास काट्ने कोहि छैन बनमा सिरु फुल्यो अरे
धान राख्ने भकारीमा दिउसै मुसो डुल्यो अरे
माथ्ला घरका कान्छा काका पोहोरै हुन् विदेश गाका
बिहेबारी उतै गरि मन त्यतै भुल्यो अरे
धान राख्ने भकारीमा दिउसै मुसो डुल्यो अरे
आहाल मा भैसी छैन मुखिया बा बिते पछी
ठुल्कान्छो को व्यापार पानी सहरतिरै खुल्यो अरे
धान राख्ने भकारीमा दिउसै मुसो डुल्यो अरे
पारी भीरको माले ढुंगो बादर नाच्ने थलो भाछ
भत्किएर गयो भन्छन सिम्ले टारको कुलो अरे
बाझै बस्यो खेत पाखो पाती गन्धे फुल्यो अरे
धान राख्ने भकारीमा दिउसै मुसो डुल्यो अरे !!
– इश्वर देवकोटा ,
पङ्द्रुङ्-०१, गोर्खा झाराङ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)