कविता : बोलुँ बोलुँ लागेको छ

~नगेन्द्र ईङ्नाम “आठराईली”~Nagendra Ingnam 'Athraili'

मौसमका उधौली र उभौलीहरूसँगै
उकाली र ओराली गरी रहने यो मन
तिमीले निर्धक्क भएर
सबै सामु सत्य सत्य बोलेको देख्दा
मेरा पनि मनका कुरा खोलुँ खोलुँ लाग्छ
तिमीले बोलेजस्तै मीठो बोलि
मलाई पनि बोलुँ बोलुँ लागेको छ

सोए ढोले सोए अर्को ढोले खोए भन्दै
ढोलकेहरुसँग हातमा झ्याम्टा लिएर
तिमीले चण्डि नाच नाचेको देख्दा
तिम्रो अघि पछि, अघि पछि हुँदै
जानि नजानि नाच्न मन लागेको छ
तिमीलाई नै सुम्पि दिनलाइ भनेर
रंगिन फूलका थुंगा़हरू बटुलेर
शुन्दर माला गाँसुँ गाँसुँ लागेको छ
कतै भुलिन्छ कि तिम्रो चेहरा भनेर
आंखाभित्रै तिमीलाई साचुँ साचुँ लागेको छ

तिम्रा र मेरा साथिहरूले भोगेको जस्तै
भ्यालेन्टाईन्स डेसम्म पर्खन नपरोस भनेर
आजै मनका कुरा खोलुँ खोलुँ लागेको छ
तिमी पर पर भाग्दै भाग्दै गएपनि
तिम्रो छेवैमा आएर
आजै तिमीसंग बोलुँ बोलुँ लागेको छ

January 14, 2009
– न्यूयोर्क

(स्रोत : International All Nepali Writers Society)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.