कविता : देउरालीमा फूल साट्ने बैशहरुले पर्खि रहेछ

~आचार्य प्रभा~

परदेशिएर तन टाडिए पनि
अाकाशिएर इछ्याहरु बेलगाम भएपनी
बाध्यताको कठोर मरुभूमिमा
बालुवाको कणहरुसङै
मनका त्रिष्णाहरु उडाएर
म फगत ,निरश जीवन
बांची रहेछु कुनै अर्को भूगोलमा।
मलाई मीठो झरनाको पानीको
प्यासले ब्याकुल बनाइरहेछ
ति थुम्का,थुम्की डाँडाहरुले
बोलाइरहेछ,
देउरालीमा फूल साट्न पर्खने
बैंशहरुले पर्खिरहेछ ,
त र…. म भने निर्जन मरुभूमिमा
म्रिगत्रिष्णा बोकेर छट्पटिरहेछु
आफ्नी जननीको काखको
न्यानोपनको आभाष सम्झेर ,
त्यसैले… म,
प्रतिक्षारत छु त्यो अङेना,चुल्होको
डीलमा बसेर आफ्नी हजुरआमाको
पुरानो दन्त्यकथा सुन्न,
अनी….. बुढा हजुरबुवाको
थलिएका गोडा मिच्न
जस्लाई….. मैले बैशाखी बनेर
साहारा दिनु पर्छ
जस्को निरीह अधरहरुमा
मुस्कान फुलाउनु पर्छ ,
म परदेशिए पनि ।
हो… म चांडै फर्किनु पर्छ ,
मैले आफ्नै आङनमा रमाउनु पर्छ
मैले त्यही भीर,पहरा,कन्दराको
नागबेली लहरा सँगै बेह्रिनु पर्छ ,
यो उराठ शहरको भोगाइमा भन्दा
मेरै डाँडा,काँडामा सहज मान्नु पर्छ ,
हो म फर्कनै पर्छ ।

(समर्पित उनिहरुमा जो निर्जन मरुभूमिमा बाँच्न बिवस छन )

July 21, 2009
-अमेरिका

(Source : International All Nepali Writers Society)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.