कविता : मेरो आफ्नै बजार भाउ

~सिमियोन रोक्का~Simiyon Rokka

सबैको मूल्य हुन्छ रे,
हजार अर्थ राख्ने मेरा यी शब्दहरूमा
मेरो आफ्नै बजार मूल्य
कति होला ?
बुझ्न मन छ ।
५ रूपेमा नबिक्ने सागको त्यान्द्रो बोकी,
बजार-बजार गल्ली-गल्ली हिँड्ने
मेरी आमाको मूल्य त झन्,
कति होला ?
बुझ्न मन छ ।
सब साथीहरूको सम्बन्धहरू फिक्का हुन,
जीवनभर साथ दिन्छु भन्ने,
मेरी उनी जीवन साथीको मूल्य ,
कति होला ?
बुझ्न मन छ ।
म आफ्नै नजरमा संसार कै मुल्यवान ।
मेरो वास्ता गर्ने मेरो फिक्री गर्ने ,
मलाई बनाउनेको मूल्य,
कति होला ?
बुझ्न मन छ ।
मैले बोकेको एप्पल भन्दा पनि,
मेरो इमान मुल्यवान छ
घमण्ड गर्ने तिम्रो पनि बजार मूल्य,
कति होला ?
बुझ्न मन छ ।
सबैको मूल्य हुन्छ रे,
हजार अर्थ राख्ने मेरा यी शब्दहरूमा
मेरो आफ्नै बजार मूल्य,
कति होला ?
बुझ्न मन छ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.