~रेखा पन्त~
१.
देखियो त्यस्ता मान्छेका जमात देखियो
छिपाएको भेद उदांगियो औकात देखियो
दोष त मेरा आफ्नै नयनलाइ दिन्छु म
पलाँसका फूललाइ किन पारिजात देखियो !!
२.
कुनै रात किन यति लामा हुन्छन्
मुटुमा पिडा आँसु आखामा हुन्छन्
चस्स चस्स घोचेको छ अंग अंगमा
लाग्छ तिखा काडा बिछ्यौनामा हुन्छन्
३.
अब देशको सिमानामा बार लगाउनुपर्छ !
जङ्गे पिल्लर सङ्ग काडेतार लगाउनुपर्छ !!
वैरीले आमाको छाती कुल्चिन खोजे
खुकुरीमा गोर्खाली धार लगाउनुपर्छ !!.
-रेखा पन्त, गोरखा
हाल:ईजरायल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )