~छविलाल खड्का~
सबैको मनमा बसेकी रानी हौ तिमी
आँखा-आँखामा बसेकी नानी हौ तिमी ।
आउने जाने प्यासीको प्यास मेटाउने
झरनाबाट छङ्छङ् झरेकी पानी हौ तिमी ।
रित्तियो जवानी किन मेटिएन प्यास
मायै मायाले भरिएकी खानी हौ तमी ।
अरुको भोक प्यास मेटाउँदा मेटाउँदै
आफू भोकै प्यासै बसेकी दानी हौ तिमी ।
चर्चै चर्चाको भुमरीमा ओझेल परी
माया प्रेममै सडेकी कहानी हौ तिमी ।
– काेहलपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )