~बिक्रमादित्य~
छन्द : वसन्ततिलका
क्या त्यो मुहारभरी वैँशहरु उठेका
हेर्दीछ यूवक अली रसीरा परेका
कालो कपाल अनि ओठ नशालु हेरुँ
त्यो वैश सुन्दर अहा उनको म हेरुँ॥१॥ …
झुल्के अनेक मनमा रसिला विचार
मात्येछ यो मन यसै कसरी उ तीर
हेरेर वैश उसको अलि ओर आए
ती गाजलु नयन हेरी यसै रमाए॥२॥
सेतो र कोमलसरी अनि पुष्प त्यो झैँ
तिघ्रा कतै छलकिएसरी उनको झैँ
छल्केछ यो मन पनि अझ भैछ दङ्ग
देखे अहा शरिरका ति नशालु अङ्ग॥३॥
टोकेर ओठ अनि यौवनका इसारा
मैतीर हेरिकन नेत्र विहोसि सारा
च्याप्पै ति हात पकडे उनको म एसै
झ्याप्पै यि ओठ चुमिगै उसले नि त्यसै॥४॥
उस्को शरीर पकडे कसिलो समाई
उस्ले नि पक्डि कसिलो शिरमा रमाई
ईच्छा नशा म उसका समहाल्न आँटे
पक्डे कपाल अनि छाति नि चुम्न थालेँ॥५॥
लौहेर छामछुम अङ्गभरी गरेकी
वेहोस झै गरी शरीर नि सुम्पिएकी
एक्कासि जोडि उसको वक्ष यो शरिर्मा
भो भो सबै हुनु जती अनि त्यो सबै भो॥६॥
-बिक्रमादित्य
छन्द सूत्र – ऽ ऽ । ऽ । । ।ऽ । । ऽ । ऽ ऽ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)