~अमृता बुढाथोकी~
पतझड जस्तै दुनियाँले तिरस्कार गरेको तिमीलाई
सजीव बनाउन सके भने
माया दिएर जीउन सिकाए भने
म दुनियाँलाई चुनौति दिएर भन्छु म सही छु ।
चारैतिरबाट आक्रान्त तिम्रो जीवन
क्षदविच्छेद तिम्रो पाइलामा
हरपल मलम लगाउन सके भने
म गर्भ गरेर भन्छु म सही छु ।
बेसहारा तिमीलाई सहार दिएर
मानवताको पाठ पढाउन सके भने
दुनियाँको नजरमा म गलत भए पनि
म गर्भ गरेर भन्छु म सही छु ।
म भोके छु, नांगो छु
तै पनि म बेहद धनी छु
किनकि
दुनियाँको नजरमा म चोरै भए पनि
मैले तिमी र तिम्रो वंशको उद्दारै गरेको छु ।
लाएर लाग्दै माया
रोकेर, छेकेर छोकिँदैन पनि
एकपटक फुप्किएर गएपछि
फेरी फर्केर हात लाग्दैन माया ।
यो त अकारण हुन्छ भइसके पछि
छिनछिनमा परिवर्तन हुने राजनीति जस्तो
छिनछिनमा अन्यत्रै सर्ने नेपालको सीमाना जस्तो
परिवर्तन हुँदैन माया ।
मायामा संघीयता हुँदैन, कुनै सीमाना र बन्देज पनि ।
थुनछेक त पहिरोको हुन्छ,भूक्षयको पनि
दीलै क्षय भए पछि फेरी जोडिँदैन माया
त्यसैले,
मेरो साथमा तिमी छौं र त म धनी छु ।
खोजेर अधिकार र सम्पत्ति त पाइएला
तर
मायै मरेपछि, सहारै ढलेपछि
पाएको अधिकार र सम्पत्तिले के गर्नु र ?
लैजाउँ उसका सारा पूर्व खुसी
छोडिदेउ उसलाई उसैको हालतमा
किनकि,
मेरो शरीरमा एक थोपा रगत रहे सम्म
म उसलाई सजीवै राख्ने छु ।
तिमीले उसलाई नंग्याएर निवस्त्र बनाए पनि
मेरो खुन पसिनाले उसको लाजलाई ढाकेरै राख्ने छु ।
त्यसैले,
लुटेर जाउँ उसका सारा खुसी
बिन्ती छ मेरो तिमीलाई
उसलाई मात्र बाच्न देउ
पाएको अधिकार प्रयोग गरी थुनिदेउ कालकोठरीमा
त्यै पनि अब म छाड्दििन उसलाई ।
किनकि
दुनियाँको नजरमा म पतितै भए पनि
पटक पटक दर्जनौं पटक
आपूm रितिएर तिम्रो खुसीमा खुसी खोजेको छु
तिम्रो पीडामा म भोकै नांगै बसेर
-अमृता बुढाथोकी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )