गजल : शहरमा

~भिमसेन थापा मगर~

खोजिन्छ अनिस्चित जिन्दगीको सुनिस्चित भबिस्य निर्माण यो शहरमा
भेटिनछ थुप्रै असफल्ताका तेस्ता सफल प्रमाण यो शहरमा ।।

मैले पनि खोजिरहे सुन्दर सन्सार यहि शहरमा
थाहाछैन मेटिन्छ कहिले एक मुठी प्राण यो शहरमा ।।

भन्नेहरुले भनिदिए यसै पस्नु सहर रहरै रहरमा
बिस्वास नगर्नु सहरको घोपी छाडछन वाण यो शहरमा ।।

थुप्रै रामहरु सहरमा देखाउछ्न देवत्त्व प्रहर प्रहरमा
लुकाइराखनु प्यारी सीता बन्छन कतिबेला रावण यो शहरमा ।।

नहास्नु एकमेलो खुसी देख्ने गरि सहरको माझमा
बगाइदिन्छन बनेर झरी उहीँ फेरि श्रावण यो शहरमा ।।

लुट्न र धुत्न आतुर सहरियाले मरेर लान्छ कति ?
नियाल्छु पसुपतीनाथ घाट्मा माग्दैन लास तर्पण यो शहरमा ।।

– भोजपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.