गजल : याद आयो र पिएँ

~पुरुषोत्तम ढुङ्गेल~

बिर्सिएको कहानी याद याद आयो र पिएँ
फेरी त्यो पिउने बानी याद आयो र पिएँ

चिनाजानी थिएन तर ओत एउटै थियो
त्यो रातको हावापानी याद आयो र पिएँ

तिर्खा छोडी झरिगयो केवल एउटै श्पर्षमा
त्यो फूलको जवानी याद आयो र पिएँ

सरोकार छैन मलाई अरु किन पिउने गर्छन
मलाई मेरो जिन्दगानी याद आयो र पिएँ

हिजो राती सपनीमै मरेछु म जलेँछु म
त्यो मसानको खरानी याद आयो र पिएँ

नसोध मलाई कस्ता थिए अतितका दिनहरु
त्यो एउटै सिरानी याद आयो र पिएँ

छोड्छु अब पिउन भनें अब पिउन छोड्छु भनें
नपिउँदाको हैरानी याद आयो र पिएँ

– काठमाडौँ नेपाल

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.