~सदानन्द अभागी~
आज भोलि संसारमा सत्य तथ्य भागे हेर
अमूल्य त्यो यौवन नै बिक्री हुन लागे हेर
सत्यताको मार्गमा संसार यो चल्नु पर्छ
सत्य मार्ग रुक्न गयो धर्मलाई दागे हेर
जान्नुपर्छ स्वरूप र स्वधर्मको बाटो कता
स्वरक्षाको बल्छीभित्र विदेशी नै जागे हेर
हो यो सत्य दानद्रव्य लिने दिने गर्नै पर्छ
ससम्मान हुन्छ महान् कर्मलाई आगे हेर
राजयोगी राजभोगी भए पछि सबै जना
कर्म छोडी सम्पन्नता अर्कैसँग मागे हेर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )