छन्द कविता : ब्याख्या अर्चना

~बिक्रमादित्य~

छन्द : पंञ्चचामर

कपाल कल्पना गरे म पातलो घना घना
निधार अल्प आकृती र नासिका सुहाउना
कपोल पुष्ट रक्त नम्र सुन्दरा मुहार त्यो …
सलक्क कण्ठमा हिरा मुखार ओष्ठ अल्प त्यो

शरीर चट्ट कस्तुरी सुगन्ध रूपमा परी
गुलाब हात जात त्यो अकास निश्चला सरी
नवीन चाल मोहनी लगाउने बसन्त त्याँ
मुसुक्क मस्कदा हिरा सुरम्य चम्कने कहाँ

मधूर मिष्ठ बोलिले स्वभाव शिष्ट नौनि झै
सुवास पुष्प हौ तिमी उदाउ एक ईन्दु झै
हजार आउला कुमार सम्झ है त सानु मै
प्रशन्न आह त्यो मुहार पाउदा त प्रेम यै

शरीर पातलो सलक्क लोभिने मुहार त्यो
सुवास एक हौ तिमी म एक मेघ है ल त्यो
लजालु दृगले तिमी त अफ्सरा म लागनै
कुमार मै हु चाहने तिमी त एक पुष्प त्यै

-बिक्रमादित्य

छन्द सूत्र – ISI SIS ISI SIS ISI S

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.