~कवित भुसाल~
यो मनमा रहर भो भनेरै नबन्ने रैछ झुपडी महल जस्तै ।
सपना नबनुन् छिन भरमै फेरिने मौसम अदलबदल जस्तै ।
आकाशमा उड्दै थियो मातृभूमिबाट मुग्लान चरीसँगै ।
नहाेस परदेशीदा प्रिय एर्पाेट छाड्न आएको पल जस्तै ।
सम्झौता गर्नुपर्ने के अर्थ रह्यो हारेर, जन्मेको हार्नु रैछ ।
सधैँ लछारिनु पर्ने अझै पनि बालुवामा जल जस्तै ।
गरिब बेचिन्छन् कौडीमा श्रमको नारा लाउँछन् लाउनेहरू ।
दलालका सपनाहरू पूरा हुन्छन् सजिएका मलमल जस्तै ।
चुनावमा भोट माग्न भाषण गर्छन् अाकंक्षाका बात बोल्दै।
चुनावकै घोषणा पत्रले बनाउँछ मनलाई हलचल जस्तै ।
वहाकी ठाटी पर्वत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )