विष्णुबहादुर सिंहका दुई मुक्तकहरू

~विष्णुबहादुर सिंह~

(एक)
आँखा वन्द गर्दा धेरै सपनाहरु आउछन
जिन्दगीले ताल बेतालका गीतहरु गाउँछन
आफ्नै भन्नेहरुले जव आज भुलिदिन्छन्-
सुखै सुखको आशमा पीडाहरु पाउँछन् !

(दुई)
माग्नु पर्छ उसैसँग जस्ले दिल फुकाई दिन्छ
भन्नु पर्छ उसैसँग जस्ले कुरा लुकाई दिन्छ
रोज्नु पर्छ साथीहरु सफलताको सिंढी चढ्दा-
हाँस्नु पर्छ उसैसँग जस्ले ओठ मुस्काई दिन्छ !

vbs@ntc.net.np

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.