~रेखा पन्त~
१.
असिनाले झारेको फूल सरी बनाएर !!
बर्खा मास गुड भत्केको चरी बनाएर !!
सपना झैँ दर्पण देखाई फर्की गयौ फेरि
मुटुमा चोट दुई नयनमा झरी बनाएर !!!
२.
खुशी होस् सुखी होस् तिम्रो जीवन
गुलाब जस्तै फुलोस् तिम्रो जीवन
उन्नति प्रगतिको हरेक पाइलाले
सगरमाथामा चुमोस् तिम्रो जीवन
३.
तिमी बाट सुरु तिमीमा नै अन्त होस् मेरो प्रेम
सीमामा सिङ्गो आकाश होस् अनन्त होस् मेरो प्रेम
जबसम्म रहन्छ आकाशमा सूर्य धर्तीमा उज्यालो
तबसम्म होस् हाम्रो सम्बन्ध जीवन्त होस् मेरो प्रेम
-रेखा पन्त, गोरखा
हाल:ईजरायल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )