गजल : कस्तो अचम्म

~आनन्द श्रेष्ठ~

धुवाँ देखिन्छ आगो देखिन्न कस्तो अचम्म !
मनमा लुकेको कालो देखिन्न कस्तो अचम्म !

गाउँ खाली छ शहर शून्य भो युवा भेटिन्न
जता हेरे नि पाको देखिन्न कस्तो अचम्म !

आज पुरानो मेरो शहरको नक्सा जाँच्दै छु
नक्साबमोजिम बाटो देखिन्न कस्तो अचम्म !

माया गर्नेको आँखै टालिन्छ जस्तो लाग्दछ
बाङ्गो सोचिन्न खाल्डो देखिन्न कस्तो अचम्म !

डाँडाकाँडा ‘थ्यो सम्झी ल्याउँदा हुन्छ रमाइलो
याद अल्झेको पाखो देखिन्न कस्तो अचम्म !

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.