गीत : सबैले भन्थे मायालु फूल

~अम्बर गुरुङ~

सबैले भन्थे मायालु फूल भई आँखमा फुल्छ
कर्मैले हजुर आँसुमा म फुलें
म आफैं भन्थें जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गीतमा म भुलें

सुन्दछु मेरो यही धर्तीभित्र आफ्नै छ रगत
पाउँदिन तर कोही पनि आफ्नो बेग्लै छ जगत
देख्नेले भन्थे उडेर एकदिन आकाश छुन्छु
कुन दिनले हजुर उड्न नै म भुलेँ

न घर मेरो न वन मेरो यही मन म एक्लो
मुहार मेरो सबैको जस्तो आँसुले म बेग्लो
लहरले भन्थ्यो बगेर एकदिन सागर पुग्छु
कुन दिनले हजुर खोला मैं म सुके

शब्द / सङ्गीत : अम्बर गुरुङ
स्वर : अरुणा लामा

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.