~इश्वर देवकोटा~
कक्षा भित्र पसेपछि गर्जन ठुलै गर्नु हुन्थ्यो ।
सधै जसो सबजनाको सातो पुत्लो हर्नुहुन्थ्यो ।
हाम्रा गुरू डेढ अक्कले सधै यस्तै गर्नुहुन्थ्यो ।
गोफ्ले आँखा लामो जुँगा छड्के टोपि लाउनुहुन्थ्यो
अंग्रेजीको पाठ भित्र मुनामदन गाउनु हुन्थ्यो
हाम्रा गुरू डेढ अक्कले सधै यस्तै गर्नुहुन्थ्यो ।
हाजीर कापी चाहिन्नथ्यो टाउको मात्र गन्नुहुन्थ्यो
चक डस्टर बिर्से पनि लट्ठी ल्याउन जान्नुहुन्थ्यो
हाम्रा गुरू डेढ अक्कले सधै यस्तै गर्नुहुन्थ्यो ।
गृहकार्य जाँच्ने भन्दै पाना मात्र गन्नुहुन्थ्यो ।
भँगेराका टाउका जत्रा अक्षर लेख्छस् भन्नुहुन्थ्यो ।
हाम्रा गुरू डेढ अक्कले सधै यस्तै गर्नुहुन्थ्यो ।
छडि नचाइ अघि पछि धेरै पटक गर्नुहुन्थ्यो
व्ल्याक बोर्डको खाली ठाँउ चित्रकोरी भर्नुहुन्थ्यो ।
हाम्रा गुरू डेढ अक्कले सधै यस्तै गर्नुहुन्थ्यो ।
डेस्क माथी थ्याच्च बसि उपरखुट्टी लाउनुहुन्थ्यो ।
विज्ञान भित्र रामायण र गिता पनि भ्याउनु हुन्थ्यो।
हाम्रा गुरू डेढ अक्कले सधै यस्तै गर्नुहुन्थ्यो ।
खस्याकखुसुक गर्यो भने चक भाँचेर हान्नुहुन्थ्यो
नजिक परे कन्सिरिको रौँ पनी तान्नुहुन्थ्यो ।
हाम्रा गुरू डेढ अक्कले सधै यस्तै गर्नुहुन्थ्यो ।
गोबर भर्र्या तेरो दिमाग भन्दै गाली गर्नुहुन्थ्यो ।
नजानेर सोध्यो भने उल्टै आँखा तर्नुहुन्थ्यो ।
हाम्रा गुरू डेढ अक्कले सधै यस्तै गर्नुहुन्थ्यो ।
– इश्वर देवकोटा ,
पङ्द्रुङ्-०१, गोर्खा झाराङ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)