~बिनोद दाहाल~
म “मन”का कुरा गर्थे
उनि त्यो “महल” हेरन कत्ती राम्रो छ है भन्दै देखाउथिन !!
म “आशा”का कुरा गर्थे
उनी बजारमा नयाँ फ्लेभर को “आइस्क्रीम”खाएको सुनाउथिन !!
म जुनका कुरा गर्थे
उनी “सुन”को भाउ घटेको बताउथिन !!
Hi भन्दा Bye भन्थिन
के छ खबर भन्दा – तिर्दिने हो रिण छ भन्थिन !!
वाक्क, दिक्क, लाग्थ्यो कहिलेकाही
बोल्न मनै लाग्दैन थ्यो
तर के गर्नु नबोली बस्न यो
बेइमान मन मान्दैन थ्यो !!
तरंगका छालहरुमा
आँखाका यादहरुमा
मुटुका माझमा राखी
माया गरिरहे
मीठो बोलिरहेँ
हरपल चाहिरहेँ
सायद ,,,,
सायद उनि कुनै “Love Story”
सिनेमाको दृश्य झैँ
फिल्मी माया चाहान्थिन
आधुनिक माया चाहान्थिन
माफ गर Dear ,
मैले तिमिलाइ आधुनिक माया गर्न सकिन
तिम्रो धड्कन लाई महशुस हुनेगरी माया व्यक्त गर्न सकिन !!
तिमिले पनि त
न मलाइ
न मेरो मन लाई
न मेरो मायालाइ नै बुझ्न चाहयौ
मैले पनि न कहिल्यै बुझाउन सके
त्यसैले हमेसा तिमी “तिमी” नै भयौ
म “म” नै भए
तिमी र म कहिल्यै “हामि हुन सकेनौ !!